कोशी र बागमतीमा भारी वर्षा, भोलिसम्मै झरी

१६ असोज ८१, बिहीबार

१७ असोज , काठमाण्डौ ।

मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेअनुसार नै आज बिहानैदेखि कोशी प्रदेशका झापा, इलाम, मोरङ, सुनसरी आसपासका क्षेत्रमा तथा बागमती प्रदेशका काठमाडौँ ललितपुर, सिन्धुपाल्चोक आसपासका क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाले आज बिहान ९ बजेतिर जनाएअनुसार पछिल्लो २४ घण्टामा इलाम, मोरङ, सुनसरी जिल्लाका थोरै स्थान तथा सिन्धुपाल्चोक जिल्लाका एक÷दुई स्थानमा भारी वर्षासमेत भएको छ ।

महाशाखाले सचेत गराउँदै अगाडि भनेको छ– आगामी २४ घण्टाका लागि गरिएको मौसम पूर्वानुमानअनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान, मधेस प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी प्रदेश र बागमती प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको साथै कोशी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

आज राति भने कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

भोलि शुक्रबार पनि दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेशका एक– दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । शुक्रबार राति कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वाग्मती प्रदेशको पहाडी भू–भागका एक– दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । यस्तै शनिबार दिउँसो कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

शनिबार राति कोशी,मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैबीच भारी वर्षा र हावाका कारण विराटनगर विमानस्थलको उडान अवतरण केही समय प्रभावित भएको छ । जसका कारण काठमाडौँबाट विराटनगरका लागि उडेको श्री एयरको विमान करिब आधा घण्टा आकाशमै होल्ड भएको छ ।

विमानस्थल नखुलेपछि विमानले आकाशमा ६ फन्को लगाएको थियो । आज बिहानै खुलेको विमानस्थल भारी वर्षा र हावा चलेपछि करिब ८ बजेपछि बन्द भएको थियो । वर्षा कम भएपछि साढे ८ बजे एयरपोर्ट खुलेको हो ।

एयरपोर्ट खुलेपछि श्री एयरको जहाज अवतरण भएको विराटनगर विमानस्थल प्रमुख सुभाष झाले बताएका छन् । विराटनगरमा बिहीबार बिहानैदेखि वर्षा भइरहेको छ । विराटनगरमा एयरपोर्टमा रहेको वर्षा मापन केन्द्रमा पछिल्लो तीन घण्टामा ४०.६ मिलिमिटर वर्षा मापन भएको छ ।

यस्तै पूर्व र मध्य क्षेत्रमा रातिदेखि नै पानी परेकाले केही नदी र खोलाहरुमा बाढी आएको छ । सुनसरीको तरहरा र मोरङको केराबारी आसपास मध्यम वर्षा भएको र थप हुने देखिएकाले सुनसरी खोला, केशलिया खोला लगायत अरु स–साना खोलामा आकस्मिक बाढीको तथा होचो भूभागमा डुबानको जोखिम रहेकोले दिउँसोसम्म सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै भक्तपुरको हनुमन्ते खोला जगाती जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह नजिक रहेको र बढ्दो क्रममा रहेकोले हनुमन्ते खोला नदी तटीय क्षेत्रमा बस्नेहरुलाई दिउँसोसम्म सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

यस्तै अघिल्लो हप्ताजस्तो घनघोर र अविरल वर्षाको सम्भावना नभएको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिएका छन् । उनकाअनुसार एकैठाउँमा लगातार पानी पर्ने सम्भावना छैन ।

आज दिनभर पानी पर्ने र रोकिने क्रम चलिरहने र भोलि पनि केही ठाउँमा पानी पर्ने सम्भावना रहेको उनी बताउँछन् । पर्सिदेखि भने मौसममा सुधार हुने मौसमविद् अधिकारीको भनाइ छ ।

यसैबीच गएको बिहीबारदेखि परेको अविरल वर्षापछिको बाढीपहिरामा परी मृत्यु हुनेको संख्या २३३ पुगेको छभने २२ जना बेपत्ता छन् । अन्य १६९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ ।

सरकारले उद्धार र सहायता परिचालनलाई उच्च प्राथमिकता दिएको तथा अवरुद्ध राजमार्ग मर्मतसम्हार गरी यातायातका साधन सञ्चालन गर्न अथक प्रयास गरिरहेको तिवारीले बताएका छन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top