बिराटनगरमा फेरि शव भेटियो

विराटनगर,असोज ७
बिराटनगरमा फेरि एक ब्यक्तिको शव भेटिएको छ । बिराटनगर वडा नम्बर १६ र १७ सीमा क्षेत्र बुधनगर जाने सडक छेउको छाला उद्योगको नजिकै सडकको होम पाइपको मुनि शव फेला परेको हो ।

Advertisement

शव गन्हाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लगभग सडिसकेको शव डोजर प्रयोग गरेर होम पाइपबाट बाहिर निकालिएको छ ।

Advertisement

शव सडिसकेकाले शव महिला वा पुरुष कसको हो भन्ने खुल्न सकेको छैन । होम पाइपको दुवैतर्फ पराल खाँदेर भित्र राखिएको अवस्थामा शव भेटिएको थियो ।

Advertisement

 

शवको पहिचान हुन सकेको छैन भने घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top