NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता मङ्लबार असार १७ , २०८२
विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ? मङ्लबार असार १७ , २०८२
युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना  मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

उपसभामुख हटाउने कुराबाट कांग्रेस–एमाले पछाडि हट्छन् ?

शनिबार भदौ २९ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
उपसभामुखविरुद्ध महाअभियोगको तयारी,सांसदलाई काठमाडौं नछाड्न निर्देशन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

२९ भदौ , काठमाण्डौ ।

सत्ता साझेदारी गरिरहेका नेकपा एमाले र नेपाली काँग्रेस प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानालाई हटाउन जोड गरिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने त्यसो नहुने दाबी गरेका छन् । उनले एमाले र काँग्रेस उपसभामुखलाई हटाउने विषयबाट आफैं ब्याक हुने बताएका छन् ।

आज विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उनले भने– उपसभामुख एउटा इमान्दार, जनजाति महिला, बालबच्चाको लागि ख्यातिप्राप्त हुनुहुन्छ । उहाँले टेक्निकल्ली केही कुरा नजानेर त्रुटी गर्नुभयो । त्यसको सजाय उपसभामुखबाट हटाउनेसम्म जानु हुँदैन भन्नेमा हामी दृढ छौं ।

सायद उहाँलाई हटाउने कुराबाट काँग्रेस एमाले नै पछि हट्नु हुन्छ होला।’ यसअघि विहीबार प्रचण्डले बालुवाटारमा ओली र देउवासंग भेटवार्ता गरेका थिए । सो क्रममा तीन नेताबीच यस विषयमा पनि कुरा भएको बताइएको छ ।

यस्तै रास्वपा सभापति रवि लामिछानेले पनि प्रधानमन्त्री ओलीलाई भेटेर उपसभामुखलाई निकालिएर परिणाम नराम्रो हुने चेतावनी दिएका थिए । यस्तै विहीबार नै उपसभामुख इन्दिरा रानाले पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूलाई हटाउन खोजिएको विषयमा गुनासो गरेकी थिइन् ।

संवैधानिक परिषदको वैठकपछि उनले प्रधानमन्त्रीसँग संक्षिप्त कुराकानी गरेकी थिइन् । सोबारे रानाले सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीले आफूलाई हटाउने कुरा नभएको भनेर आश्वस्त गराएको दावी गरिन् ।

उनले भनिन्, ‘मैले भनेँ कि मेरो अन्तराष्ट्रिय छवि छ । कयौं बालबालिका हुर्काएको छु । न त त्यो चिठी उता (दूतावास) गएको छ, न त उनीहरु अमेरिका गएका हुन् । वास्तवमा चिठी दर्ता नै भएको छैन । त्यसलाई लिएर यस्तो आयो भन्ने कुरा राखेँ । प्रधानमन्त्रीले तपाईं संवैधानिक परिषदको सदस्य हो । बजारको हल्लाबबारे कुरा नगरौं भन्नु भयो । बजारको कुरा बजारमै छाडौं भन्नुभएको छ ।’ तपाईंको सोच अब के छ त ? भन्ने पत्रकारको जिज्ञसामा उनले जवाफ दिइन्, ‘मेरो के सोच हुनुपर्यो र ? मैले केही गल्ति गरेको भए पो ।’

उपसभामुख राना मगरले २०२३ को फेब्रुअरीमा पाँच जनाको अन्तर्वार्ताका लागि सहजीकरण गरिदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् । यही विषयलाई लिएर सत्तारुढ गठबन्धनमा उपसभामुखलाई हटाउने विषयमा छलफल भएको थियो भने नेपाली कांग्रेसले उपभामुखको राजीनामा माग गरेको छ ।

यसलाई सत्ता गठबन्धनले अवसरको फाइदा उठाउने किसिमले पनि लिएको देखिन्छ । रानालाई राजीनामा गराएर संवैधानिक परिषद्मा बहुमत पु¥याउने रणनीति ओलीले लिएका छन् । यसअघि नै ओलीले २३ भदौमा भेटका लागि कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएका थिए ।

सो भेटमा नै ओलीले उपसभामुख रानाको विपक्षमा बहुमत जुटाउने जिम्मा आफूले लिने र त्यसपछि रिक्त उपसभामुखको पद कांग्रेसलाई सुम्पने बताएका थिए । उपसभामुख राना प्रकरणमा एमाले पहिला मौन र अहिले आक्रामक बन्नुका पछाडी दुईवटा कारण वा उद्देश्य छन् ।

एक, संवैधानिक अंगहरुमा दुई दलको हालिमुहाली हुने गरी नियुक्तिको वातावरण निर्माण । २० असोजमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अवकास पाउँदै छन् । श्रेष्ठपछि कांग्रेस र एमाले पृष्ठभूमिका न्यायाधीशहरु पालैपालो प्रधानन्यायाधीश हुँदै छन् ।

अब प्रधानन्यायाधीश बन्ने न्यायाधीशहरुको पृष्ठभूमिका कारण पनि संवैधानिक परिषदमा एक सदस्य बढाउनैपर्ने ओलीको बुझाइ छ । ६ सदस्यीय संवैधानिक परिषदका एक सदस्य प्रधानमन्त्री ओली आफै भइहाले । सभामुख देवराज घिमिरे पनि एमाले पृष्ठभूमिकै छन् ।

तर, बाँकी तीन सदस्य भने सत्ता गठबन्धनइतरका छन्। प्रमुख प्रतिपक्षी दलका नेताका हैसियतमा माओवादी अध्यक्ष प्रचण्ड, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल र उपसभामुख इन्दिरा राना प्रधानमन्त्री ओलीले प्रतिकूल ठानेका तीन सदस्य हुन् ।

प्रचण्ड र राष्ट्रिय सभाका अध्यक्ष दाहाललाई संवैधानिक परिषदबाट हटाउने स्थिति छैन । प्रतिनिधि सभाको दुई तिहाई जुटाउन सके सत्तापक्षले उपसभामुख रानालाई हटाउन सक्छ । प्रतिपक्षी कित्तामा रहेको रास्वपा पृष्ठभूमिकी रानालाई हटाएर नेपाली कांग्रेसको उपसभामुख बनाउन सके संवैधानिक परिषदमा बहुमत जुटाउन र संवैधानिक अंगमा आफूअनुकूलका व्यक्तिहरुलाई नियुक्त गर्न ओलीलाई सहज हुन्छ ।

अर्को देउवामार्फत दिल्लीसंग दोस्ती बनाइराख्न चाहान्छन् ओली । त्यसैका लागि कांग्रेसलाई उपसभामुख ‘गिफ्ट’ दिन चाहन्छन् । हिजो देउवालाई प्रधानमन्त्री बन्नबाट रोक्न ओलीले रास्वपालाई यही पद ‘गिफ्ट’ दिएका थिए । तर अहिले तिनै ओली रानालाई उपसभामुखबाट हटाउन हात धोेएर लागेका छन् ।

किनभने कांग्रेस संवैधानिक परिषदबाट विमुख हुनुको भागिदार ओलीलाई मान्न सकिन्छ । २०७९ को आम निर्वाचनलगत्तै ओलीले कांग्रेसलाई सबै ठाउँबाट दरकिनार गर्ने खेल सुरु गरेकैले संवैधानिक परिषदमा कांग्रेस अहिले शून्यको स्थितिमा पुगेको हो ।

ओलीले सभामुख आफू (एमाले) ले लिए, उपसभामुख रास्वपालाई दिलाए । राष्ट्रिय सभा अध्यक्ष त्यतिखेर एमालेकै गणेश तिमिल्सिना थिए । उपाध्यक्ष माओवादीलाई दिलाए । तिमिल्सिनाको पदावधि गत वर्ष सकिएपछि त्यो जिम्मेवारी माओवादीले पायो । उपाध्यक्ष पद सुरुमा माओवादी र पछि एमालेले लियो । तर ओली यतिबेला कांग्रेसप्रति ‘उदार’ देखिन खोज्दैछन् ।

Tags: #उपसभामुख इन्दिरा राना#उपसभामुख हटाउने कुरा

लोकप्रीय

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२

विचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२

थप समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास
ताजा समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो
अन्तर्राष्ट्रिय

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता
ताजा समाचार

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?
राजनीति

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.