रहेनन् दिल्ली विश्वविद्यालयका पूर्व प्राध्यापक जीएन साईबाबा

२७ असोज , एजेन्सी ।

दिल्ली विश्वविद्यालयका पूर्व प्राध्यापक जीएन साईबाबाको शनिबार साँझ हैदराबादको निम्स अस्पतालमा निधन भएको छ । राति ८ः३६ मा उनको निधन भएको हो ।

गत महिना उनको पित्त थैली हटाउन शल्यक्रिया गरिएको थियो, त्यसपछि उनको मुटुले काम नगरेको जटिलताका कारण उनलाई अस्पताल लगिएको थियो ।

डाक्टरहरूले उनलाई सीपीआर दिए पनि उनको ज्यान बचाउन सकेनन् । त्यसपछि निम्सका चिकित्सकले साईबाबाको मृत्यु भएको घोषणा गरेका थिए ।

यसअघि जीएन साईबाबालाई सन् २०१४ मा गैरकानूनी गतिविधि रोकथाम ऐन (यूएपीए) अन्तर्गत पक्राउ गरिएको थियो ।

उनीमाथि माओवादी संगठनसँग सम्बन्ध रहेको आरोप लागेको थियो । सन् २०१७ मा, अदालतले उनलाई दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनायो ।

तर अक्टोबर १४, २०२२ मा, बम्बई उच्च अदालतको नागपुर बेन्चले जीएन साईबाबालाई रिहा ग¥यो ।

२४ घण्टाभित्र सर्वोच्च अदालतका न्यायाधीश एमआर शाह र न्यायाधीश बेला त्रिवेदीको विशेष इजलासले उच्च अदालतको फैसला उल्टाएको थियो ।

सर्वोच्च अदालतले साईबाबा र अन्य अभियुक्तहरू ’राष्ट्रको सार्वभौमसत्ता र अखण्डता विरुद्धको गम्भीर अपराधको दोषी’ भएको बतायो ।

यस वर्ष मार्च ५ मा, बम्बई उच्च अदालतको नागपुर बेन्चले फेरि एक पटक उनलाई सफाइ दियो ।

इन्टरनेटबाट कम्युनिस्ट वा नक्सल साहित्य डाउनलोड गर्नु वा कुनै विचारधाराको समर्थक हुनु यूएपीए अपराध अन्तर्गत आउँदै,’ अदालतले भनेको थियो ।

यसपछि साईबाबालाई रिहा गर्ने बम्बई हाईकोर्टको निर्णयको विरुद्धमा महाराष्ट्र सरकारले फेरि सर्वोच्च अदालतमा पुगेको थियो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top