NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने सोमवार असार १६ , २०८२
पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम सोमवार असार १६ , २०८२
धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ? सोमवार असार १६ , २०८२
हवाई नीति २०८२ः ’गेम चेन्जर’ कि राष्ट्रिय स्वार्थ बेच्ने ’दुईधारे तरबार’? सोमवार असार १६ , २०८२
बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द सोमवार असार १६ , २०८२
Next
Prev

समाचार

इजरेलले इरानी तेल ठेगानामा हमला गर्छ ? के भन्छन् बाइडेन ?

शुक्रबार अशोज १८ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
इजरेलले इरानी तेल ठेगानामा हमला गर्छ ? के भन्छन् बाइडेन ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

१८ असोज , विराटनगर।

हालै इरानले इजरायलमा सयौं मिसाइलहरुले हमला गरेपछि अब सबैको ध्यान इजरायलले कस्तो जवाफ फर्काउँछ भन्नेमा केन्द्रित छ । किनभने इजरायली प्रधानमन्त्रीले इरानले यसको मूल्य अवस्य चुकाउने छ भनिसकेका छन् ।

यता इरानी राष्ट्रपति र सर्वोच्च नेताले पनि इजरायलले थप युद्धका बारेमा सोचे आफूहरु तयार अवस्थामा बसेको चेतावनी दिइरहेका छन् । यस्तोमा अब इजरायलको हितेषी अमेरिका के चाहान्छ भन्नेमा धेरैको चासो छ ।

यही चासोलाई समेट्दै पत्रकारहरुले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई प्रश्न पनि सोधेका छन् । तर बाइडेनले सार्वजनिकरुपमा यसको जवाफ दिन अस्वीकार गरेका छन् । विशेषगरी बाइडेनलाई के इजरायललाई इरानका तेलका ठेगानाहरुमा आक्रमण नगर्न अपिल गरिएको छ भनेर सोधिएको थियो ।

यसमा उनले सार्वजनिकरुपमा कुरा नगर्ने बताएका हुन् ।गएको मंगलवार जब इरानले इजरायलमा हमला गर्यो त्यतिबेला इजरायलले त यसको बदला लिने बतायो नै अमेरिकाले पनि इरानले यसको गम्भीर परिणाम भोग्नुपर्ने भन्यो र आफू इजरायलको साथमा रहेको दोहोर्यायो ।

यसबीच बाइडेनले आफ्नो हालैको बयानमा भनेका थिए, कि इजरायलले इरानको तेल ठेगानाहरुमा हमला गर्नसक्छ । र यसलाई लिएर अमेरिकाले इजरायलसंग छलफल गरिरहेको पनि बताएका थिए ।

बाइडेनले इजरायलमाथि तेहरानको मिसाइल आक्रमणको प्रतिशोधमा इरानी तेल साइटहरूमा सम्भावित इजरायली आक्रमणहरूबारे ‘छलफल गरिरहेको’ बताएका थिए । यद्यपि पछि अमेरिकी सरकारका एक अधिकारीले इजरायलले अहिलेसम्म इरानमा जवाफी हमलाका बारेमा अन्तिम फैसला गरिनसकेको स्पष्ट पारेका थिए ।

यसअघि जो बाइडेनले पनि आफ्नो एक बयानमा भनेका थिए, कि अमेरिकाले इरानको परमाणु ठेगानाहरुमा इजरायली हमलाको समर्थन गर्दैन । तर जब उनीसंग सोधियो कि इरानी तेल ठेगानाहरुमा हमला गर्यो भने त त्यसले विश्वस्तरमा पर तेलको मूल्यमा बृद्धि हुनसक्छ, यसको जवाफमा बाइडेनले भने, यदी कुनै तूफान आउँछ भने त मूल्य त बढ्छ नै । मलाई यसबारेमा थाहा छैन र कसैलाई पनि थाहा छैन ।

बाइडेनले सिधा जवाफ नदिए पनि मध्यपूर्वमा बढ्दो द्वन्द्वको आशङ्काप्रति अहिले नै लगानीकर्ताहरूको प्रतिक्रियास्वरूप तेलको मूल्य वृद्धि भएको छ । यस्तै प्रमुख सेयर बजारमा गिरावट आएको छ । र यसको एक प्रमुख कारण पनि उनकै यसअघिको बयान हो ।

इजरायलले इरानको तेल ठेगाना र परमाणु ठेगानालक्षित आक्रमण गर्नसक्ने आशंकाहरु गरिरहँदा अर्को परमाणु समेत रहेको उत्तर कोरियाले पनि यसबीच धम्की दिएको छ । पश्चिम एशियामा युद्धको आगो लगातार भड्किरहेका बेला उत्तर कोरियाले यस्तो धम्की दिएको छ कि १० हजार किलोमिटर पर रहेको अमेरिकाको पनि धड्कन बढेको छ।

किम जोंग उनले अमेरिका र दक्षिण कोरियालाई न्यूक्लियर हमलाको ठाडै धम्की दिएका छन् । यसैपनि दुई कोरियाबीच जस्तो प्रकारको दुश्मनी छ त्यहाँ कुनै पनि बेला युद्ध भड्किन सक्ने स्थिति छ । यस्तोमा किमको धम्कीले खास अर्थ पनि राखेको छ ।

किम जोंग उनले धम्की दिएका छन् कि यदि उत्तर कोरियालाई उक्साइयो भने वा हमला गरियो भने उनले परमाणु हतियारहरुको प्रयोग गर्नेछन् र दक्षिण कोरियाको मानचित्र नै मिटाइ दिनेछन् ।

यसअघि भने दक्षिण कोरियाका नेताले चेतावनी दिएका थिए कि यदि किम जोंग उनले परमाणु हतियारहरुको उपयोग गर्ने प्रयास गरेभने उनको शासनको अन्त्य गरिदिइने छ । र यसकै जवाफमा किमले पनि दक्षिण कोरियालाई सो चेतावनी दिएका हुन् ।

उनले भनेका छन् यदी उत्तर कोरियामा दक्षिण कोरिया वा उसकोे सहयोगी अमेरिकाले हमला गर्यो भने उनको सेनाले बिना कुनै हिचकिचाहट परमाणु हतियारहरुको प्रयोग गर्नेछ । यद्यपि दुवै देशका नेताहरुबीचमा यस्तो बयानबाजी नयाँ भने होइन ।

तर किमको यो हालैको चेतावनी उत्तर कोरियाद्वारा हालै परमाणु केंद्रको खुलासा र मिसाइल परीक्षणहरु जारी राख्नेका कारण बढिरहेकोे तनावका बीच आएको हो । उत्तर कोरियाको सरकारी समाचार समिति ‘कोरियन सेंट्रल न्यूज एजेंसी’ (केसीएनए)का अनुसार, किम जोंग उनले बुधवार विशेष अभियान बलको एक इकाईको भ्रमण गरेका थिए।

सो दौरान उनले भने कि यदी दक्षिण कोरियाले उनको देशको संप्रभुतालाई अतिक्रमण गर्नका लागि सशस्त्र बलहरुको प्रयोग गर्ने प्रयास गर्छ भने उनको सेनाले पनि बिना कुनै हिचकिचाहट आफूसंग रहेको परमाणु हतियारसहित सबै आक्रामक हतियारहरुको प्रयोग गर्नेछ ।

यदी यस्तो स्थिति आयो भने त दक्षिण कोरियाको अस्तित्व नै मिट्ने पनि उनले बताएका हुन् । किमको यो बयान दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलले मंगलवार आफ्नो देशका सशस्त्र सेना दिवसमा दिएको भाषणको जवाफ थियो ।

उत्तर कोरियालाई निशाना बनाउन सक्षम दक्षिण कोरियाको सबैभन्दा शक्तिशाली ह्यूनमू–५ ब्यालेस्टिक मिसाइल र अन्य पारम्पारिक हतियारहरुको अनावरण गर्दै यूनले भनेका थिए, जुन दिन उनको छिमेकी देशले परमाणु हतियारहरुको प्रयोग गर्ने कोशिश गर्छ त्यसैदिन किम सरकारको अन्त्य हुनेछ ।

किनभने किमले दक्षिण कोरियाई–अमेरिकी गठबंधनको दृढ र भारी विरोधको सामना गर्नुपर्ने छ । उत्तर कोरियाको यो चेतावनीका बीच पश्चिम एसियामा युद्धको ज्वालाले आफ्नो क्षेत्र विस्तार गरिरहेका बेला उता अमेरिका र बेलायत जस्ता देश पनि आगोमा घ्यु हाल्न कुनै कसर बाँकी राखेका छैनन ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले छिटै नै मिडिल ईस्टमा अमेरिकाको कुल सैनिकहरुको संख्या ४३ हजारसम्म पुर्याउन आदेश दिएका छन् । अहिले नै यो क्षेत्रमा अलग–अलग देशहरुमा ४० हजार अमेरिकी सैनिक रहेका छन् ।

इरानसंग तनाव बढेसंगै आउने दिनहरुमा नयाँ लडाई सुरु हुने खतरा बढेको छ । यसैकारण अमेरिकाले अतिरिक्त तीन हजार सैनिक मिडिल–ईस्टमा पठाउने घोषणा गरेका हुन्। सामान्य अवस्थामा पनि मिडिल–ईस्टमा अमेरिकाका करीब ३४ हजार सैनिकहरुको तैनाती रहने गरेकै छ ।

गत वर्ष गाजामा इजरायलको एक्शनपछि केही समयका लागि यसलाई बढाएर करीब ५० हजारसम्म पनि पुर्याइएको थियो । यद्यपि, पछि यसलाई कम गरिएको थियो ।अब अमेरिकाका साथै नेटोमा उसको सबैभन्दा खास पार्टनर ब्रिटेनले पनि मिडिल–ईस्टमा आफ्नो सैना बढाउने घोषणा गरेको छ ।

साथै गत केही दिनहरुमा ब्रटेनबाट ७०० अतिरिक्त सैनिक पश्चिम–एशियामा पठाइएको थियो । मिडिल–ईस्टको देश साइप्रसमा ब्रिटेनको सैनिक स्टेशन नै राखिएको छ । यो देश ब्लाक सीमा रहेको छ । ईजरायलको साथमा ब्रिटेन पनि यो युद्धमा काँधमा काँध मिलाएर उभिएको छ ।

यता अहिलेसम्म खुलेर कसैको पक्षमा नदेखिएको भारतको सेना पनि मिडिल–ईस्टमा एकाएक तैनाथ भएको छ । यसले केही नबोले पनि धेरै कुराको संकेत गरेको छ । भारतीय नेभीका तीन जहाज अहिले इरानको पोर्टमा रहेका छन् ।

फारसको खाडीमा ट्रेनिंग मिशन अन्तर्गत मंगलवार नै भारतीय नौसैनिक जहाज– आईएनएस शार्दुल, आईएनएस तीर र आईसीजीएस भीरा इरानको बंदर अब्बास पुगेका छन् । भारतका यी नेभी शिपको स्वागत इरानी नौसेनाका जहाज जेरेहले गरेको थियो ।

यो कदम भारत र इरानबीच बढीरहेको नौसैनिक सहयोगका लागि भएको उसले बताएको छ । यी सबै घटनाक्रम र परिस्थितिलाई हेर्दा अब यो युद्धले कुन रुप लेला ? आफ्ना टिप्पणी पनि अवस्य व्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #नेपाल टाइम्स् ट्रेडिंग#परमाणु हमलाको धम्की#मध्यपूर्वमा युएस–युकेका सेना

लोकप्रीय

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२

विचार

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२

थप समाचार

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण
ताजा समाचार

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?
अन्तर्राष्ट्रिय

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे
ताजा समाचार

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२
नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै
ताजा समाचार

हवाई नीति २०८२ः ’गेम चेन्जर’ कि राष्ट्रिय स्वार्थ बेच्ने ’दुईधारे तरबार’?

सोमवार असार १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.