×

NEPAL TIMES UPDATES

Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026

फूलपातीमा जनकपुरको राजदेवी मन्दिरमा घुइँचो, बेलतोरी सम्पन्न

२४ आश्विन २०८१

२४ असोज , काठमाण्डौ।

हिन्दु धर्मावलम्वीहरुको पर्व दशैँको रमझम देशभर छ । दशैँमा अन्यत्रजस्तै जनकपुरधाममा पनि भक्तजनहरुको अत्याधिक भीड देखिएको छ । दशैँको सप्तमी तिथिका दिन राजदेवी मन्दिरमा दर्शनार्थीहरुको घुइचो लागेको हो ।

Advertisement
Advertisement

जनकपुरधामको प्रमुुख शक्तिपीठ राजदेवी मन्दिर, बौधीमाई मन्दिर, विद्यापति चोकस्थित दुर्गा मन्दिर, रामानन्द चोकमा दशैँका लागि सिंगारिएका छन् । जनकपुरस्थित शक्तिपीठहरुमा भक्तजनहरुको घुइँचो यसपटक दशैँको पहिलो दिनदेखि नै बढेको छ ।

राजदेवी मन्दिर लगायतका मन्दिरहरुमा बिहानैदेखि भक्तजनहरु पूजा अराधनाका लागि पुग्ने गरेका छन् । आज कालरात्री पूजाकालागि प्रसाद अर्पण गर्नेहरुको भीड राजदेवी मन्दिरमा छ । मिथिला पञ्चांगअनुसार अष्टमी तिथि पनि आजै परेकाले राजदेवी मन्दिरमा बलिप्रदान समेत तयारी गरिएको छ ।

प्रसाद अर्पण गर्नेहरुको भीड समाप्त भए लगत्तै बलिप्रदानका लागि आएका श्रद्धालु भक्तजनहरुको भीड समेत बढ्नेछ । यसको व्यवस्थापनकालागि विभिन्न रुटहरु निर्धारण गरिएको छ । यस्तै राजदेवी मन्दिरमा विधिपूर्वक बेलतोरी गरिएको छ ।

नवरात्रीको सातौँ दिन फूलपाती भित्रयाइन्छ जसलाई मिथिलाञ्चलमा बेलतोरी भन्ने गरिन्छ । जनकपुरधामको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा बेलतोरी विधि तामझामका साथ मनाइन्छ । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि नेपाली सेनाको टुकडी बाजागाजासहित बेलतोरीमा सरिक भयोे ।

धनुषाका प्रमुख जिल्ला अधिकारी सहितका प्रशासनिक निकायका प्रमुखहरु समेत सो विधिका क्रममा सहभागिता जनाउने गरेका छन् । नेपाली सेनाले सो अवसरमा सलामी समेत चढाउने गरेको परम्परा यस वर्ष समेत निरन्तरता पाएको छ ।

नेपालीहरुको महान चाड विजया दशमी आउन मात्र दुई दिन बाँकी छ । विजया दशमीका दिन नेपालीहरु आफू भन्दा अग्रजबाट टिका, जमरा लगाएर आशिर्वाद लिने गरिन्छ । जसका लागि आजसम्म काठमाडौं उपत्यकासहित देशभरका शहरी क्षेत्रबाट घर फर्किनेहरुको लर्को छ ।

काठमाडौं उपत्यका लाखौँले छोडिसकेका छन् । रोजगारीको सिलसिलामा शहर पसेकाहरु पनि दशैँको अवसरमा हर्षोल्लासपूर्वक मनाउन गाउँ फर्किरहेका छन् । काठमाडौंको नयाँ बसपार्क, कोटेश्वर, कलंकी लगायतका स्थानहरुमा यात्रुहरुको चाप धेरै देखिन्छ ।

Advertisement

टिका आउन अब मात्रै भोलिको दिन बाँकी रहेकाले पनि मानिसहरु घर फर्किने क्रम बाक्लिँदै गएको छ । साथै काठमाडौं उपत्यकामा भने सवारीसाधन कम केही कम देखिन्छ । काठमाडौंका सडकहरुमा बिस्तारै सवारीसाधन पातलिँदै गएका छन् । बसपार्कमा घर जाने र टिकट काट्नेहरुको लाम भने बाक्लो छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top