इटलीबाट ८० दिनपछि फर्कियो वाइडबडी

२६ भदौ ८१, बिहीबार

२७ भदौ ,एजेन्सी। 

सिचेकसहितको मर्मतका लागि गत ८ असारमा इटली गएको नेपाल वायुसेवा निगमको एउटा वाइडबडी जहाज बिहीबार विहान काठमाडौं फर्किएको छ । निगमको एयरवसको ए३३० को (एन एएलवाई अन्नपूर्ण) नामक जहाज विहीबार विहान साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवरण गरेको छ ।

वायुेवा निगमका प्रावधिक प्रवक्ता मनोजकुमार साहका अनुसार बुधबार नै आउने तालिका भएपनि जहाज उड्ने बेलामा प्राविधिक समस्या देखिएकोले त्यसको समाधान गरेर पठाउनुपरेका कारण हिजै आउने भनिएपनि आज बिहानमात्रै आइपुगेको पनि निगमले जानकारी दिएको छ ।

Advertisement

निगमको अन्तर्राष्ट्रिय उडानमा रहेका ४ वटा जहाजमध्ये हाल दुई वटा न्यारोबडीले मात्रै नियमित उडान गरिहरेको छन् । वाइडबडी दुइवटा मध्ये एउटा अझै इटलीमै सी चेकमा छ । एउटा भने आज आइपुगेको निगमले जानकारी दिएको हो ।

यो जहाज उडानमा आएसँगै जापान उडानलाई पुनः निरन्तरता दिने निगमका अधिकारीहरुले बताएका छन् । अगस्ट २९ बाट जहाज अभावमा जापान उडान निरन्तर हुन सकेको छैन । सी चेकका लागि इटलीमा रहेको निगमको अर्को वाइडबडी जहाज के.एल.वाई एक महिना पछि काठमाडौं आउने तालिका रहेको निगमले जनाएको छ ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमसँग २ वटा वाइडबडी र २ वटा न्यारोबडी गरी ४ जहाज रहेका छन् । अहिले मर्मत गरेर ल्याइएको अन्नपूर्ण विमान ६ वर्ष पुरानो विमान हो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top