×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

उपसभामुख हटाउने कुराबाट कांग्रेस–एमाले पछाडि हट्छन् ?

२९ भाद्र २०८१

२९ भदौ , काठमाण्डौ ।

सत्ता साझेदारी गरिरहेका नेकपा एमाले र नेपाली काँग्रेस प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानालाई हटाउन जोड गरिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने त्यसो नहुने दाबी गरेका छन् । उनले एमाले र काँग्रेस उपसभामुखलाई हटाउने विषयबाट आफैं ब्याक हुने बताएका छन् ।

Advertisement
Advertisement

आज विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उनले भने– उपसभामुख एउटा इमान्दार, जनजाति महिला, बालबच्चाको लागि ख्यातिप्राप्त हुनुहुन्छ । उहाँले टेक्निकल्ली केही कुरा नजानेर त्रुटी गर्नुभयो । त्यसको सजाय उपसभामुखबाट हटाउनेसम्म जानु हुँदैन भन्नेमा हामी दृढ छौं ।

सायद उहाँलाई हटाउने कुराबाट काँग्रेस एमाले नै पछि हट्नु हुन्छ होला।’ यसअघि विहीबार प्रचण्डले बालुवाटारमा ओली र देउवासंग भेटवार्ता गरेका थिए । सो क्रममा तीन नेताबीच यस विषयमा पनि कुरा भएको बताइएको छ ।

यस्तै रास्वपा सभापति रवि लामिछानेले पनि प्रधानमन्त्री ओलीलाई भेटेर उपसभामुखलाई निकालिएर परिणाम नराम्रो हुने चेतावनी दिएका थिए । यस्तै विहीबार नै उपसभामुख इन्दिरा रानाले पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूलाई हटाउन खोजिएको विषयमा गुनासो गरेकी थिइन् ।

संवैधानिक परिषदको वैठकपछि उनले प्रधानमन्त्रीसँग संक्षिप्त कुराकानी गरेकी थिइन् । सोबारे रानाले सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीले आफूलाई हटाउने कुरा नभएको भनेर आश्वस्त गराएको दावी गरिन् ।

उनले भनिन्, ‘मैले भनेँ कि मेरो अन्तराष्ट्रिय छवि छ । कयौं बालबालिका हुर्काएको छु । न त त्यो चिठी उता (दूतावास) गएको छ, न त उनीहरु अमेरिका गएका हुन् । वास्तवमा चिठी दर्ता नै भएको छैन । त्यसलाई लिएर यस्तो आयो भन्ने कुरा राखेँ । प्रधानमन्त्रीले तपाईं संवैधानिक परिषदको सदस्य हो । बजारको हल्लाबबारे कुरा नगरौं भन्नु भयो । बजारको कुरा बजारमै छाडौं भन्नुभएको छ ।’ तपाईंको सोच अब के छ त ? भन्ने पत्रकारको जिज्ञसामा उनले जवाफ दिइन्, ‘मेरो के सोच हुनुपर्यो र ? मैले केही गल्ति गरेको भए पो ।’

उपसभामुख राना मगरले २०२३ को फेब्रुअरीमा पाँच जनाको अन्तर्वार्ताका लागि सहजीकरण गरिदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् । यही विषयलाई लिएर सत्तारुढ गठबन्धनमा उपसभामुखलाई हटाउने विषयमा छलफल भएको थियो भने नेपाली कांग्रेसले उपभामुखको राजीनामा माग गरेको छ ।

यसलाई सत्ता गठबन्धनले अवसरको फाइदा उठाउने किसिमले पनि लिएको देखिन्छ । रानालाई राजीनामा गराएर संवैधानिक परिषद्मा बहुमत पु¥याउने रणनीति ओलीले लिएका छन् । यसअघि नै ओलीले २३ भदौमा भेटका लागि कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएका थिए ।

सो भेटमा नै ओलीले उपसभामुख रानाको विपक्षमा बहुमत जुटाउने जिम्मा आफूले लिने र त्यसपछि रिक्त उपसभामुखको पद कांग्रेसलाई सुम्पने बताएका थिए । उपसभामुख राना प्रकरणमा एमाले पहिला मौन र अहिले आक्रामक बन्नुका पछाडी दुईवटा कारण वा उद्देश्य छन् ।

एक, संवैधानिक अंगहरुमा दुई दलको हालिमुहाली हुने गरी नियुक्तिको वातावरण निर्माण । २० असोजमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अवकास पाउँदै छन् । श्रेष्ठपछि कांग्रेस र एमाले पृष्ठभूमिका न्यायाधीशहरु पालैपालो प्रधानन्यायाधीश हुँदै छन् ।

अब प्रधानन्यायाधीश बन्ने न्यायाधीशहरुको पृष्ठभूमिका कारण पनि संवैधानिक परिषदमा एक सदस्य बढाउनैपर्ने ओलीको बुझाइ छ । ६ सदस्यीय संवैधानिक परिषदका एक सदस्य प्रधानमन्त्री ओली आफै भइहाले । सभामुख देवराज घिमिरे पनि एमाले पृष्ठभूमिकै छन् ।

तर, बाँकी तीन सदस्य भने सत्ता गठबन्धनइतरका छन्। प्रमुख प्रतिपक्षी दलका नेताका हैसियतमा माओवादी अध्यक्ष प्रचण्ड, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल र उपसभामुख इन्दिरा राना प्रधानमन्त्री ओलीले प्रतिकूल ठानेका तीन सदस्य हुन् ।

प्रचण्ड र राष्ट्रिय सभाका अध्यक्ष दाहाललाई संवैधानिक परिषदबाट हटाउने स्थिति छैन । प्रतिनिधि सभाको दुई तिहाई जुटाउन सके सत्तापक्षले उपसभामुख रानालाई हटाउन सक्छ । प्रतिपक्षी कित्तामा रहेको रास्वपा पृष्ठभूमिकी रानालाई हटाएर नेपाली कांग्रेसको उपसभामुख बनाउन सके संवैधानिक परिषदमा बहुमत जुटाउन र संवैधानिक अंगमा आफूअनुकूलका व्यक्तिहरुलाई नियुक्त गर्न ओलीलाई सहज हुन्छ ।

अर्को देउवामार्फत दिल्लीसंग दोस्ती बनाइराख्न चाहान्छन् ओली । त्यसैका लागि कांग्रेसलाई उपसभामुख ‘गिफ्ट’ दिन चाहन्छन् । हिजो देउवालाई प्रधानमन्त्री बन्नबाट रोक्न ओलीले रास्वपालाई यही पद ‘गिफ्ट’ दिएका थिए । तर अहिले तिनै ओली रानालाई उपसभामुखबाट हटाउन हात धोेएर लागेका छन् ।

किनभने कांग्रेस संवैधानिक परिषदबाट विमुख हुनुको भागिदार ओलीलाई मान्न सकिन्छ । २०७९ को आम निर्वाचनलगत्तै ओलीले कांग्रेसलाई सबै ठाउँबाट दरकिनार गर्ने खेल सुरु गरेकैले संवैधानिक परिषदमा कांग्रेस अहिले शून्यको स्थितिमा पुगेको हो ।

ओलीले सभामुख आफू (एमाले) ले लिए, उपसभामुख रास्वपालाई दिलाए । राष्ट्रिय सभा अध्यक्ष त्यतिखेर एमालेकै गणेश तिमिल्सिना थिए । उपाध्यक्ष माओवादीलाई दिलाए । तिमिल्सिनाको पदावधि गत वर्ष सकिएपछि त्यो जिम्मेवारी माओवादीले पायो । उपाध्यक्ष पद सुरुमा माओवादी र पछि एमालेले लियो । तर ओली यतिबेला कांग्रेसप्रति ‘उदार’ देखिन खोज्दैछन् ।

Advertisement

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top