×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

बार्सिलोनाको छैटौँ जित, ह्याट्रिक गर्न चुके लेवान्डोस्की

७ आश्विन २०८१

७ असोज, एजेन्सी ।

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले छैटौँ जीत निकालेको छ । उसले भिल्लारियललाई हराउँदै यो जीत हासिल गरेको हो । भिल्लारियलको घरेलु मैदान सिरामिका स्टेडियममा गएराति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई ५–१ गोलले हराएको हो ।

Advertisement
Advertisement

जीतपछि शीर्ष स्थानको बार्सिलोनाको ६ खेलबाट १८ अङ्क पुगेको छ । समान खेलबाट ११ अङ्क जोडेको भिल्लारियल भने पाँचौँ स्थानमा छ । उसको यो दोस्रो हार हो । बार्सिलोनाको जीतमा रोवर्ट लेवान्डोस्कीले खेलको २० औँ मिनेटमा गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए ।

त्यसको १५ मिनेटपछि उनले अग्रता दोब्बर बनाए । यद्यपि ६७ औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टी पाए पनि सदुपयोग गर्न सकेनन् । योसँगै उनी ह्याट्रिक गर्नबाट चुके । लेवान्डोस्कीले सुरुका ६ खेलमा ६ गोल गरेका छन् । उनी सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन् ।

यस्तै बार्सिलोनाका लागि पाब्लो टोरेले १ र राफिन्हाले २ गोल थपे । खेलको ३८औँ मिनेटमा अयोज परेजले गोल एक गोल फर्काउनु बाहेक भिल्लारियलले अरु कुनै गोल गर्न सकेन । यसबीच बार्सिलोनाका कप्तान एवं गोलकिपर टेर स्टेगेन घाइते हुन पुगे ।

स्टेगेनलाई मध्यान्तरअघि स्ट्रेचरमा राखेर मैदान बाहिर लगिएको थियो । बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले उनको लिगामेन्ट च्यातिएको जस्तो देखिएको बताएका छन् । तर, थप परीक्षण उनले बताए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार टेर स्टेगेनलाई मैदानबाट एम्बुलेन्समा अस्पताल लगिएको थियो । त्यसपछि उनी ह्वीलचेयरमा बसेर अस्पतालबाट बाहिरिएका थिए । उनको स्थानमा रिजर्व गोलकिपर इनाकी पेनाले स्थान लिएका थिए ।

डेनी ओल्मो, फ्रेन्की डी जोङ, गाभी र रोनाल्ड अराउजोजस्ता खेलाडीबिना नै मैदान उत्रेको फ्लिकको बार्सिलोना अझ समस्यामा देखिएको छ । यस्तै गएरातिको अर्को खेलमा रायो भालेकानो र एथ्लेटीको मड्रिडले १–१ गोलको बराबरी खेलेका छन् ।

यता इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा आइतवार भएको खेलमा म्यानचेष्टर सिटी हारबाट जोगिएको छ । खेलको अन्तिम मिनेटमा जोन स्टोनेसले गोल गरेपछि सिटी हारबाट जोगिएको हो । पाँचौ खेलमा अपराजित सिटीले आर्सनलसँग २–२ को बराबरीमा रोकिएको हो ।

घरेलु मैदान इत्तिहादमा सिटीले अग्रता बनाएपनि जित निकाल्न सकेन । बराबरीका लागि पनि अन्तिम समयसम्म कुर्नु पर्यो । सिटीको लागि एर्लिङ हालाण्ड र जोन स्टोनेसले गोल गरे । आर्सनलका लागि निकार्डो कालाफिओरी र गाब्रिअल मगालहाल्सले गोल गरेका हुन् ।

नवौं मिनेट हालाण्डको गोलमा सिटीले अग्रता बनाएको थियो । साभिन्होको पासमा २२औं मिनेटमा रिकार्डोले आर्सनलका लागि बराबरी गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा आर्सनलका लागि गाब्रियलले गोल गर्दै २–१ को अग्रता बनाए ।

पहिलो हाफको इन्ज्युरी समयमा नै आर्सनलका लेआन्द्रो ट्रोसार्डले रातो कार्ड पाएका थिए । दोस्रो हाफ पुरै १० खेलाडीमा सिमित आर्सनलविरुद्ध बराबरी गोल गर्न सिटीले खेलको इन्जुरी समय पर्खनु परेको थियो ।

स्टोनेसले इन्ज्युरी समयको अन्तिम मिनेटमा गोल गर्दै साविक विजेताको सिजनको पहिलो हार टारे । बराबरीपछि सिटी ५ खेलबाट १३ अंकसहित शीर्ष स्थानमा छ । सिटीको समान खेलमा १२ अंक रहेको लिभरपुल दोस्रो स्थानमा झर्यो । आर्सनल ११ अंकसहित चौथो स्थानमा छ । अर्को खेलमा नटिङघम फरेस्ट र ब्राइटनले पनि २–२ को बराबरी खेलेका थिए ।

Advertisement

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top