×

NEPAL TIMES UPDATES

Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026

आइफोन १६ लाई टक्कर दिन हुवावेले ल्यायो ‘ट्राई–फोल्ड’

२५ भाद्र २०८१

२५ भदौ , एजेन्सी ।

प्रविधिको विकाससँगै प्रतिष्ठित कम्पनीहरुबीच विश्वमै तीव्र प्रतिस्पर्धा भइरहेको छ । पछिल्लो समय अझ ब्यापक भएको आर्टिफिसियल इन्टलिजेन्स एआईले झन प्रविधिलाई अर्काे चरणमा प्रवेश गराएको छ । एआईको ब्यापकतालाई प्राथमितामा राख्दै स्मार्टफोनमा विश्वकै अग्रणी अमेरिकी कम्पनी आइफोनले आइफोन १६ सिरिजका चार मोडल सार्वजनिक गरेकै दिन अर्काे चिनियाँ कम्पनी हुवावेले विश्वकै पहिलो ‘ट्राई–फोल्ड’ स्मार्टफोन सार्वजनिक गरेको छ ।

Advertisement
Advertisement

अमेरिकी कम्पनी एप्पलले आइफोन १६ सार्वजनिक गरेलगत्तै हुवावेले हुवावे मेट एक्सटी ट्राई–फोन सार्वजनिक गरेको हो ।वासिंगटन र बेइजिङबीचको भूराजनीतिक तनावपछि अमेरिकी प्रतिबन्धको सामना गरिरहेको कम्पनीले फेरि पनि एप्पललाई टक्कर दिन खोजेको चर्चा भइरहेको छ । हालसम्म मेट एक्सटीको ३७ लाखभन्दा बढी प्रिअर्डर भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यो फोन सफल भए हुवावेको ‘कमब्याक’लाई थप मद्दत पुग्ने छ । हुवावेको कन्जुमर बिजनेसका अध्यक्ष यू चेङडोङ (रिचर्ड यू)ले यस फोनको विकासमा पाँच वर्ष लागेको बताएका छन् । “हुवावे मेट एक्सटी विश्वकै पहिलो ट्रिपल–फोल्ड र सबैभन्दा ठूलो तथा पातलो फोल्डेबल स्मार्टफोन हो,” यूले भने, “स्मार्टफोनमा बाहिरी फोल्डिङ र ग्यापबीनको भित्रि फोल्डिङ हासिल गर्नेमा हामी पहिलो भएका छौँ ।”

तीनवटा प्यानल भएको मेट एक्सटीलाई तीनपटक फोल्ड गर्न सकिन्छ । यो रातो र कालो रङमा उपलब्ध छ । यसअघि पनि हुवावेले ल्याएका विशेष फोन मेट ६० र मेट एक्स ५ सहित अहिलेको नयाँ फोनले एप्पललाई चिनियाँ बजारमा चुनौती दिने बताइएको छ । एप्पलको दोस्रो बजार चीनको हिस्सा एप्पलको व्यापारमा करिब २० प्रतिशत छ ।

Advertisement

हुवावे मेट एक्सटीको मूल्य २० हजार युआन आर्थत् करिब तीन लाख ७७ हजार ५४५ रुपैयाँ तोकिएको छ । फोन १६ जीबी ¥याम र ५१२ जीबी वा एक टेराबाइट स्टोरेजको विकल्पमा उपलब्ध छ । मार्केट रिसर्च फर्म क्यानलिसकी रिसर्च म्यानेजर एम्बर लिउले एक वर्षको अवधिमा चिनियाँ स्मार्टफोन बजारमा प्रमुख पाँच स्थान चीनकै ब्रान्डले बनाएको बताएकी छन् । यस्तो अवस्थामा आइफोन १६ सार्वजनिक भएकै दिन हुवावेले विश्वकै पहिलो ट्राइ–फोल्ड स्मार्टफोन सार्वजनिक गरेको हो ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top