डुंगा दुर्घटनामा २ सय ९ जनाले ज्यान गुमाए

एजेन्सी,असोज ७
तान्जानियाको लेक भिक्टोरियामा शुक्रबार भएको डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या २०९ पुगेको छ । १०० जना यात्रु बोक्ने क्षमता रहेको उक्त डुंगामा चार सय जना भन्दा बढी यात्रु रहेको बताइएको छ।

हालसम्म करिब ५० जनालाई जीवितै उद्दार गरिएको छ। उद्दारकर्ताहरुले खोजी कार्य जारी राखेकाले मृतकको संख्या बृद्धि हुनुसक्ने जनाइएको छ । बुगोरोराबाट युकेरेवे टापुको किनारमा आउँदै गर्दा एमभी न्यरी’ नाम दिइएको उक्त डुंगामा क्षमताभन्दा बढी यात्रु रहेकाले तिनीहरु एकै दिशामा ढल्किँदा दुर्घटना भएको जनाइएको छ ।

उक्त डुंगाका चालकलाई पक्राउ गरी प्रहरीले घटना बारे विस्तृत अनुसन्धान गरिरहेको जनाइएको छ। तान्जानियाका राष्ट्रपति जोन मागुफुलीले घटनामा दोषी रहेका सबैलाई पक्राउ गर्ने निर्देशन दिएका छन् ।

घटना लगत्तै मागुफुलीले सबैलाई संयमित रहन आग्रह गरेका थिए। यता, विपक्षी दलका नेता जोन निइकाले भने तान्जानियमा धेरै यात्रु राखेर यात्रा गर्दा धेरै पटक डुंगा दुर्घटना भएता पनि सरकारले त्यसप्रति ध्यान नदिएको भन्दै सरकारको चरम लापरवाहीले दुर्घटना भएको आरोप लगाएका थिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top