NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन्  शुक्रबार साउन ९ , २०८२
Next
Prev

समाचार

हेटौँडा–काठमाडौं जाँदा वैकल्पिक सडक प्रयोग गर्नु

आइतवार अशोज २७ , २०८१
Reading Time: 1 min read
A A
नारयणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

२७ असोज , विराटनगर ।
चाडपर्वको बेला राजमार्ग अवरुद्ध हुँदा यतिबेला यात्रुहरुले निकै सास्ती पाएका छन । यसपालि अशोज दोश्रो साताको अविरल वर्षासँगै बाढी पहिरोका कारण नेपालमा २४० भन्दा बढीको ज्यान गएको थियो भने सडकपूर्वाधारमा अर्बौको क्षति भएको छ ।

जसको यकिन विवरण अझै आइसकेको छैन । यद्यपि, ठाउँ ठाउँमा अबरुद्ध सडकहरु खुलाउने प्रयास जारी छ । यसैबीच हेटौँडा कुलेखानी फाखेल भएर काठमाडौँ जाने सवारी साधनलाई वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

यो सडक खण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा सडक बिग्रेकाले वैकल्पिक सडक प्रयोग गरेर काठमाडौँ हेटौँडा आवत जावत गर्न आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्याम अर्यालले जानकारी दिए ।

‘हेभीको उकालोमा इभी गाडीहरु उक्लिन नसक्ने देखियो,’ उनले भने, ‘जसले गर्दा त्यहाँ अहिले धेरै सवारी साधन फसेका छन्। त्यसैले हामीले सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेका हौँ।’ उनले सडक पूर्णरुपमा अवरुद्ध भने नरहेको बताए ।

इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक ललिता ढकालले हेटौँडाबाट काठमाडौँ जाँदा त्रिभुवनराजपथ अथवा कान्तिलोकपथ गर्न आग्रह गरिएको बताइन् । कुलेखानी सिमखोला नजिक हेभीको उकालोमा साना गाडीहरु चढ्न नसक्नेगरी सडक बिग्रेको उनको भनाई छ ।

यता काभ्रेको पाँचखालमा पहिरो खस्दा अरनिको राजमार्ग एकतर्फी बनेको छ । पाँचखाल नगरपालिका– ८ मा गएराति करिब १० बजे सुख्खा पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध भएको थियो । उक्त पहिरो पन्छाएपछि आइतबार बिहान नौ बजेदेखि सडकमा एकतर्फीरुपमा गाडी चल्न थालेका हुन् ।

अरनिको राजमार्ग अन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका– ८ पचास किलो भन्ने ठाउँमा पहिरो खस्दा रातभरी सडक पूर्णरूपमा अवरुद्ध भएको थियो । स्थानीय निकाय र सडक विभागसँग समन्व्य गरेर पहिरो एकतर्फी रुपमा हटाइएको छ ।

बाँकी पहिरो पनि पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचनाअधिकारी मिनबहादुर घलेले जानकारी दिए । यसैबीच यात्रुबाहक बसमा माथिबाट खसेको ढुंगा लागेर एक बालिकाको मृत्यु भएको छ ।

त्रिभुवन राजपथको हेटौडा–भैंसे सडकखण्डका भुलभुलेमा माथिबाट खसेको ढुंगा लागेर बसका यात्रु मकवानपुरगढी गापा ८ की १२ वर्षिया रिकु थिङको मृत्यु भएको हो । त्रिभुवन राजपथ हुँदै भीमफेदीको ईचुङतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख ३३१० नं. को यात्रु बोकेको लोकल बसमा अचानक माथि भिरबाट ढुङ्गा खसी बसकी यात्रु थिङ घाइते भएकी थिइन् ।

हेटौंडा अस्पतालमा सामान्य उपचारपछि उनलाई थप उपचारका निम्ति चितवन लगिएको थियो । उपचारकै क्रममा थिङको मृत्यु भएको जिल्ला प्रहरीले कार्यालय हेटौंडाले जनाएको छ ।

Tags: #बसमा खस्यो भिरकोे ढुंगा

लोकप्रीय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

विचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

थप समाचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक
ताजा समाचार

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२

हालका पोस्टहरू

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.