क्यानडा भ्रमणमा नेपालको उपलब्धि शुन्य, अमेरिकामा के होला ?

१८ असोज ८१, शुक्रबार
Share this
730shares

१८ असोज , काठमाण्डौ ।
नेपाल समेत सम्मिलित त्रिकोणात्मक टि–२० आई सिरिजको उपाधि घरेलु टोली क्यानडाले जितेको छ । गएराति भएको लिगको अन्तिम खेलमा क्यानडा, ओमानलाई ५ विकेटले पराजित गर्दै तालिकाको शीर्ष स्थानमा रहँदै च्याम्पियन बनेको हो ।

Advertisement

किङ सिटीमा क्यानडाले टस जितेर फिल्डिङ रोजेको थियो । ओमान १९ ओभर चार वलमा ८२ रनमा अल आउट भयो । अखिल कुमार र प्रभिन कुमारले उत्कृष्ट बलिङ गरेपछि ओमानको ब्याटिङ धरासायी बनेको थियो ।

कप्तान आकिब इलियासले ३५ र सकिल अहमदले १८ रन बनाउनु बाहेक अरु कसैले पनि दोहोरो अंक जोड्न सकेनन् । चार खेलाडीले खाता खोल्न सकेनन् । अखिल र प्रभिनले तीन÷तीन विकेट लिए ।

Advertisement

हर्ष ठाकरले दुई र साद बिन जफरले एक विकेट हात पारे । जवाफमा क्यानडाले ३५ वल बाँकी हुँदा पाँच विकेटको क्षतीमा लक्ष्य पुरा गरेको थियो । हर्षले १८, नभनित धालिवालले ११, दिलप्रित बाजबाले १४ र कप्तान निकलस क्रितनले २० रनको योगदान गरे ।

कलिमुल्लाह र आकिबले दुई÷दुई विकेट लिएपनि जीतका लागि पर्याप्त भएन् । क्यानडा चार खेलमा ६ अंक जोड्दै रहँदै विजेता बनेको हो । उसले नेपाललाई पहिलो खेलमा १४ रन र दोस्रो खेलमा ४ विकेटले पराजित गरेको थियो ।

Advertisement

पहिलो खेलमा भने ओमान ८ विकेटले विजयी भएको थियो । नेपाल चार खेलबाट चार अंक सहित दोस्रो स्थानमा रह्यो । टि–२० आई सिरिज अघि भएको लिग टु मा पनि क्यानडाले चार खेलमा शत प्रतिशत नतिजा निकालेको थियो ।

क्यानडा भ्रमणमा कुनै पनि खेलमा नेपालले क्यानडालाई पराजित गर्न सकेन् । अब नेपाल अमेरिका प्रस्थान गर्नेछ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र अमेरिकाबीच हुने त्रिकोणात्मक एकदिवसीय सिरिजअघि टी–२० सिरिज हुने भएको छ।

क्रिकेट युएसएका अनुसार नेपाल र अमेरिकाले टेक्सासको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट मैदानमा टी–२० सिरिज खेल्नेछन् । नेपाल र अमेरिकाबीच १७, १९ र २० अक्टोबर (कात्तिक १, ३ र ४ गते ) टी–२० सिरिज हुन लागेको हो।

त्यसपछि नेपाल, स्कटल्यान्ड र अमेरिकाबीच ग्रान्ड प्रिएरीमै आइसिसी विश्वकप लिग–२ अन्तर्गतका खेल हुनेछन्। यसअघि लिग–२ का खेल ह्युस्टनमा हुने भनिए पनि खेल डालासको ग्रान्ड प्रिएरीमा हुन भएको हो।

लिग–२ म नेपालले अमेरिकासँग २७ अक्टोबर र २ नोभेम्बर (कात्तिक ११ र १७ गते) तथा स्कटल्यान्डसँग २९ अक्टोबर र ४ नोभेम्बरमा (कात्तिक १३ र १९ गते) खेल्नेछ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र ओमानविरूद्ध घरेलु मैदानमा खेलिएको त्रिकोणात्मक एकदिवसीय सिरिजमा क्यानडाले चारै खेल जित्यो ।

घरेलु मैदानमा चार खेलमा विजयी भएसँगै यहि संस्करणदेखि लिग–२ मा बढुवा भएको क्यानडा अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सिरिजमा क्यानडाले नेपाल र ओमानविरूद्धका दुवै खेल जितेको थियो।

सिरिजमा नेपालले भने क्यानडासँगको दुवै खेलसहित ओमानसँग एक खेल गुमाएको थियो। ओमानविरुद्ध नेपालको अन्तिम खेल भने वर्षाले अवरूद्ध भएको थियो। लिग–२ का तीन सिरिजका १२ खेल खेलेको क्यानडाले ८ खेलमा जित निकालिसकेको छ।

अंक तालिकाको शीर्ष टोली बन्दा उसले ८ खेल जित र ४ हार ब्यहोर्दै १६ अंक जोडेको छ। यता नामिबियामा भएको सिरिजका चारै खेल जितेको अमेरिका पनि अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ। अमेरिकाले ८ खेलमा ६ जित निकाल्दै १२ अंक जोडेको छ।

अमेरिकासँग समान अंक भएको नेदरल्यान्ड्स अंक तालिकाको तेस्रो स्थानमा रहेको छ। नामिबिया १२ खेलबाट १० अंक जोड्दै चौथो स्थानमा छ। उसले १२ मध्ये ५ खेलमा जित र ७ खेलमा हार ब्यहोरेको छ।

यता स्कटल्यान्ड ७ खेलबाट ९ अंक जोड्दै पाँचौ स्थानमा छ भने ओमान ८ खेलबाट ६ अंक बटुल्दै छैटौं स्थानमा छ। नेपाल अंक तालिकाको सातौं स्थानमा छ। नेपालले ८ खेलमा १ खेल मात्र जित निकालेको छ।

१ खेल वर्षाले अवरूद्ध हुँदा नेपालले एक अंक पाएको थियो। नेपालले ३ अंक मात्र जोड्न सकेको छ। नेपाल ६ खेलमा त पराजित भइसकेको छ । अंक तालिकाको पुछारमा रहेको युएईको ७ खेलबाट २ अंक छ । नेपालले विश्वकपमा छनोट हुन्का लागि अब चमत्कारिक खेल खेल्नु पर्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top