×

NEPAL TIMES UPDATES

Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026
Playing
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेदेखि संचालनमा ?|| Nepal Times
Apr 12, 2026
Playing
बालेनले हर्कलाई उपसभामुख किन दिलाए ? अब मिल्ने ?|| Nepal Times
Apr 12, 2026
Playing
एक वर्षमा सात हजार ६४८ विप*द्का घ*टना, सबैभन्दा बढी आगला*गीका|| Nepal Times
Apr 12, 2026
Playing
इरा*न र अमेरि*काबिच १४ घण्टा वार्ता, अहिलेसम्म के–के भयो ?|| Nepal Times
Apr 12, 2026
Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026

पश्चिम एसियामा बढ्यो तनाव, बेरुत र तेलअवीवका उडानहरु रद्द

४ आश्विन २०८१

४ असोज , एजेन्सी ।
लेबनानमा पेजर्स र वाकीटकीमा भएको विस्फोट र जसका कारण ३७ भन्दा धेरै मानिसको मृत्यु भएपछि पश्चिम एशियामै तनाव थप बढेको छ । इजरेल हमास युद्धका कारण पहिलादेखि नै तनाव रहेको यस क्षेत्रमा अब लेबनानमा भएको घटनाले यो तनावलाई कयौं गुणाले बढाइदिएको छ ।

यसै कारण विभिन्न एयरलाइंसले पश्चिम एशियामा आफ्ना उडानहरु रद्द गरेका छन् । ताकी कुनै पनि अप्रिय घटनाबाट बच्न सकियोस । पश्चिम एशियामा उडान रद्य गर्ने एयरलाइन्सहरुमा अल्जेरियाको एयरलाइन एयर अलजीरीले लेबनानका लागि आफ्नो उडान सेवाहरु रद्द गरेको छ ।

Advertisement
Advertisement

एयरलाइनले अर्को आदेशसम्मका लागि सेवाहरु रद्द गर्ने जनाएको छ । यस्तै एयर फ्रांसले पनि १७ सेप्टेम्बरदेखि नै बेरुत र तेल अवीव जाने उडानहरु रद्द गरेको छ । केएलएमले पनि तेल अवीवबाट उडान भर्ने सबै उडानहरु २६ अक्टुबर सम्म रोकेको छ ।

ट्रांसभिया एयरलाइनले पनि ३१ मार्च २०२५ सम्म तेल अवीव जाने सबै उडानहरु रद्द गरेको छ । बेरुत जाने फ्लाइट्स पनि तीन नोभेम्बर सम्मका लागि बन्द गरेको छ । भारतीय एयरलाइन कंपनी एयर इंडियाले पनि अर्को सुचनासम्मका लागि तेल अवीव जाने सबै उडानहरु रद्द गरेको छ ।

यस्तै हंककंगको एयरलाइन क्याथे प्यासिफिकले तेल अवीव जाने आफ्नो सबै उडान २७ मार्च २०२५ सम्मका लागि रद्द गरेको छ । अमेरिकी एयरलाइंस डेल्टा एयरलाइंसले न्यूयोर्कबाट तेल अवीवबीच चल्ने फ्लाइट्सलाई ३१ डिसेम्मबर सम्म रद्द गरेको छ ।

ब्रिटेनको बजट एयरलाइनले पनि तेल अवीवका सबै उडान रोकेको छ । लाटभियाको एयरलाइन एयर बाल्टिकले पश्चिम एशियामा रिगादेखि तेल अवीवबीच चल्ने सबै उडान रोकेको छ । जर्मनी एयरलाइन लुफ्तांसा ग्रुपले पनि तेल अवीव र तेहरान जाने उडानहरु रद्द गरेको छ ।

यसका साथै यूरोपको एयरलाइन रेनेयर, जर्मनीको संडेयर एयरलाइन, शिकागो स्थित यूनाइटेड एयरलाइनले उडान रोकेको छ । ब्रिटेन सरकारले आफ्नो एयरलाइंसलाई एडवाइजरी जारी गरेको छ, जसमा भनिएको छ कि लेबनानको हवाई क्षेत्रमा प्रवेश नगर्नु ।

यसरी देशहरुले पश्चिम एशियामा सम्भावित खतरालाई मध्यनजर गर्दै सतर्कता अपनाउदा यता इजरेलले भने, उसका लडाकु विमानहरुले हिजÞ्बुल्लाहका १०० भन्दा धेरै रकेट लन्चरहरुलाई निशाना बनाएको बताएको छ ।

इजराइली डिफेंस फोर्सेस (आईडीएफ)का अनुसार, यो लन्चर्स इजराइलतर्फ हमला गर्नका लागि तयारी पारिएका थिए । आईडीएफको हवाई हमलामा दक्षिणी लेबनानमा हतियारहरुको गोदामहरुलाई निशाना बनाइएको छ ।

लेबनानको सरकारी नेशनल न्यूजÞ एजेंसीले भनेको छ, इजरेलले विहीबार साँझ ५२ हवाई हमला गरेको छ र लेबनानले पनि उत्तरी इजराइलका सैन्य ठेगानाहरुमा हमला गरेको छ । यसअघि हिजबुल्लाहका नेता हसन नसरुल्लाहले भनेका थिए, ’दुश्मन’ ले विस्फोट र हमला गरेर सबै सिमाहरु, नियमहरु र रेड लाइन पार गरिदिएको छ ।

लेबनान भर पेजर र वाकी टाकीमा भएको विस्फोटमा ३७ जनाको मृत्यु भएको छ । ३ हजारभन्दा धेरै घाइते भएका छन् । नसरुल्लाहले यो हमलालाई ‘नरसंहार’ भनेका छन् र हिजबुल्लाहका लागि यो निकै ठूलो झट्का रहेको पनि बताएका छन् ।

अब यसले ठूलो घातक युद्ध सुरु हुने पनि उनले संकेत गरेका छन् । यता इजराइलका रक्षा मंत्री योआभ ग्यालेंटले भनेका छन्, इजराइल अब युद्धको नयाँ चरणमा प्रवेश गरिसकेको छ । र आफ्नो तागतलाई उत्तरतर्फ केन्द्रित गरिरहेको छ ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top