×

NEPAL TIMES UPDATES

Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026

रियल मड्रिड र बायर्न म्युनिख पराजित

१७ आश्विन २०८१

१७ असोज ,एजेन्सी ।

अर्जेन्टिनी स्टार लिओनल मेसीले पहिलो हाफको इन्जुरी समयमा दुई गोल गर्दै फ्रेन्चाइज इतिहासमा पहिलो पटक इन्टर मियामीलाई सपोर्टर्स सिल्ड जिताएका छन् । बिहीबार बिहान भएको खेलमा मायामीले कोलम्बस क्रूलाई ३–२ ले पराजित गरेको हो ।

Advertisement
Advertisement

मियामीको जितमा लुइस सुआरेजले पनि एक गोल थपे । यो ट्रफीसँगै मेसीले क्लब र देशका लागि जितेको ट्रफीको संख्या ४६औं पुगेको छ । मियामीको साथ उनले जितेको भने यो दोस्रो उपाधि हो ।

खेलको ४५औं मिनेटमा मेसीले जोर्डी अल्बाको लामो पासमा गोल गर्दै मियामीलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयको पाँचौं मिनेटमा मेसीले करिब ३० यार्ड टाढाबाट फ्रिकिकमा गोल गरे ।

दोस्रो हाफको पहिलो मिनेटमै डिएगो रोसीले गोल गर्दै कोलम्बसलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर, मियामीलाई दुई गोलको अग्रता लिन धेरै समय लागेन । त्यसको दुई मिनेटपछि नै सुआरेजले हेडरमार्फत गोल गर्दै मियामीको अग्रता ३–१ मा पु¥याए ।

६१औं मिनेटमा जुआन हर्नान्डेजले पेनाल्टीमा गोल गर्दै कोलम्बसलाई ३–२ को स्थितिमा ल्याए । तर, ६३ औं मिनेटमा रुडी कामाचो दोस्रो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि कोलम्बस १० खेलाडीमा सिमित भयो ।

तर, त्यसले कोलम्बसलाई केही फरक परेन । कोलम्बसले अझै पनि स्ट्रेचमा केही ठूला अवसरहरू सिर्जना गरेको थियो । तर, गोल भने थप्न सकेन । यता युरोपेली च्याम्पियन्स लिग फुटबलमा रियल म्याड्रिड फ्रेन्च क्लब लिलेसँग पराजित भएको छ ।

गएराति सम्पन्न खेलमा लिलेले रियल म्याड्रिडलाई १–० गोल अन्तरले पराजित गरेको हो । लिलेको जीतमा जोनाथन डेभिडले खेलको पहिलो हाफको इन्जुरी समयमा पेनाल्टी मार्फत् गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

लिलेले यस सिजनमा दोस्रो खेलमा पहिलो जीत हासिल गरेको छ । लिलेले २ खेलमा ३ अङ्क हासिल गरेको छ । रियल म्याड्रिडको पनि २ खेलमा ३ अङ्क रहेको छ । यस्तै गएराति नै भएको अर्को खेलमा एस्टन भिल्लाले बायर्न म्युनिखलाई १–० गोलले नै पराजित ग¥यो ।

एस्टनको जीतमा जे डुरानले खेलको ७९औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जीतपछि दुई खेलमा अपराजित भिल्ला ६ अङ्कसहित तालिकाको छैठौँ स्थानमा छ । यस्तै अर्को खेलमा पोर्चुगिच क्लब बेन्फिकाले एट्लेटिको मड्रिडविरुद्ध सहज जित हात पारेको छ ।

घरेलु टोलीले भ्रमणाकारी स्पेनिस टोलीमाथि ४–० को सजिलो जित हात पारेको हो । लगातार दोस्रो जितसँगै ६ अंक पु¥याएको बेन्फिका तालिकामा तेस्रो स्थानमा छ । एट्लेटिको भने यो पहिलो हार हो ।

दुई खेलबाट तीन अंक जोडेको एट्लेटिको २३औं स्थानमा छ । यस्तै १० खेलाडीमा समेटिएको युभेन्ट्सले आरबी लाइजपजिगविरुद्ध कठिन जित हात पारेको छ । रेड बुल एरेनामा बुधबार राति भएको खेलमा भ्रमणकारी टोली युभेन्ट्सले घरेलु टोलीमाथि ३–२ को जित निकालेको हो।

जितसँगै दुई खेलमा ६ अंक पु¥याएको सिरी ए क्लब युभेन्ट्स सातौं स्थानमा उक्लिएको छ । दुवै खेलमा पराजित जर्मन क्लब लाइपजिग अंकविहीन रहँदै २९औं स्थानमा यथावत छ ।

लिभरपुलले भने च्याम्पियन्स लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ । एनफिल्डमा बुधबार राति भएको खेलमा घरेलु टोलीले सिरी ए क्लब बोलोग्रालाई २–० ले पराजित गरेको हो ।

जितसँगै ६ अंक पु¥याएको लिभरपुल पाँचौं स्थानमा छ । भ्रमणकारी टोली भने एक अंकका साथ २६औं स्थानमा यथावत छ । लिभरपुलका लागि म्याक एलिस्टर र मोहम्मद सलाहले गोल गरेका थिए ।

एलिस्टरले ११ र सलाहले ६५औं मिनेटमा गोल गरेका हुन् ।

Advertisement

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top