प्रदेश सुशासन विधेयक विधायन समितिमा

विराटनगर,असोज ७
प्रदेश नं १ को प्रदेशसभा बैठकले प्रदेश १ को प्रदेश सुशासन प्रत्याभुत गर्ने सम्बन्धमा बनेको विधेयक थप छलफलका लागि न्याय प्रशासन तथा विधायन समितिमा पठाएको छ ।

विधेयमाथि परेका संशोधन प्रस्ताव तथा दाफाउपर दाफवार छलफलका लागि आइतबार समितिमा पठाइएको हो । संसद बैठकमा सामाजिक विकास समितिमा पठाइ छलफल र संशोधनपछि पुनः सदनमा पेश भएको घरेलु हिंसा सम्बन्धीत विधेयकसँग सम्बन्धित प्रतिवेदन प्रस्तुत गरियो ।

समितिका अध्यक्ष अगमलाल चौधरीले सदनमा प्रतिवेदन पेश गरे । सामाजिक विकास मन्त्रीको जीवन घिमिरेका तर्फबाट सदनमा यसअघि प्रस्तुत भएको विधेयक समितिमा पठाइएको थियो ।

Advertisement

शुन्य समयमा बोल्दै सांसद विजयकुमार विश्वासले घिनाहाघाट विराटचौक सडक मर्मत, बाढीले बगाएको सुनसरी मोरङ सिंचाई आयोजनाको नहर निर्माण र विराटनगर आयल निगम अगाडि तेल ट्यांकर व्यवस्थापनबारे प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

बैठकमा मोहम्मद ताहिर मियाँले सुनसरीमा खुर्सिद मियाको हत्याको छानबिन गर्न माग गरे। यस्तै सांसद बसन्तीदेवी यादवले विकास निर्माणमा गतिहीनताको अन्त्य हुनुपर्ने बताइन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top