रविको प्रतिक्रिया : एमडीले चेक नकाटेर घाँस काट्ने कुरा आउँदैन

३० भदौ ८१, सोमबार

३१ भदौ, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवी लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नभएको कुरा स्पष्ट भएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै लामिछानेले भन्दै सहकारीको विषयमा आफू गलत नभएको बताएका हुन् ।

रास्वपाले गैरकानूनी, अराजनीतिक जस्ता कुनैपनि गलत काम नगरेको उनको भनाइ छ । उनले भने, ‘हामीले समाधानमा जानुपर्छ भनेर पहिलादेखि नै भनेका थियौं । व्यक्ति केन्द्रित गरेर राजनीतिक खेल खेल्ने काम नगरौं भनेर भनेको थिएँ । मूल कुरा भनेको सहकारी ठगीमा मेरो संलग्नता नभएको कुरा स्पष्ट भएको छ । हामीले गैरकानूनी, अराजनीतिक जस्ता कुनै पनि गलत काम हामीले गरेका छैनौं ।’

Advertisement

उनले सहकारीबाट गोर्खा मिडियामा आएको पैसा चलाउने क्रममा आफू प्रबन्ध निर्देशक भएको नाताले हस्ताक्षर भने आफ्नै चलेको बताए । उनले गोर्खा मिडिया सञ्चालनका क्रममा भएका कमी, कमजोरीहरूको भने आफू भागिदार हुने उनले स्पष्ट पारे ।

‘सहकारी ठगीको पैसा त त्यसले चलाएको त हो नि! भन्ने भाष्य निर्माण भएको छ,’ ‘उनले भने, ‘एमडीका रूपमा रहँदा मैले आन्तरिक प्रशासन सञ्चालनका लागि चेक काटेँ । एमडीले चेक नकाटेर घाँस काट्ने कुरा आउँदैन ।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top