×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026
Playing
नेपालमा कति छ युरेनियम ?कसले लगायो बक्रदृष्टि? बालेन सरकारसँग मागियो जवाफ || Nepal Times
Apr 17, 2026

के चोभारको गल्छी मन्जुश्रीले पहाड काटेरै बनाएका हुन् त ?

१८ आश्विन २०८१

१८ असोज ,काठमाण्डौ।

काठमाडौ उपत्यकाको पानीको निकास हुने एकमात्र ठाउँ हो चोभार । यो काठमाडौं उपत्यकाको एक पर्यटकीय स्थल पनि हो। यस स्थानको अर्को नाम भूतखेल पनि हो । काठमाडौं उपत्यकाको पानी निकास हुने एक मात्र स्थान चोभार गल्छी प्राबिधिक कारण थुनियो मात्र भने काठमाडौंको हालत के होला ?

Advertisement
Advertisement

यो पछिल्लो तीन दिनको अविरल वर्षापछि जनमानसमा उठेको मुख्य प्रश्न हो । अविरलवर्षापछिको बाढीका कारण काठमाडौं ललितपुर जलमग्न भए । ठूलो मानवीय क्षति नै काठमाडौं उपत्यकावासीले भोग्नु पर्याे। बाढीले जताततै जलमग्न भएपछि धेरैले टिप्पणी गरे काठमाडौंका प्राकृतिक रुपमा बगेका खोला तथा नदी नालाहरुलाई संकुचित गर्दै सामान्य कुलो जस्तो स्वरुपमा पुर्याइएपछि यो अवस्था आइपर्याे ।

कीर्तिमानी रुपमा परेको वर्षापछि नहुनु प्राकृतिक विपद् आईसक्यो तर आगामी दिन फेरि यस्तो विपद् नआउला भन्न सकिन्न् । यदि भोलिका दिनमा काठमाडौंले फेरि अहिलेकै अवस्था जस्तो प्राकृतिक विपद्को सामना गर्नुपर्याे र त्यो अवस्थामा काठमाडौंको पानीको एक प्रमुख निकाश चोभारको गल्छी अबरुद्ध भयो भने त्याहाको अवस्था के होला ?यसको ध्यानाकर्षण गराएका छन्,राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रले ।

बाघद्बारदेखि सुरु भएको बागमती नदीको काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य खण्ड चोभारको गल्छी हो। अहिले चोभार कीर्तिपुर नगरपालिकामा पर्छ। यहाँ हिमाल सिमेन्ट कारखाना खुलेको थियो। तर अहिले बन्द छ।

एसियाका लामा गुफामध्येको एक मञ्जुश्री गुफा त्याहा रहेको छ। चोभार क्षेत्रबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको अवलोकन गर्न समेत सकिन्छ। किम्बदन्ती अनुसार,काठमाडौं उपत्यकामा पानी जमेको थियो।

मन्जुश्रीले तरवारले पहाड काटेर पानी सुकाए त्यसपछि उपत्यकामा वस्ती वस्न योग्य भएको हो भन्ने भनाइ छ। शुरूमा काठमाडौं उपत्यका ठूलो दहको रूपमा रहेको र चोभारको गल्छी काटेर पानी बगेपछि यहाँ मानव बस्ती बसाल्ने काम बोधिसत्व मञ्जुश्रीबाट भएको विश्वास काठमाडौंका बौद्ध धर्मावलम्बीहरूको छ ।

यो विश्वासको आधार स्थानीय ‘स्वयम्भूपुराण’ हो । भौगर्भिक अध्ययन अनुसार पनि काठमाडौं उपत्यका शुरूमा ठूलो तलाउ थियो र प्राकृतिक प्रक्रिया अनुसार लामो समयपछि पानीले निकास पाएको हो ।

यसलाई बौद्ध धर्मावलम्बीहरूबीच मञ्जुश्री र हिन्दूहरूबीच कृष्णसँग जोडेर कथा रचना भएको छ । अर्काे तर्फ चीनबाट आएका मञ्जुश्रीले काठमाडौंमा बस्ती बसाइ फेरि चीन नै फर्किए भन्ने जनविश्वास पनि स्थानीय बौद्ध धर्मावलम्बीहरूमा रहेको छ ।

अहिले काठमाण्डौ उपत्यका भनिए तापनि यो ठाउँ केहि समय अघिसम्म पनि नेपाल–खाल्डो कै रूपमा परिचित थियो । यसको उत्पतिको इतिहास नै नेपालको उत्पतिको इतिहास हो ।

प्राचीन नेपालका शासक गोपालबंशकै निरन्तरता मानिने गोपालीहरूको मान्यतामा कृष्णको सुदर्शन चक्रले चोभारको गल्छी खोलेर यो खाल्डोको पानी बाहिर फालेको र त्यसपछाडि तिनले गोपालहरूलाई त्यो उपत्यका हस्तान्तरण गरेर गएको धारणा रहेको छ ।

त्यसो दावी रहेता पनि महाभारतकालका कुनै पनि ग्रन्थमा यो दावी उल्लेख नभएको हुँदा त्यो दावीलाई भरपर्दो मान्न नसकिने दाबीहरु समेत पाइन्छन् ।मञ्जुश्रीकै बारेमा पनि परस्परबिरोधि दावीहरु यथेष्ट छन ।

कसैले मञ्जुश्रीलाई बिक्रमशीला महाविहार (हाल बङ्गाल) मा दिक्षित बौद्ध विद्वान मान्दछन भने कसैले मञ्जुश्री महाचिनियाँ बिख्यात बिद्वान वेन शु पु शा हिमाल पारीका इलाकाको भ्रमण गर्दै नेपाल पुगेका हुन भनी मान्दछन ।

जापानी सहयोगमा गरिएको भुगर्व अध्ययनले पनि उपत्यकाको पानी एकैपल्ट बाहिर निस्केको नभइ पटक पटक गरी निस्केको हुनु पर्ने अनुमान गरेको छ । पानी बाहिर निस्कन प्राकृतिक रूपमा नै चुनढुंगालाई पानीको बहावले काट्दै गल्छी गहिरिदै जाने प्रक्रिया अनुरुप भएको बैज्ञानिक विश्वास छ ।

तर यो प्रक्रिया निकै लामो समय लाग्ने प्रक्रिया हो । यस्तो प्रक्रिया सहि हो भने कम्तिमा पनि १ लाख वर्ष अगाडि देखि नै पानी बाहिर जाने क्रम शुरु भएको हुन सक्छ । भुगर्भविदहरूको बुझाइ अनुसार यदि सम्पूर्ण उपत्यका नै पानीमुनि रहेको हो भने त्यो ३० हजार वर्ष भन्दा अगाडिको हुनुपर्दछ ।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top