×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

युक्रेनलाई लामो दूरीको हतियार दिन अमेरिका–बेलायत हच्किए

२९ भाद्र २०८१

२९ भदौ , विराटनगर ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको चेतावनीका बीच अमेरिका र बेलायतले युक्रेनलाई लामो दुरीको क्षेप्यास्त्र दिने संकेत गरेपनि त्यसमा निर्णय गरिहाल्न भने हच्किएका छन् । यद्यपि, यसैका लागि अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री केइर स्मार्टरबीच ह्वाइट हाउसमा भेट भएको थियो ।

Advertisement
Advertisement

स्थानीय समयअनुसार शुक्रबार भएको भेटमा दुई नेताले युक्रेनले माग गरेअनुसार रुसी भित्री क्षेत्रहरुमा युक्रेनलाई दिइएका मिसाइलहरु हान्न दिनेमा सहमति जुटाउन सकेनन् । यो बैठकपछि अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बाइडेनलाई स्टार्मरले युक्रेनलाई हतियार प्रयोग गर्न नदिने कुरामा मनाएको हो भन्ने प्रश्न गरिएको थियो ।

जवाफमा स्टार्मरले ‘युक्रेन, मध्यपूर्व, हिन्त प्रशान्त क्षेत्रका विभिन्न विषयमा लामो र उत्पादनमुलक छलफल भएको छ मात्रै भनेका छन् । बाइडेन र स्टार्मरको भेट भन्दा अगाडी पुटिनले रुसी भूमिमा लामो दूरिका मिसाइल प्रहार गर्न युक्रेनले गरेको आग्रह अस्विकार गर्न पश्चिमा देशहरुलाई चेतावनी दिएका थिए ।

उनले पश्चिमा देशमा बनेका लामो दूरीका अस्त्र युक्रेनले प्रयोग गर्नु भनेको युक्रेन युद्धमा नेटो देशहरू–अमेरिका र युरोपेली देश नै सहभागी भएको अर्थ लाग्ने प्रतिक्रिया दिएका थिए ।शुक्रबारको बैठकमा निर्णय गर्न नसकेपनि यसअघि भने, अमेरिकी राष्ट्रपति र बेलायती प्रधानमन्त्रीले युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति दिन सकिने सङ्केत गरेका थिए ।

यता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि पश्चिमा साझेदारलाई सीमापारि रहेका निसानामा आक्रमण गर्न उपलब्ध लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति माग्दै आएका छन् । उनले अनुमति मागेको मिसाइल स्टोर्म साडो मिसाइल हो । यो मिसाइल विमानबाट प्रक्षेपण गरिन्छ र यसको गति लगभग ध्वनिको गति बराबर हुन्छ ।

यो मिसाइलको अधिकतम दायरा लगभग २५० किलोमिटर छ । यो एउटा मिसाइलको मूल्य १० लाख अमेरिकी डलर छ । यस्तो मिसाइल बंकरहरू भेट्टाउन उपयोगी मानिन्छ । रुसले युक्रेनविरुद्ध यस्तै मिसाइल प्रयोग गरेको छ । तर यता अमेरिका र बेलायतले यसमा सहमति जुटाउन सकेनन् ।

यद्यपि बेलायतका प्रधानमन्त्री स्टार्मरले रुसले लडाइँ शुरु गरेको र अहिले पनि उसले गैरकानुनी काम गरेको बताउँदै आएका छन् । खासगरी इरानको क्षेप्यास्त्र प्रयोग गरेको भन्दै उनले अब युक्रेनलाई लगाएको प्रतिबन्ध फुकुवाका लागि सोच्ने बेला आएको बताएका थिए ।

तर उनैले बाइडेनलाई समेत अघि नबढ्न मनाएको विभिन्न संचारमाध्यमले लेखेका छन् । वाशिङ्टनबाट फर्किएपछि स्टारमर इटलीका प्रधानमन्त्री जोर्जा मेलोनीसँग भेट गर्न रोम जाने तयारी छ । त्यसको एक हप्तापछि संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन विश्वका नेताहरू न्यूयोर्कमा भेला हुने छन् ।

यसैबीच रुसले जासुसी गरेको आरोपमा ६ बेलायती कूटनीतिज्ञको मान्यता रद्द गरेको छ । यता बेलायतको विदेश मन्त्रालयले आफ्ना कूटनीतिज्ञमाथि लागेको आरोपलाई पूर्णतया आधारहीन भएको प्रतिक्रिया जनाएको छ । यता अमेरिकाले पनि रुसको चर्चित समाचार च्यानल आरटीमाथि प्रतिबन्ध लगाएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले उक्त च्यानल रुसी खुफियातन्त्रको हिस्सा बनेको भन्दै प्रतिबन्ध लगाएको प्रतिक्रिया दिए । पत्रकार सम्मेलन गरी ब्लिंकनले रुस सरकार समर्थित मिडिया आरटीले अमेरिकी लोकतन्त्र कमजोर बनाउने प्रयास गरेको भन्दै प्रतिबन्ध लगाएको बताए ।

उनले आरटीमा साइबर परिचालन क्षमता र रुसी खुफिया जानकारीसँग सम्बन्धित युनिट समावेश गरिएको आरोप लगाएका छन् । ब्लिंकनको उक्त टिप्पणीसहित प्रतिबन्ध लगाउने घोषणा कार्यक्रम आफ्नो सामाजिक सञ्जाल एक्समार्फत् लाइभ गरिरहेको आरटीले उक्त निर्णयलाई अमेरिकाको नयाँ चालबाजीको संज्ञा दिएको छ ।

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जखारोभाले रुसमाथि प्रतिबन्ध लागू गर्ने विषयको विशेषज्ञ बनेको अमेरिकासँग नयाँ काम हुनुपर्ने भन्दै व्यंग्य गरेका छन् । अमेरिकाले आरटीका प्रधान सम्पादक मार्गरिटा सिमोनियन र अरु केही कर्मचारीलाई अमेरिकाका चुनाव प्रभावित पार्ने प्रयास गरेको भन्दै गत हप्ता प्रतिबन्ध लगाएको थियो ।

अमेरिकी विदेश मन्त्रालयले आरटी (पहिलेको नाम रसिया टुडे) यसलाई युरोप, अफ्रिका र उत्तर र दक्षिण अमेरिकाका देशमा सूचना संकलन, गुप्त प्रभाव र सैन्य खरिदमा संलग्न भएको आरोप लगाएका छन् ।

एन्टोनी ब्लिन्केनले युक्रेनमा लडिरहेका रुसी सेनाका लागि बडी आर्मर, स्नाइपर राइफल, ड्रोन र अन्य उपकरण किन्न आरटीले अनलाइन फन्डरेजर चलाएको आरोप पनि लगाएका छन् । यसबीच युक्रेनी राष्ट्रपतिले शुक्रबार ४९ युक्रेनी युद्धबन्दी रुसबाट फिर्ता गरिएको घोषणा गरेका छन् ।

युद्धबन्दीको समूहलाई बेलारुससँगको सीमामा स्वागत गरिएको थियो । सामान्यतया हुने गरेजस्तै यो रुससँगको आदानप्रदान थियो वा थिएन भन्नेबारे जेलेन्स्कीले स्पष्ट पारेनन् तर एएफपीका पत्रकारहरूले पहिले रुसी युद्धबन्दीहरूलाई सीमा नजिकैको बसमा राख्दै गरेको देखेका थिए ।

रुसको कुर्स्क क्षेत्रमा किएभको आश्चर्यजनक आक्रमणपछि युद्धरत दुवै मुलुकबीच यो दोस्रो आदानप्रदान हुनेछ । जेलेन्स्कीका अनुसार ‘आफ्नो बिरामी बुबाको हेरचाहका लागि आउँदा बन्धक बनाइएकी किशोरी’लगायतका सर्वसधारणहरू फर्किएका थिए ।

उनले यो आदानप्रदानमा मारियुपोलको सन् २०२२ अजोभास्टल युद्धका लडाकूहरूका साथै सैनिक, सीमा रक्षक र प्रहरी अधिकारी पनि समावेश रहेको बताएका छन् । यसबारे आफ्ना टिप्पणी अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।

Advertisement

यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top