×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

७ आश्विन २०७५

काठमाडौँ,असोज ७
प्रधानमन्त्री केपी शर्मा ओली केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७३ औँ महासभामा सहभागी हुन शनिबार राति एत्तिहाद एयरको विमानबाट न्यूयोर्क प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीले महासभालाई असोज ११ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री ओलीले असोज ८ गते सोमबार ‘नेल्सन मन्डेला शान्ति शिखर बैठकका रूपमा उच्चस्तरीय पूर्ण बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली तथा श्रीमती राधिका शाक्य सोही साँझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा श्रीमती मेलानिया ट्रम्पले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ ।

Advertisement
Advertisement

यस्तै प्रधानमन्त्री मंगलबार संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले आयोजना गर्ने दिवाभोजमा सहभागी हुनेछन् । प्रधानमन्त्री न्यूयोर्कबाट दक्षिण अमेरिकी मुलुक कोस्टारिका जाने छन्। उनी शनिवार असोज १३ मा कोस्टारिकाको राजधानी सान जोसे जाने कार्यक्रम रहेको छ।

कोस्टारिकाका राष्ट्रपति कार्लोस अलभाराडो क्यूसाडाको मैत्रिपूर्ण निमन्त्रणामा प्रधानमन्त्री कोस्टारिका जान लागेका हुन्। प्रधानमन्त्री कतार एयरको विमानबाट असोज १८ गते बिहीबार अपराह्न स्वदेश फर्कने छन्।

Advertisement
Advertisement

प्रधानमन्त्रीको अनुपस्थितिमा १३ दिन कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी मन्त्रिपरिषद्का वरिष्ठतम सदस्य उपप्रधानमन्त्री ईश्वर पोखरेललाई दिइएको छ। संविधान अनुसार राष्ट्रपतिले पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेकी हुन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top