×

NEPAL TIMES UPDATES

Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026
Playing
Top 15 Afternoon News || Mar-07-2026 || Nepal Times
Mar 07, 2026
Playing
पुराना दलको पराजय: जनताको धैर्यको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवात || Nepal Times
Mar 07, 2026
Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026

बीपीमा फसेका गाडी चालकलाई उद्धार गर्न एक साता लाग्यो

२० आश्विन २०८१

२० असोज , काठमाण्डौ।

गत असोज ११, १२ गते अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण काठमाडौं उपत्याकाबाट तराई क्षेत्रमा जोड्ने बीपी राजमार्गको १२ किलोमिटर सडक भग्नावशेषमा परिणत भएपछि अलपत्र परेका गाडी र तिनका चालकहरुको एक सातापछि उद्धार गरिएको छ ।

वर्षापछि अवरुद्ध भकुण्डे–कानपुर–कोटतेमाल–पोखरी नारायणस्थान–मेच्छेपौवा सडक आजदेखि खुलेको छ । बाटो खुलेसँगै यातायातका साधन पनि सञ्चालन हुन थालेका छन्। यात्रुवाहक बसलाई पनि आजैदेखि सञ्चालन गर्न दिइएको तेमाल गाउँपालिका अध्यक्ष दलमान थोकरले बताएका छन् ।

तेमाल गाउँपालिकाको सक्रियतामा मेच्छेपौवाबाट मैनाजाङ–सिन्दुरेटार–मुक्पाटार हुँदै सुनकोसी पुल भएर रामेछापको सुनापति गाउँपालिकाको मध्यपहाडी लोकमार्ग जोड्ने सडक पनि सञ्चालन भएको उनले बताए ।

उक्त सडकमा हाललाई हलुका सवारीसाधन मात्र सञ्चालनको अनुमति स्थानीय प्रशासनले दिएको छ । बीपी राजमार्गका विभिन्न खण्डमा अलपत्र परेका सवारीसाधनलाई वैकल्पिक मार्गबाट गन्तव्यसम्म पु¥याउने प्रयास भइरहेको मंगलटारस्थित इलाका प्रहरी कार्यालयका प्रमुख कृष्ण गिरीले बताएका छन् ।

बीपी राजमार्गमा फसेका सवारीसाधनमध्ये १३ वटा वैकल्पिक बाटोबाट काठमाडौं पुगेका छन् । राजमार्गको रोशी गाउँपालिका–११, डम्फुपार्क तथा वडा नं ९ मंगलटारमा अलपत्र पाँच सयभन्दा बढी सवारीसाधनलाई आजदेखि वैकल्पिक मार्ग प्रयोग गरी गन्तव्यतर्फ पठाइने जानकारी पनि उनले दिएका छन् ।

यसअघि गएको शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै भौतिक पुर्वाधार मन्त्री देवेन्द्र दाहालले सडक सञ्जाल विच्छेद भएका कारण बीपी राजमार्गमा सयौँ सवारी साधनहरु फसेर बसेका र सवारी साधनका चालक र सहचालकहरु समेत अलपत्र परेका भन्दै सरकारले उनीहरुको उद्धारका लागि काम गरिरहेको बताएका थिए ।

उनले विपी राजमार्ग दशैँ अगाडी खुलाउन नसकिने निस्कर्ष सरकारको रहेको स्पष्ट पारेका छन् । उनले भनेका छन् , खोला बाटै डाइभर्सन खोल्ने हो । १२ किलोमिटर त नामो निसानै छैन बाटो नै बगाएको छ । भित्तो खनेर बाटो निकाल्दा पनि बगिहाल्ने रहेछ । दुई उपाय छन्, १२ किमी नै पुल बनाउने । बाटो बनायो लगिहाल्छ । तर त्यो भन्दा कम खर्चमा के गर्ने त भन्दा खोला तलबाट वाल उठाएर ल्याउनुपर्ने हुन्छ बाटो खन्नका लागि । त्यसको लागि त समय लाग्छ । त्यसअघि खोलामै पानीको बहाव कम भइसकेपछि पहिलो नम्बरमा ति गाडीहरुलाई उद्धार गर्ने ।

बैठकमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सचिव केशबकुमार शर्माले अवरुद्ध रहेका पाँच राजमार्गहरुमध्ये अरनिको राजमार्ग अन्तर्गतको लार्चा–कोदारी खण्ड, मध्यपहाडी राजमार्ग अन्तर्गतको दोलालघाट–राकथुम खण्ड, कान्ति राजपथ अन्तर्गतको घपेली–बगुवा खण्ड, मेची राजमार्ग अन्तर्गतको रमिते–फिदिम खण्डमा काम भइरहेकोले आजबाट पूर्णरुपमा खुल्ने बताएका छन् ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top