×

NEPAL TIMES UPDATES

Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026
Playing
नेपालमा कति छ युरेनियम ?कसले लगायो बक्रदृष्टि? बालेन सरकारसँग मागियो जवाफ || Nepal Times
Apr 17, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-04-2083 || Nepal Times
Apr 17, 2026
Playing
छोराको बिल तिर्न नसक्दा अस्पतालले डिस्चार्ज दिएन,पैसा खोज्न हिडेकी आमा सम्पर्कविहीन || Nepal Times
Apr 17, 2026

गाजाको नियती भोग्दै लेबनानः एकैदिन ४९२ को मृत्यु

८ आश्विन २०८१

८ असोज ,एजेन्सी ।
लेबनानमा इजरायलले आक्रमण गर्दा ४९२ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मारिनेमा ३५ बालबालिका र ५८ महिलाहरु समेत छन् । आक्रमणमा १ हजार ६४५ जना घाइते भएका छन् ।

घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान छ । इजरायली सेनाले हिजबुल्लाहका १ हजार ३०० आश्रयस्थलमा आक्रमण गरेको जनाएको छ ।

Advertisement
Advertisement

यो आक्रमण गत अक्टुबर ७ मा हमासविरुद्ध युद्ध सुरु गरेयताकै भयानक भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । इजरायलले हमासविरुद्ध आक्रमण सुरु गरेपछि हिजबुल्लाहले हमासलाई सघाउने घोषणा गरेको थियो ।

त्यसैले इजरायलले हिजबुल्लाहलाई पनि निशाना बनाएको हो । लेबनानका स्वास्थ्य मन्त्री फिरास अबियादले इजरायलको आक्रमणबाट सर्वसाधारणका घर, मेडिकल सेन्टर, एम्बुलेन्स र कारहरुमा पनि क्षति पुगेको बताएका छन् ।

इजरायली क्षेत्रमा हिजबुल्लाहले दुई सयभन्दा बढी रकेट प्रहार गरेको थियो । इजरायली पक्षका दुई जना घाइते भएको इजरायली सेनाले जनाएको छ । इजरायल र लेबनानका हिजबुल्लाह लडाकुहरुबीच आक्रमण सुरु भएपछि विश्वका केही देशहरुले दुवै पक्षलाई संयमित हुन आह्वान गरेका छन् ।

यो संघर्षले ठूलो युद्धको रुप लिन सक्ने चिन्ता व्यक्त हुँदै आएको छ । इरानले इजरायलको आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । लेबनानमा रहेको विद्रोही समूह हिजबुल्लाहले पेजर र वाकीटकी विष्फोटले आफ्नो समूहलाई शक्तिशाली धक्का लागेको प्रतिक्रिया दिइरहेको बेला इजरेलले लेबनानमा सोमबार ठूलो हवाई आक्रमण गरेको हो।

इजरायली सेनाले लेबनानका मानिसहरूलाई हिजबुल्लाहले हतियार र रकेट लुकाएर राखेका भवनहरू नजिकका घरहरू खाली गर्न चेतावनी दिएपछि आक्रमणहरू गरिएको इजरेली गुप्तचर आइडीएफका प्रवक्ता ड्यानियल हगारीले बताएका छन् ।

लेबनानमा विगत पाँच दिनदेखि इजरायलबाट लगातार हवाई हमला भइरहेको छ । इजरायलले गत हप्ता बिहीबारदेखि विशेष गरी दक्षिणी लेबनानमा आक्रमण गरेको छ र हिजबुल्लाहविरुद्ध कारबाही गर्न आह्वान गरेको छ ।

यसमा लेबनानको बेका उपत्यकामा हिजबुल्लाह विरुद्धको ठूलो आक्रमण पनि समावेश छ। सोमबारको आक्रमणमा इजरायली सेनाले दक्षिणी लेबनानमा हिजबुल्लाहसँग सम्बन्धित लक्ष्यहरूमा आक्रमण गरिरहेको र त्यस्ता थप आक्रमणहरू गरिने बताएको छ।

लेबनानका प्रधानमन्त्री नाजिब मिकातीले इजरायली आक्रमणको निन्दा गरेका छन् । उनले आक्रमणहरूलाई लेबनानी गाउँ र शहरहरू ध्वस्त पार्ने योजनाको एक हिस्साको रूपमा वर्णन गरेका छन् ।

अल अरबियाका अनुशार उनले इजरायलको आक्रमण रोक्न राष्ट्रसंघलाई समेत आग्रह गरेका छन् । उनले इजरायली आक्रमणले निर्दोषको ज्यान लिइरहेको र यो अपराध भएको बताएका छन् ।

इजरायली मिडियाले आक्रमण गर्नु अघि आइडीएफले दक्षिणी लेबनानी नागरिकहरूलाई हिजबुल्लाह स्थानहरूबाट टाढा रहन भनेको बताएका छन् । सोमबार लेबनानको राजधानी बेरुत र देशका अन्य क्षेत्रहरूमा नागरिकहरूले घरहरू तुरुन्तै खाली गर्न भनिएको सन्देश प्राप्त गरेका थिए ।

इजरायल र लेबनानी समूह हिजबुल्लाहबीच गत वर्षको अक्टोबरदेखि तनावपूर्ण अवस्था रहेको छ । इजरायली सेनाले गाजामा आक्रमण गरेपछि हिजबुल्लाह र इजरायलको सीमामा गोलीबारी भइरहेको छ ।

गत हप्ता लेबनानमा हजारौं पेजर र वाकी–टकीहरू विस्फोट हुँदा यो तनाव झनै बढेको छ । हिजबुल्लाहले यसका लागि इजरायललाई दोषी ठहर गर्दै बदलास्वरूप रकेट प्रहार गरेको थियो। यसपछि इजरायलले लेबनानमा हवाई हमला गरेको छ जसमा ठूलो जनधनको क्षति भएको छ ।

पेजर र वाकीटकी विष्फोटले इजरायल र लेबनानबीच ठूलो र घातक युद्धको सम्भावना बढेको हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहले बताएका छन् । लेबनानलाई आतङ्कित बनाउने पटक पटकको आक्रमणपछि नसरल्लाहले आक्रामक भएर प्रतिशोधको चेतावनीसमेत दिएका हुन् ।

३७ जना हिजबुल्लाहका सदस्यको ज्यान जानेगरी इजरायलले नै पेजर र वाकीटकी विष्फोट गराएको हिजबुल्लाहको आरोप छ । यो घटनामा ३ हजार ५ सयभन्दा धेरै मानिस घाइते भएका छन् ।

गाजामा युद्धविराम नभएसम्म इजरायलविरुद्ध हिजबुल्लाहले लडाइँ जारी राख्ने जनाएको छ । यता लेबनानी हिजबुल्लाह समूहसँगको तनावपछि इजरायलले हाइफा सहरमा सुरक्षा सतर्कता बढाएको छ ।

हिजबुल्लाह समूहले निरन्तर रकेट आक्रमण जारी राखेपछि इजरायलले हाइफा सहर अन्य उत्तर क्षेत्रका मानिसहरुलाई भेला हुन, भीड गर्न प्रतिबन्ध लगाएको हो । यस क्षेत्रमा तनाब बढ्दै गएपछि अमेरिकी सरकारले समेत आफ्नो नागरिकहरूलाई लेबनान छोड्न निर्देशन दिइसकेको छ ।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top