×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

कतार एयरले ५ फन्को लगायो, विराटनगरको रनवेमा पानी

११ आश्विन २०८१

११ असोज, काठमाण्डौ ।

खराब मौसमका कारण आज हवाई उडान प्रभावित भएको छ । मौसम खराब हुँदा भिजिविलिटी कम भएकोले आजका उडानहरू प्रभावित भएका हुन् । त्रिभुवन विमानस्थलबाट धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरबाहेकका उडानहरू प्रभावित भएका छन् ।

Advertisement
Advertisement

आजको माउण्टेन फ्लाइटहरु पनि रद्द भएका छन् । मौसम खराब भएकै कारण कतार एयरवेज पाँच फन्को लगाएपछि मात्रै अवतरण भएको छ । अविरल वर्षाका कारण विराटनगरको हवाई क्षेत्र प्रभावित भएको छ।

अविरल वर्षाका कारण विराटनगर विमानस्थलस्थित धावनमार्ग समेत पानी जमेको हुँदा उडान प्रभावित भएको हो। बिहीबार बिहानदेखि परेको वर्षा र भिजिविलिटी कम हुँदा उडान रद्ध भएको विराटनगर विमानस्थलले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर झरी पर्ने सम्भावना छ । शनिबारदेखि मात्रै मौसममा क्रमिक सुधार हुनेछ । ठूलो वर्षा र कम भिजिबिलिटीका कारण दोहाबाट काठमाडौँ आएको कतार एयरवेजको जहाज आकाशमा पाँच फन्को लगाएपछि अवतरण गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार जहाजको आकार, प्यासेन्जरको सङ्ख्या, पाइलटको विमानस्थलसँगको अभ्यस्तता लगायत कारण उडान, अवतरणमा फरक पर्न जान्छ ।

अन्य विमानहरू भने नियमित रूपमै उडान, अवतरण गरिरहेका छन् । भिजिबिलिटीका कारण केही आन्तरिक विमानस्थलबाट हुने उडान तथा अवतरण भने प्रभावित भएका छन् ।

देशभर मनुसन सक्रिय भएसँगै पूर्वी र मध्य तराईमा भारी वर्षा भएको छ। बंगालको खाडीबाट प्रवेश गरेको उच्च जलवाष्पयुक्त वायुका कारण देशभर मनसुन सक्रिय भएको हो। यो क्रम आइतबारसम्मै रहनेछ।

अहिले काठमाडौं उपत्यकासहित देशभर सघन वर्षा भइरहेको छ। पूर्वी र मध्य तराईमा भनेर धेरै भारी वर्षा भएको छ। कोशी प्रदेशका झापा, मोरङ, इलाममा वर्षाले जनजीवन प्रभावित तुल्याइको छ।

तटीय क्षेत्रमा डुबान र कटानको समस्या निम्त्याउन सक्ने मौसमविद्ले बताएका छन्। पछिल्लो २४ घन्टामा झापाको केचनामा १८७.२, चन्द्रगढी विमानस्थलमा १८३.२, अनारमनीमा १५८.६ मिलिमिटर वर्षा भएको छ।

इलामको कन्काइमा १७४.८, मोरङको बाहुनीमा १४९, विराटनगर विमानस्थलमा १८९.२, सप्तरीको बरमझियामा १८२.४, उदयपुरको सुन्दरपुरमा १४६.८, सप्तरीको रुपनी बजारमा १४६.२ मिलिमिटर वर्षा भइरहेको छ।

अहिले पूर्वी र मध्य तराईमा बढी वर्षा भइरहेकाले बादल गहिरिँदै गइरहेको त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञानका सहप्राध्यापक विनोद पोखरेलले बताए। उनले वर्षा अझै बढ्न सक्ने बताएका छन् ।

Advertisement

मौसमविद्का अनुसार शनिबार रातिबाट मात्रै वर्षा क्रमश कम हुनेछ । शुक्रबार देशका अधिकांश भूभागमा भारी वर्षाको सम्भावना छ। आज र भोलि रात्री बस नचलाउन सरकारले आग्रह गरिसकेको छ ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top