इन्डियन रेल बोकेर अमेरिका पुगे मोदी, बाइडेनलाई के दिए उपहार ?

६ असोज, एजेन्सी ।

सन् २००५ मा अमेरिकाले नरेन्द्र मोदीलाई भिसा दिन अस्वीकार गरेको थियो । जतिबेला मोदी गुजरातका मुख्यमन्त्री थिए । सन् २००२ को दंगालाई आधार बनाएर अमेरिकाले मोदीलाई भिसा दिन अस्वीकार गरेको थियो । तर तिनै मोदी भारतको प्रधानमन्त्री बनेपछि पटक पटक अमेरिकी राष्ट्रपतिका प्रमुख पाहुना बन्दै आएका छन् ।

तेस्रो कार्यकालका रुपमा प्रधानमन्त्रीको पद सम्हालिरहेका मोदी ३ अमेरिकी राष्ट्रपतिका पाहुना बनिसकेका छन् । पहिलो कार्यकालमा बराक ओबामाका पाहुना बनेका मोदी त्यसपछि डोनाल्ड ट्रम्प र जो बाइडेनका पाहुना बनिसकेका छन् ।

पछिल्लो पटक तीन दिने अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यस पटकको भ्रमण भने विशेष देखिएको छ । यसपटक पनि विगत जस्तै अमेरिकी राष्ट्रपतिसँग मोदीको भेटवार्ता भयो तर स्थान विगत भन्दा विशेष थियो ।

शनिबार अमेरिकी राष्ट्रपति जो बाइडेनसँग मोदीले भेटवार्ता गरेका छन् । भेटका लागि मोदी डेलावेयरस्थित बाइडेनको घर नै पुगेका थिए । त्यहाँ बाइडेनले मोदीसँग हात मिलाए र दुवै नेताले एकआपसमा अँगालो हालेर अभिवादन गरे।

सो क्रममा मोदीले अमेरिकी राष्ट्रपति बाइडेन र उनकी पत्नी जिल बाइडेनलाई विशेष उपहार दिएका छन् । मोदीले बाइडेनलाई चाँदीको हातले बनेको प्राचीन रेलको मोडेल उपहार दिएका छन्। यसमा ९२ दशमलव ५ प्रतिशत काम चाँदीबाट भएको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

जसरी सामान्यतया भारतमा यात्री ट्रेनहरूमा भारतीय रेलवे लेखिएको हुन्छ। त्यसैगरी बाइडेनलाई उपहार स्वरुप दिएको रेलमा पनि ‘भारतीय रेलवे’ पनि लेखिएको छ ।यस ट्रेनको मोडलमा दिल्लीदेखि डेलावेयर पनि लेखिएको छ।

यस्तै मोदीले अमेरिकाकी प्रथम महिला जो बाइडेनकी पत्नी जिल बाइडेनलाई कागजको बक्समा प्याक गरिएको पश्मिना सल उपहार दिएका छन् । दुई नेताबीचको द्विपक्षीय भेटमा चीन र रुसका विषयमा छलफल भएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

अमेरिकी प्रतिनिधिमण्डलमा विदेशमन्त्री एन्टोनी ब्लिन्केन, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवान र भारतका लागि अमेरिकी राजदूत एरिक गार्सेटी रहेका थिए । भारतीय प्रतिनिधिमण्डलमा विदेशमन्त्री एस जयशंकर, अमेरिकाका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र विदेश सचिव विक्रम मिश्री रहेका थिए ।

बैठकमा कुनै प्रेसलाई अनुमति दिइएको थिएन । भेटवार्ताका विषय पछि सार्वजनिक गरिएको थियो । बाइडेन आफ्नो कार्यकालको अन्तिम महिनामा छन्। अमेरिकामा आगामी नोभेम्बर ५ मा राष्ट्रपति पदका लागि मतदान हुँदैछ । भेटवार्तामा मोदीले पोल्याण्ड र युक्रेन भ्रमणका विषयमा बाइडेनलाई सविस्तार बताएका थिए ।

जसका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनले मोदीको प्रशंसा गरेका थिए । उनले पोल्याण्ड र युक्रेनको आफ्नो भ्रमण ऐतिहासिक भएको बताए, जुन धेरै वर्षपछि भारतीय प्रधानमन्त्रीको पहिलो भ्रमण थियो । उर्जा क्षेत्र लगायत युक्रेनका लागि शान्ति र मानवीय सहायताको उनको सन्देशको पनि प्रशंसा गरे।

उनीहरु बीच संयुक्त राष्ट्र संघको बडापत्र लगायत अन्तर्राष्ट्रिय कानुनको महत्वबारे पनि कुराकानी भएको बताइएको छ । जो बाइडेनले विश्व मञ्चमा, विशेष गरी जी २० र ग्लोबल साउथमा मोदी नेतृत्वको भारतको नेतृत्व र स्वतन्त्र, खुला र समृद्ध इन्डो–प्यासिफिक क्षेत्र सुनिश्चित गर्न क्वाडलाई सुदृढ पार्ने उनको प्रतिबद्धताको प्रशंसा गरेका थिए ।

यसअघि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले दुई नेताबीचको वार्ताको मुख्य विषय युक्रेनमा जारी द्वन्द्व र रुस र चीनप्रति भारतको अडान हुने संकेत गरेका थिए । सुलिभानले युक्रेन विरुद्ध रुसको आक्रमणले अन्तर्राष्ट्रिय कानुन र मान्यताको उल्लङ्घन गरेको अमेरिकी धारणामा जोड दिएका थिए ।

उनले भारतजस्ता देशले सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई समर्थन गर्न र रुसको युद्ध प्रयासमा सहयोगी बन्न नहुनेमा जोड दिएका थिए । बाइडेनसँगको भेटपछि उनी क्वाड बैठकमा सहभागि भएका छन् ।

जहाँ जो बाइडेनसहित अष्ट्रेलियाका एन्थोनी अल्बानीज र जापानका फुमियो किशिदासँग क्वाड शिखर सम्मेलनमा भाग लिएका छन् । उनले सोमबार संयुक्त राष्ट्रसंघमा हुने ‘फ्युचर समिट’मा सम्बोधन गर्नेछन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top