चिउराको प्रतिस्पर्धाःताइचिन चिउरालाई तराईको चिउराले उछिन्यो

२४ असोज ८१, शुक्रबार

२५ असोज ,  काठमाण्डौ ,एजेन्सी ।
अन्य समयको तुलनामा प्रायः दशैँताका चिउराको महत्व बढी हुन्छ । दशैँमा चिउरा कुटेर खाने नेपालीहरुको परम्परा नै बनिसकेको छ । चिउरा र मासु हरेक नेपालीहरुले दशैँमा खाने गर्दछन्। त्यसैले पनि अन्य समयको तुलनामा दशैँमा चिउराको महत्व बढी हुन्छ ।

Advertisement

काठमाडौं उपत्यकामा त अझ ताइचिनको चिउराको महत्व बढी छ । भक्तपरले ताइचिन धानको चिउरा दशैँमा धेरै नै माग हुन्थ्यो । तर पछिल्लो समय ताइचिन धानको अभावका कारण बिस्तारै माग कम भएको गुनासो भक्तपुरका व्यवसायीहरुले गरेका छन् ।

भक्तपुरका चिउरा व्यवसायी कृष्णप्रसाद बागजूले आफूले चिउरा मिल २०४६ सालदेखि सञ्चालन गर्दै आएको र स्थापना कालदेखि नै चिउरा उत्पादन गरिरहेको बताए । तर अहिले तराईको चिउराले भक्तपुरको ताइचिन चिउरा बिस्थापित हुँदै गएको उनको गुनासो छ ।

Advertisement

बजारमा पनि माग कम भएको गुनासो उनले गरेका छन् । उनले विगतको तुलनामा हुनुपर्ने जति खपत अहिले नभएको बताए । दशैँमा ताइचिन चिउराको माग बढी हुने गरेको भएपनि यस वर्ष खासै माग नआएको उनले बताएका छन् ।

ताइचिन धानको उत्पादनमा कमी र उपलब्धता नहुँदा भक्तपुरको ताइचिन चिउरा बिस्तारै हराउँदै गएको उने बताए । ताइचिन धान काठमाडौं उपत्यकाबाहेक भक्तपुर, नाला, पनौति, धुलिखेलबाट ल्याइने गरिएकोमा जग्गा जमिन मासिँदै आएकाले र घरजग्गा पनि धेरै बन्दै गएकाले खेतीयोग्य जमिन कम हुनु ताइचिन चिउराको मागमा कमी आउनुको अर्को कारण रहेको उनले बताएका छन् ।

Advertisement

ताइचिन धान भन्दा बढी चाइनिज धान उत्पादन बढी हुने गरेकाले ताइचिन धान रोप्न किसानले छोडेको उनले बताए । भक्तपुरको ताइचिन चिउराको उत्पादन, लागत र मूल्यको हिसावमा पनि पहिला र अहिले धेरै भिन्नता आएको उनको भनाइ छ ।

चिउरा व्यवसायीका अनुसार पहिला सहज रुपमा धान पाउने भएकाले मूल्य कम पर्ने गरेको भएपनि अहिले धान पाउन मुस्किल बन्दै जाँदा चिउरा पनि बढी महंगो हुने गरेको छ। उनीहरुले भक्तपुरको ताइचिन चिउरालाई निरन्तरता दिन र मौलिकता बचाउन ताइचिन धानको उत्पादन बढाउनुपर्ने बताएका छन् ।

उनीहरुका अनुसार ताइचिन धानको चिउराले विशेष अर्थ पनि राख्छ । पहिला ताइचिन धानलाई तातोपानीमा राखेर ओखलमा कुटेर चिउरा बनाइन्थ्यो । त्यसरी कुटेको चिउराले पेट दुख्दैन भन्ने मान्यता थियो । अहिले त्यस्तो दुःख गर्नु पर्दैन ।

ताइचिन धानलाई सिधै पानीमा राखेर चिउरा बनाउन सकिन्छ । जाडोमा ४ दिनसम्म र गर्मीमा बढीमा तीन दिन नत्र दुई दिनसम्म भिजाएर चिउरा बनाउन सकिने उनीहरु बताउँछन् । कराईमा भुट्न पनि पहिला मान्छेकै आवश्यक पर्ने भएपनि अहिले मेसिनले भुट्ने गरेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top