रेमिट्यान्स भित्र्याउने देशमा नेपाल विश्वकै नम्बर १

१६ असोज ८१, बिहीबार

१७ असोज , काठमाण्डौ ।
आर्थिक समृद्धि र विकास अनि सुखी नेपाली र समृद्ध नेपालको नारा बोकेको हाम्रो देश नेपाल एक पटक फेरि रेमिट्यान्सले धानेको मुलुकका रुपमा प्रमाणित भएको छ । यसका साथै रेमिट्यान्स भित्र्याउने मुलुकमध्ये नेपाल विश्वकै सबैभन्दा शीर्ष स्थानमा रहेर रेकर्ड समेत राखेको छ ।

विश्व बैंकको बुधबार सार्वजनिक ‘नेपाल डेभलपमेन्ट अपडेटः अन्तर्राष्ट्रिय आप्रवासन र नेपालमा यसको प्रभाव’ विषयक प्रतिवेदनमा भनिएको छ, ‘नेपालको व्यक्तिगत रेमिट्यान्स जीडीपी अनुपात संसारकै उच्च छ ।

नेपालमा रेमिट्यान्स आप्रवाह कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को एक चौथाइभन्दा बढी छ।’ जबकि यो दक्षिण एसियाको दोस्रो सबैभन्दा धेरै रेमिट्यान्स प्राप्त गर्ने देश पाकिस्तानको तुलनामा झन्डै तीन गुणा बढी हो ।

Advertisement

जहाँ जीडीपीको अनुपातमा रेमिट्यान्स ७.८ प्रतिशत छ । नेपालमा रेमिट्यान्स बढेकै कारण विदेशी विनिमयको बलियो आधार बनेको प्रतिवेदनमा उल्लेख छ । अझ पछिल्लो समय आधिकारिक रेमिट्यान्स आप्रवाह ९ वर्षकै उच्च बिन्दुमा पुगेको छ ।

रेमिट्यान्सको आकार बढेकाले नै नेपालको गरिबी न्यूनीकरणमा सहयोग पुगेको प्रतिवेदनले औंल्याएको छ । तथ्यांकअनुसार सन् २०११ देखि २०२३ को बीचमा व्यक्तिगत रेमिट्यान्स कै कारण ३० प्रतिशतभन्दा बढी गरिबी घटाउन सहयोग गरेको छ ।

प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले नेपालले विदेशी कामदारहरूबाट रेमिट्यान्सबाट धेरै फाइदा हासिल गरेकोबारे प्रशंसा गरे ।

उनी भन्छन्, ‘यी प्रवाहहरूको व्यवस्थापनमा सुधार, विदेशमा काम खोज्ने नेपालीलाई राम्रोसँग सहयोग गर्न र नेपालमा दक्ष नेपालीहरूलाई उत्पादनशील बनाउन वातावरण सिर्जना गर्ने जीवन्त घरेलु अर्थतन्त्रको निर्माण नेपालको भविष्यको लागि महत्त्वपूर्ण छ।’

यसैबीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुंगानाले विभिन्न मुलुकमा गएका नेपालीले पठाएको रेमिट्यान्सको उपयोगिता बढाउन प्रारम्भिक, मध्यकालीन र दीर्घकालीन योजना बनाएको जानकारी दिएकी छन् ।

‘मेकिङ द मस्ट अफ इन्टरनेसनल माइग्रेसन इन् नेपाल’ विषयक प्यानल छलफलमा बोल्दै डा. ढुंगाना भन्छिन्, ‘मुलुकमा औपचारिक प्रणालीबाट रेमिट्यान्स भित्र्याउन प्रोत्साहन गरिएको छ ।

रेमिट्यान्स खातावालालाई मुद्दती निक्षेपमा राख्दा थप १ प्रतिशत बिन्दु ब्याजदरको व्यवस्था छ । यससँगै रेमिट्यान्स उत्पादनमूलक क्षेत्रमा जाओस् भन्नेमै केन्द्रित छौं।’ चालू आर्थिक वर्ष ०८१÷८२ को पहिलो महिनामा मात्रै एक खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढी हो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको संख्या ३६ हजार नौ सय २८ जना र पुनः श्रम स्वीकृति लिनेको संख्या २२ हजार ६ सय ४७ पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा नयाँ स्वीकृति लिनेको संख्या ३९ हजार एक सय ५२ र पुनः स्वीकृति लिनेको संख्या १६ हजार चार सय २३ थियो। वैदेशिक रोजगारीका लागि संस्थागत रूपमा १११ र व्यक्तिगत रूपमा १७८ देशमा जान सकिने व्यवस्था छ ।

द्वन्द्वग्रस्त रुस, युक्रेनदेखि आन्तरिक युद्धले ग्रसित सिरिया, सोमालिया, सुडानलगायत देशमा पनि नेपाली श्रमिकहरु पुगेका छन्  । वैदेशिक रोजगारीमा गएका नेपाली युवामध्ये ६५ प्रतिशत युवा खाडीका विभिन्न मुलुक र मलेसियामा गएका छन्  ।

वैदेशिक रोजगार विभागको विगत १० वर्षको तथ्यांकअनुसार खाडी र मलेसियामा मात्रै ३५ लाखभन्दा बढी नेपाली युवा गएका छन् । रोजगारीका लागि नेपाली श्रमिकहरू अफ्रिकाका विभिन्न मुलुकसमेत पुग्ने गरेका छन् ।

सुडान, कंगो, लिबिया, नैरोबी, तान्जानिया, रुवान्डा, युगाण्डालगायतका मुलुकका बैंक, सेक्युरिटी, रेष्टुरेन्टलगायका क्षेत्रमा पनि नेपाली श्रमिक रहेका छन् । नेपाली महिला श्रमिक अवैध बाटो हुँदै अफ्रिकी देशहरू पुग्ने गरेका छन्  ।

यस्तै सरकारले नेपाली श्रमिकलाई इराक जान बन्देज लगाएको छ । तर, अवैधानिक बाटो हुँदै इराक पुगेका नेपाली श्रमिकको संख्या पनि धेरै छ । इराकमा अहिले करिब २० हजार नेपाली रहेको गैरआवासीय नेपाली संघ इराकले जनाएको छ ।

यसरी विदेश पुगेका नेपालीहरुले पठाएको रेमिट्यान्सले नै आर्थिक समृद्धि र विकासको नारा बोकेको नेपालको अर्थतन्त्र चलिरहेको छ भने रेमिट्यान्स भित्र्याउने आधारमा नै नेपाल विश्वको नम्बर १ बनेको छ ।

सबैभन्दा बढी रेमिट्यान्स भित्राउने मुलुकमा नेपाल शीर्ष स्थानमा रहँदा नेपालबाट समेत रेमिट्यान्स बाहिरिने गरेको एक तथ्याङकले देखाएको छ । सन् २०१७ मा अमेरिकाको वासिङ्टनस्थित अनुसन्धान संस्था पियू रिसर्च सेन्टरले गरेको अध्ययनअनुसार नेपालबाट विभिन्न मुलुकले तीन अर्ब २२ करोड ६० लाख अमेरिकी डलर रेमिट्यान्स लैजाने गरेको देखाएको थियो ।

अर्थात्, नेपालबाट सो वर्ष करिब तीन खर्ब ९० अर्ब रुपैयाँ रेमिट्यान्सका रुपमा बाहिरिएको थियो । नेपालबाट धेरै रेमिट्यान्स लैजानेमा दक्षिण एसियाली मुलुकअघि छन् । चीन पनि नेपालबाट धेरै रेमिट्यान्स लैजाने मुलुकको सूचीको अग्रस्थानमा छ ।

यो अध्ययनले भारत, चीन, भुटान, पाकिस्तान, श्रीलंका, र बंगलादेशका लागि नेपाल रेमिट्यान्सको स्रोत मुलुक भएको देखाएको थियो । अध्ययनअनुसार नेपालबाट सबैभन्दा धेरै रेमिट्यान्स भारतले लैजान्छ ।

सन् २०१७ मा नेपालबाट भारतमा तीन अर्ब एक करोड ६० लाख अमेरिकी डलर (तीन खर्ब ६३ अर्ब रुपैयाँ) रेमिट्यान्स गएको थियो । अध्ययन भएकै वर्ष भारतबाट नेपालमा एक अर्ब दुई करोड १० लाख अमेरिकी डलर अर्थात् करिब एक खर्ब २३ अर्ब रुपैयाँको रेमिट्यान्स नेपाल आएको थियो ।

यस तथ्यलाई आधार मानेर हेर्दा भारतबाट आउनेभन्दा नेपालबाट भारत जाने रेमिट्यान्स करिब दुई गुणा बढी रहेको देखिन्छ । नेपालबाट चीनले पनि ठूलो रकम रेमिट्यान्सका रुपमा लैजान्छ ।

नेपालबाट चीनले सन् २०१७ मा १३ करोड ९० लाख अमेरिकी डलर अर्थात् १५ अर्ब ७९ करोड बराबरको रेमिट्यान्स आफ्नो मुलुकमा लगेको तथ्यांकमा देखिन्छ । अध्ययन भएको वर्ष नेपालबाट भुटानले तीन करोड ५० लाख अमेरिकी डलर अर्थात् चार अर्ब २२ करोड रुपैयाँ बराबरको रेमिट्यान्स लगेको थियो ।

सो वर्ष पाकिस्तानमा तीन करोड ३० लाख अमेरिकी डलर अर्थात् करिब तीन अर्ब ९८ करोड रुपैयाँ, श्रीलंकामा २० लाख अमेरिकी डलर अर्थात् २४ करोड रुपैयाँ र बंगलादेशले १० लाख अमेरिकी डलर अर्थात् १२ करोड रेमिट्यान्स नेपालबाट गएको थियो ।

अध्ययन भएको वर्ष बंगलादेशबाट छ करोड ४० लाख अमेरिकी डलर अर्थात् करिब सात अर्ब ७२ करोड रुपैयाँ र भुटानबाट १० लाख अमेरिकी डलर अर्थात् १२ करोड रुपैयाँ बराबरको रकम नेपालमा रेमिट्यान्सको रुपमा आएको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top