NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी बिहिबार अशोज २ , २०८२
नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ? बिहिबार अशोज २ , २०८२
सुशीला कार्की र नरेन्द्र मोदीबिच टेलिफोनमा के कुरा भयो ? बिहिबार अशोज २ , २०८२
माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम बिहिबार अशोज २ , २०८२
Next
Prev

समाचार

ह्यारिससँग बहस गर्न किन डराए ट्रम्प ?

शुक्रबार भदौ २८ , २०८१
Reading Time: 1 min read
A A
ट्रम्प भर्सेस ह्यारिसः कसको पक्षमा को ? को छ बलियो ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२८ भदौ ,एजेन्सी ।

अमेरिकी पूर्वराष्ट्रपति एवं रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले डेमोक्रेटिकबाट राष्ट्रपति उम्मेदवार एवं उपराष्ट्रपति कमला ह्यारिससँग अर्को राष्ट्रपतिको बहस नगर्ने घोषणा गरेका छन् ।

ट्रम्पले मङ्गलवार राती फिलाडेल्फियामा एबीसी न्युजले आयोजना गरेको बहसमा ह्यारिसलाई फक्स न्युज, एनबीसी न्युज र सीबीएस न्युजबाट बहसको निमन्त्रणा आएपनि अस्वीकार गरेको आरोप लगाएका छन् ।

तर ह्यारिसले भने मतदाताहरूका लागि अर्को बहस गर्नुपर्ने आवश्यक रहेको बताएकी छन् । बहस पर्यवेक्षकहरूको सिएनएन सर्वेक्षणले फिलाडेल्फियामा ह्यारिसले स्टेजमा राम्रो प्रदर्शन गरेकोमा ६३ प्रतिशत सहमत देखाएको छ । फक्स न्यूजका अनुसार प्यानलका १२ जना मतदाताले ह्यारिसले बहस जितेको ठानेका छन् ।

पाँच जनाले ट्रम्पले जितेको विश्वास गरेका छन् । धेरैले ट्रम्पलाई राष्ट्रपतिको दौडमा आफ्नो नयाँ प्रतिद्वन्द्वीलाई कसरी आक्रमण गर्ने थाहा नभएको आरोप लगाएका छन् । स्वतन्त्र पर्यवेक्षकहरुले भने ट्रम्प ह्यारिसको प्रतिरक्षामा रहेको विश्लेषण गरेका छन् ।

यो राजनीतिक बहसले अमेरिकी जनतालाई जुनमा बाइडेन र ट्रम्पबीच भएको अन्तिम बहसपछि नाटकीय रूपमा परिवर्तन भएको अभियानलाई हेर्ने मौका दिएको छ। बहसका क्रममा दुवै उम्मेदवारले अमेरिकी अर्थतन्त्र, गर्भपतन र आप्रवासनका विषयमा आ–आफ्ना विचार व्यक्त गरे र एकअर्कालाई प्रहार गरे ।

जब कमला ह्यारिसले अमेरिकी मध्यम वर्गको लागि आफ्नो योजनाको बारेमा कुरा गरिन्, ट्रम्पले विदेशी सामानहरूमा कर बढाउन जोड दिए । राष्ट्रपतिको बहसको उद्घाटन गर्दै ह्यारिसले अर्थतन्त्र र बढ्दो मुद्रास्फीतिबाट चिन्तित अमेरिकी परिवारहरूलाई सहयोग गर्ने योजना रहेको बताइन् ।

ट्रम्पले अर्थतन्त्रको मुद्दामा बाइडेन प्रशासनलाई घेरेका थिए र विदेशबाट आयातमा कर लगाउने कुरा गरे। पूर्व राष्ट्रपतिले अमेरिकामा बढ्दो आप्रवासन नै देशको आर्थिक कठिनाइको लागि जिम्मेवार रहेको बताए । उनले आप्रवासनहरुले कुकुर विरालाहरु समेत खाइरहेको भन्दै गम्भिर आरोप लगाए ।

ट्रम्पको यो अभिब्यक्ति अहिले अमेरिकामा ट्रोल बनेको छ । कमला ह्यारिसले क्यापिटल हिल हिंसाको सन्दर्भमा भनिन्, ’त्यस दिन संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिले हाम्रो राष्ट्रको क्यापिटलमा आक्रमण गर्न, हाम्रो राष्ट्रको क्यापिटललाई अपमान गर्न एक हिंसक भीडलाई उक्साए।’

यसमा डोनाल्ड ट्रम्पले आफ्ना समर्थकहरू जनवरी ६, २०२१ मा क्यापिटलतर्फ सरेको स्वीकार गरे । निक्कै रोचक देखिएको डिबेटमा ट्रम्पले कमला पनि राष्ट्रपति जो बाइडेन जस्तै भएको टिप्पणी गरे । उनले अमेरिकाका लागि नयाँ पुस्ताको लिडरसिपको विकासमा आफूले काम गर्ने प्रतिबद्धता जनाइन् ।

ट्रम्पले बाइडेन प्रशासनको आलोचना गर्दा कमलाले बाइडेनविरुद्ध नभएर आफूविरुद्ध चुनाव लडिरहेको उनलाई सम्झाएकी थिइन् । यस्तै डिबेटमा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले रुस र युक्रेनबीचको युद्ध रोक्नसक्ने बताए । ट्रम्पले आफू राष्ट्रपति भएको भए रुस–युक्रेनमा युद्ध नै नहुने टिप्पणी गरे ।

ह्यारिसले भने ट्रम्प राष्ट्रपति भएको भए रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अहिले युक्रेनको राजधानी किभमा बसिरहेको हुने थिए भन्दै टिप्पणी गरिन् । उनले बाइडेन प्रशासनमा सीमा खुकुलो हुँदा कयौं आप्रवासी अवैध रुपले अमेरिका प्रवेश गरेको र देश असुरक्षित बनेको बताए ।

उनले आफू राष्ट्रपति भएको भए इजरायलको युद्ध पनि हुने थिएन भन्दै बाइडेनको आलोचना गरे । ह्यारिसले आफ्नो ध्यान भविष्यमा रहेको र ट्रम्पको ध्यान विगतमा रहेको बताइन् । ट्रम्पले भने ह्यारिसको नीतिहरूको सूचीको कुनै अर्थ नभएको बताए ।

उनले नोभेम्बरमा कमला ह्यारिसले चुनाव जितिन् भने तेस्रो विश्वयुद्ध सुरु हुन सक्ने बताए । अब ट्रम्पले ह्यारिससँग अन्य बहस नगर्ने घोषणा गरेपछि संभवत यही बहसकै आधारमा अमेरिकी मतदाताले नोभेम्बर ५ मा नयाँ अमेरिकी राष्ट्रपति चुन्नेछन् ।

Tags: #कमला ह्यारिस#डोनाल्ड ट्रम्प#ह्यारिससँग डराए ट्रम्प

लोकप्रीय

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२

विचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२

थप समाचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै
ताजा समाचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी
अन्तर्राष्ट्रिय

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी
अन्तर्राष्ट्रिय

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२
प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै
अन्तर्राष्ट्रिय

सुशीला कार्की र नरेन्द्र मोदीबिच टेलिफोनमा के कुरा भयो ?

बिहिबार अशोज २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

00:17:46

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.