२०२६को विश्वकप छनोटबाट २८ देश आउट

२३ असोज ८१, बिहीबार

२४ असोज , एजेन्सी ।

एक महिनाका लागि रोकिएका २३औं संस्करणको फिफा विश्वकपको छनोट खेलहरू आजबाट पुनः सुरु हुँदै छन् । दक्षिण अमेरिकी राष्ट्र र एसियाली राष्ट्रहरूले आगामी दुई वर्षपछि क्यानडा, मेक्सिको र अमेरिकाले संयुक्त रूपमा आयोजना गर्न लागेको विश्वकपमा छनोट हुनेगरी खेलिरहेका छन् ।

सन् २०२६ को जुन ११ देखि जुलाई १९ सम्म हुने विश्वकपका लागि छनोट खेलहरू भने सेप्टेम्बर २०२३ बाट नै भइरहेका छन् ।बिहीबारबाट पाँच दिनसम्म एसिया छनोटको तेस्रो चरणका खेलहरू हुने छन्, जसमा १८ एसियन राष्ट्रहरूले एकअर्कासँग प्रतिस्पर्धा गर्ने छन् ।

Advertisement

सन् २०२६ को विश्वकपमा ४८ टिमको सहभागिता रहने छ, जसमा एसियाका आठ टिम सीधै छनोट हुने छन् भने एक टिमले अन्तरमहादेशीय प्ले अफ खेल्न पाउने छ । एसिया छनोटका खेल १२ अक्टोबर २०२३ बाट सुरु भएको थियो ।

जम्मा ४८ टिमले छनोट खेल खेल्दा नेपालसहित २८ वटा टोली बाहिरिइसकेका छन् । एसियाबाट १८ नोभेम्बर २०२५ सम्ममा एसियाबाट विश्वकप खेल्ने सबै राष्ट्रको छिनोफानो लाग्ने छ । बिहीबार रातिबाटै दक्षिण अमेरिकी छनोट खेलहरू हुने छन्, जहाँ दक्षिण अमेरिकाका १० वटा टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

Advertisement

साविक विजेता अर्जेन्टिना, सर्वाधिक धेरै पाँच पटकको उपविजेता र पहिलो संस्करणको विजेता उरुग्वेजस्ता राष्ट्रले छनोट खेल खेल्दै छन् । आगामी विश्वकपमा साउथ अमेरिकाबाट ६ टोली सीधै छनोट हुँदा एउटा टोलीले अन्तरमहादेशीय प्ले अफ खेल्न पाउने छ ।

१० टोलीको सहभागितामा सेप्टेम्बर २०२३ बाट सुरु भएको दक्षिण अमेरिकी राष्ट्रको छनोट खेल सेप्टेम्बर २०२५ सम्ममा सकिने छ । विश्वकपमा छनोट हुने तीन टोलीको भने टुंगो लागिसकेको छ। क्यानडा, मेक्सिको र अमेरिकाले भने आयोजकको हैसियतमा विश्वकप खेल्ने छन् ।

अरू ४५ राष्ट्रहरूले भने छनोट खेल खेलेर फुटबलको महाकुम्भमा सहभागिता जनाउनुपर्ने हुन्छ । एसियाबाट ८ टोली सीधा छनोट हुँदा एक टोली प्ले अफमार्फत् छनोट हुन सक्नेछ भने अफ्रिकाबाट नौ टोली सीधा विश्वकपमा छनोट हुँदा प्लेअफबाट एउटा टोलीले छानिने मौका पाउने छ ।

उत्तर अमेरिकी राष्ट्रहरूमध्ये तीन आयोजक देशहरू मेक्सिको, क्यानडा र अमेरिका छनोट भइसक्दा अरू दुई राष्ट्रले प्ले अफ खेलमार्फत् छानिन सक्ने छन् । दक्षिण अमेरिकी छनोटतर्फ सीधा ६ देश छनोट हुँदा अन्तरमहादेशीय प्लेअफबाट एउटा राष्ट्र छानिन सक्ने छ ।

ओसिनियातिरका एक राष्ट्रले सीधै छनोट हुने मौका पाउने छ भने एउटा टोलीले अन्तरमहादेशीय प्लेअफ खेल्न पाउने छ । युरोपका १६ वटा राष्ट्रले विश्वकप खेल्ने छन् भने समग्रमा प्ले अफका माध्यमबाट दुई राष्ट्र छनोट हुने छन् ।

सन् १९३० यता हुँदै आएको विश्वकपको ट्रफी अहिलेसम्म युरोप र दक्षिण अमेरिकाले मात्र अहिलेसम्म विश्वकप ट्रफी उचालेका छन् । युरोपले १२ र दक्षिण अमेरिकी टिमले १० पटक विश्वकप जितेका छन् ।

सन् १९९८ मा विश्वकप खेल्ने टिमको संख्या २४ बाट ३२ बनाइएको थियो । पहिलोपटक सन् २०२६ मा भने ४८ राष्ट्रलाई सहभागी गराइन लागिएको हो । फिफाले ४८ राष्ट्रको विश्वकप गर्नुमा आर्थिक कारण पनि छ । विश्वकपमा जति धेरै राष्ट्र सहभागी भयो, फिफाको आम्दानी उति नै बढ्नेछ ।

Advertisement

भर्खरको समाचार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

सम्बन्धित समाचार

Scroll to Top