×

NEPAL TIMES UPDATES

Playing
श्रममन्त्रीलाई हटाउन र स्वास्थ्यमन्त्रीलाई सचेत गराउन रविको पत्र
Apr 09, 2026
Playing
परराष्ट्रमन्त्रीको ५दिने यात्राः जयशंकरसंगै अन्य समकक्षीहरुसंग ’साइडलाइन’ || Nepal Times
Apr 09, 2026
Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026
Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026
Playing
रवि र बालेनको निर्णयमा फरकःरविले खोलेको बाटोमा बालेनको तगारो|| Nepal Times
Apr 09, 2026
Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026
Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026

एनपिएलले नेपाली क्रिकेटरलाई बनाउने भो लखपति

२१ आश्विन २०८१

२१ असोज , काठमाण्डौ ।

विश्व क्रिकेटमा फ्रेन्चाई लिग क्रिकेटको लोकप्रियता लोभलाग्दो छ । यसको ज्वलन्त उदाहरणहो, भारतमा हुने इन्डियन प्रिमियर लिग (आइपिएल) । भारतीय क्रिकेट बोर्डले सन् २००८ देखि प्रत्येक वर्ष आयोजना गर्दै आएको आइपिएल विश्वको सर्वाधिक चर्चित लिग पनि हो ।

Advertisement

आइपिएलमात्र नभएर अस्ट्रेलियाको बिग ब्यास, वेस्ट इन्डिजको क्यारेबियन लिग, दक्षिण अफ्रिकाको रामस्लाम टी–ट्वान्टी च्यालेन्ज, बंगलादेशको बिपिएल, पाकिस्तानमा पिएसएल, श्रीलंकाको प्रिमियर लिग फ्रेन्चाई क्रिकेट लिगका केही उदाहरण हुन् ।

ती लिगआबद्ध क्लबहरूले खेलाडी खरिदमा ठूलो रकम खर्चिन्छन् । यसैलाई मध्यनजर गरेर नेपाल क्रिकेट संघ (क्यान) ले पनि यसपालि सोही प्रकृतिको फ्रेन्चाई क्रिकेट नेपाल प्रिमियर लिग (एनपिएल) को आयोजना गर्दै छ ।

एनपिएलको पहिलो संस्करण आगामी मङ्सिर १५ देखि पुस ६ गतेसम्म त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदै छ । उक्त प्रतियोगिता रोमाञ्चक बन्नेवाला छ । यसको पुष्टि, खेलाडीको अक्सनमा मापन गर्न सकिन्छ ।

फ्रेन्चाई क्रिकेट लिगको एउटा प्रमुख विशेषता क्रिकेटर बोलकबोल (अक्सन) बाट आआफ्नो टिममा भित्र्याउने पनि हो । सोही प्रावधानमार्फत एनपिएलमा सहभागी आठ टिमले आइतबार अक्सनबाट ८० खेलाडीहरूलाई आआफ्नो टिममा भित्र्याए ।

अब नेपालमा क्रिकेट पूर्णरूपमा व्यावसायिकीकरण हुँदै छ भन्ने एनपिएलको खेलाडी किनबेच (अक्सन) ले संकेत गरेको छ ।लुम्बिनी लायन्सले तीन क्रिकेटरलाई अधिकतम रकममा आफ्नो टिममा आबद्ध गरेको छ ।

लुम्बिनीले स्पिनर सूर्य तामाङ, अलराउन्डरद्वय विवेक यादव र सन्दीप जोराका लागि अधिकतम १५ लाख रुपियाँ खर्च ग¥यो । यसै गरी अलराउन्डर गुलसन झा, आरिफ सेख, स्पिनर ललित राजवंशी, साहब आलम, सागर ढकाल, शीर्ष क्रमका ब्याट्सम्यान अनिल शाह, भीम सार्की, लोकेश बम र बलिङ अलराउन्डर प्रितिस जिसी पनि १५ लाख रुपियाँमा बिक्री भए ।

लुम्बिनी किङ्सले सूर्य, विवेक र जोरालाई टिममा ल्याउन अधिकतम रकम खर्च गरेको हो । १० खेलाडी भित्र्याउन ९० लाख रुपैयाँको वालेट तोकिएकोमा लुम्बिनी लायन्सले ८४ लाख ७५ हजार रुपैयाँ खर्च गरेको छ।

उसले ए क्याटागोरीका तीन खेलाडी १५–१५ लाख रुपैयाँमा भित्र्याउँदा ४५ लाख खर्च गरेको थियो। सन्दीप लामिछाने मार्की खेलाडी रहेको विराटनगर किङ्सले लोकश र प्रतिशलाई सबैभन्दा धेरै मूल्य खर्चेर आफ्नो टिममा ल्यायो ।

गुलसन अधिकतम रकममा कर्णालीमा पुगे । साहब आलम र भीम सार्कीलाई काठमाडौँले विश्वास ग¥यो । ललित र अनिलले जनकपुरबाट अधिकतम रकम पाए । पोखरा एभेन्जर्सले सागर र सुदूरपश्चिम रोयल्सले आरिफका लागि ठुलो रकम खर्च गरे ।

नेपाली राष्ट्रिय टिमका प्रारम्भिक ब्याट्सम्यान अनिललाई खरिद गर्न सबै आठ टिमले अधिकतम रकमको बोली लगाएका थिए । अन्ततः लक्की ड्रमार्फत अनिललाई टिममा ल्याउनमा जनकपुर भाग्यशाली साबित भएको हो ।

गुलसन र लोकेशका लागि पनि सात टिमले अधिकतम बोली लगाएका थिए । गोलाप्रथामार्फत लोकेश विराटनगर र गुलसन कर्णालीमा पुगे । जनकपुरले लोकेश र लुम्बिनीले गुलसनमा बोली लगाएका थिएनन् । यसै गरी भीम, विवेक, सागर, साहब र ललितलाई पनि गोलाप्रथामार्फत नै अधिकतम रकममा बिक्री भए ।

पहिलो चरणमा विनोद भण्डारी, रसिद खान, कमलसिंह ऐरी, शरद भेषवाकर, अर्जुन साउद जस्ता खेलाडी बिक्री नहुनु आश्चर्यका रूपमा रह्यो । यद्यपि यी सबै खेलाडी दोस्रो चरणमा बिक्री भए ।

अक्सनबाट प्रत्येक टिमले दश खेलाडी खरिद गरेका छन् । खेलाडी खरिदमा लुम्बिनीले सर्वाधिक ८४ लाख र चितवनले सबभन्दा कम ६३ लाख रुपैयाँ खर्च गरे । सबै टिमलाई अधिकतम ९० लाख रुपैयाँ खर्च गर्ने अधिकार दिइएको थियो ।

कुन टोलीले कति खर्च गरे ?
विराटनगर किंग्स – ६६.५ लाख खर्च – २३.५ लाख बाँकी

चितवन राइनोज – ६३ लाख खर्च – २७ लाख बाँकी

जनकपुर बोल्ट्स – ७९.२५ लाख खर्च – १०.७५ लाख बाँकी

कर्णाली याक्स – ७४ लाख खर्च – १६ लाख बाँकी

काठमाडौं गोर्खाज – ७०.५ लाख खर्च – १९.५ लाख बाँकी

लुम्बिनी लायन्स – ८४.७५ लाख खर्च – ५.२५ लाख बाँकी

पोखरा एभेन्जर्स – ८०.५ लाख खर्च – ९.५ लाख बाँकी

सुदूरपश्चिम रोयल्स – ७४ लाख खर्च – १६ लाख बाँकी

क्यानले दर्ताका भएका ४२६ बाट १४२ क्रिकेटरलाई अक्सनका लागि चयन गरेको हो । जसमध्ये ८० खेलाडी विभिन्न टिममा आबद्ध भएका हुन् र अक्सनमा ग्रेड ‘ए’ मा २७, ‘बी’ मा ३८ र ‘सी’ मा ७७ खेलाडी रहेका छन् ।

ग्रेड ‘ए’ मा रहेका क्रिकेटरलाई न्यूनतम दसदेखि अधिकतम १५ लाख रुपियाँ मूल्य तोकिएको थियो । यसै गरी ‘बी’ ग्रेडका खेलाडीको न्यूनतम मूल्य पाँच र अधिकतम दश लाख तथा ‘सी’ ग्रेडका क्रिकेटरका लागि न्यूनतम दुई र अधिकतम पाँच लाख रुपियाँसम्म बोली लगाउन पाउने प्रावधान थियो ।

अब यी टिमहरूले चार विदेशी खेलाडीका साथै एक थप खेलाडी प्रतिभा खोजमार्फत आआफ्नो टिममा भित्र्याउने छन्  ।

Advertisement

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top