×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

शेयर बजारमा उछाल, ५६ अंकले बढ्यो नेप्से

२० आश्विन २०८१

२० असोज , काठमाण्डौ ।

आइतबार शेयर बजारमा पुनः रौनक फर्किएको छ । साताको कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५६.०९ अंकले बढेको छ । आज नेप्से २.१५ प्रतिशतले बढेर २६५३.५८ विन्दुमा पुगेको छ ।

Advertisement
Advertisement

आज शेयर बजारमा बेच्नेले मात्र दशैं अगाडि पैसा पाउने दिन भएकाले पनि आज शेयर बजार पनि बढेको छ । आज ६ अर्ब १३ करोड ८२ लाख ६ हजार रुपैयाँ बराबरको १ करोड ५० लाख ४६ हजार ७१० कित्ता शेयर किनबेच भएको छ ।

आज २१९ वटा कपनीको शेयर मूल्य बढेको छ भने २३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आइतबार प्रि–ओपन सेसनमा झिनो अंकले बढेर सुरु भएको बजार निरन्तर उकालो लगेको थियो ।

बजार खुलेको केही समय नेप्सेमा रातो देखिएको भए पनि त्यसपछि भने निरन्तर हरियाली नै छाएको थियो । अन्तमा बजार बन्द हुँदा भने नेप्से ५६ अंकले बढ्यो । नेप्से बढेसँगै सबै समूहमा पनि हरियाली छाएको छ ।

आज सबैभन्दा बढी फाइनान्स समूह ६.३० प्रतिशतले बढेर ३ हजार ३५५.२२ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम म्यूचुअल फण्ड समूह ०.१८ प्रतिशतले बढेर २०.६३ विन्दुमा पुगेको छ ।

Advertisement

त्यस्तै, वाणिज्य बैंक २.२० प्रतिशतले, विकास बैंक समूह २.२२ प्रतिशतले, होटल एण्ड टुरिजम १.७१ प्रतिशतले, हाइड्रोपावर २.७३ प्रतिशतले, लगानी १.९९ प्रतिशतले, जीवन बीमा १.३४ प्रतिशतले, उत्पादन तथा प्रशोधन ३.१२ प्रतिशतले, लघुवित्त १.४७ प्रतिशतले, निर्जीवन बीमा १.४९ प्रतिशतले, अन्य समूह १.६२ प्रतिशतले र ट्रेडिङ समूह ०.९० प्रतिशतले बढेको छ ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top