×

NEPAL TIMES UPDATES

Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026

ओलीको छेडखानी : आगामी निर्वाचनमा माओवादी राष्ट्रिय पार्टीसम्म बन्ला, बहुमतचाहिँ एमालेकै हुन्छ

२९ भाद्र २०८१

२९ भदौ, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रमाथि अर्को छेडखानी गरेका छन् ।

Advertisement
Advertisement

नेकपा (एमाले) केन्द्रीय कार्यालयको आयोजना र जनसंगठन समन्वय संयन्त्रको व्यवस्थापनमा आयोजित ‘स्थानीय तहमा जनसंगठन सुदृढीकरण’ विषयक राष्ट्रिय कार्यशालाको शनिबार बुढानीलकण्ठमा उद्घाटन गर्दै ओलीले माओवादीप्रति व्यङ्ग्योक्तिपूर्ण अभिव्यक्ति दिएका हुन् ।

ओलीले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई राष्ट्रिय पार्टी बन्न सकस रहेको भन्दै माओवादीले मुस्किलले चार देखि पाँच लाख मत पाउन सक्ने अनुमान गरे । आगामी निर्वाचनमा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन व्यापक रूपमा लाग्न आग्रह गर्दै उनले माओवादी केन्द्रको मत घट्दो रहेको र आउँदो निर्वाचनमा चार पाँच लाखसम्ममा झर्ने अनुमान गरे ।

‘२०८४ को निर्वाचनमा माओवादी जसोतसो राष्ट्रिय पार्टीसम्म बन्ला । तर बहुमत ल्याउने त एमालेले नै हो । तर नयाँ पार्टीले पनि भोट खाइदिने भएकोले होसियार हुँदै सक्रिय बन्न जरुरी छ ।’

Advertisement
Advertisement

‘हाम्रा लागि मिसन ८४ यस्तो निर्णायक बिन्दु हो, हामी सफलतातर्फ, विजयको यात्रातर्फ अघि बढ्यौँ भने कि हामी निर्णायक अवस्थामा पस्न वा जटिल स्थितिमा फस्न सक्छौँ । मिसन ८४ मा एकल बहुमत ल्याउन सक्ने आधारहरू छन् । त्यतिबेला हामीले सारा शक्ति लगाउनुपर्छ,’ उनले थपे ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top