×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

हिज्बुल्लाहका ५० लडाकु मारिए, इजरेली सेनाविरुद्ध उभियो भारत

२७ आश्विन २०८१

२७ असोज , विराटनगर।
हमास र हिज्बुल्लाहमाथि भीषण कारबाही जारी राखेको इजरायलले अब इरानमा पनि आक्रमण गर्ने संकेत देखिएको छ । अमेरिकी अधिकारीहरुका अनुसार इजरायलले इरानमा कहाँ कहाँ आक्रमण गर्ने भन्ने आफ्नो टारगेट छनौट गरेको छ ।

तर इरानी परमाणु केन्द्रहरुलाई निशाना बनाउँने अथवा हत्याहरु गर्ने भन्ने कुराको भने इजरायलले कुनै संकेत गरेको छैन । अमेरिकी अधिकारीहरुले इजरायलले यसबारेमा आफ्नो अन्तिम निर्णय लिइ नसकेको पनि बताएका छन् ।

र कहिले कारबाही गर्ने भन्ने पनि खुलाइएको छैन । यसबीच अमेरिकी अधिकारीहरुले एसोसिएटेड प्रेस न्यूज एजेंसीलाई भनेका छन्, बाइडेन प्रशासनले इजरायलमा टर्मिनल हाई एल्टीट्यूड एरिया डिफेंस सिस्टमको तैनाथीमाथि विचार गरिरहेको छ ।

दुई रक्षा अधिकारीहरु मध्येका एकले एपीलाई भने, अहिलेसम्म कुनै अंतिम निर्णय लिइएको छैन । यद्यपि, गत साताको अन्त्यमा इजरायलमा टर्मिनल हाई एल्टीट्युड एरिया डिफेंस सिस्टमको तैनाथीका बारेमा चर्चा भएको थियो ।

इजरायलमा टर्मिनल हाई एल्टीट्युड एरिया डिफेंस सिस्टमको तैनाथीमा जटिल प्रणाली संचालन गर्नका लागि अमेरिकी सैनिकहरुको पनि सहभागिता रहने छ । यूएस कांग्रेसनल रिसर्च सर्भिसको अप्रिलको एक रिपोर्टका अनुसार, सेनासंग सात टर्मिनल हाई एल्टीट्युड एरिया डिफेंस सिस्टमको ब्याट्रीहरु छन् ।

आमरुपमा प्रत्येकमा ६ ट्रक–माउंटेड लन्चर, ४८ इंटरसेप्टर र रेडियो र रडार उपकरण हुन्छन् । यसलाई संचालन गर्नका लागि ९५ सैनिकहरुको आवश्यकता पर्छ । यसैबीच इजरायलले हिजबुल्लाहमाथि ठूलो आरोप लगाउँदै चेतावनी दिएको छ ।

इजरायलले भनेको छ, हिजबुल्लाहले एम्बुलेन्समा लडाकुहरु र हतियार ओसारी रहेको छ । इजरायलले भनेको छ कि अब उ एंबुलेंसमा पनि हमला गर्न हिच्किचाउने छैन । अहिले पनि लेबनानमा हिज्बुल्लाहका ठेगानाहरुमा इजरायलले हमला जारी राखेको छ ।

यसैबीच आईडीएफले भनेको छ, पछिल्लो २४ घण्टामा दक्षिणी लेबनानमा भएको मुठभेडमा हिज्बुल्लाहका ५० लडाकुहरु मारिएका छन् । र इजरायलले वायु सेनालाई पनि हमलाका लागि निर्देशन दिएको छ ।

आईडीएफले भनेको छ, उसले उत्तरी इजरायलका क्षेत्रहरु र सेनालाई निशाना बनाएर प्रहार गर्न ठिक्क पारिएका हिज्बुल्लाहका सुरंगहरु, कयौं हतियार भण्डारणहरु, रकेट लञ्चर, मोर्टार बम र एंटी ट्याँक मिसाइलहरुसहित २०० भन्दा धेरै हिज्बुल्लाहका टारगेटहरुमा निशाना बनाएको छ ।

विज्ञप्तीमा भनिएको छ कि इजरायली वायु सेनाले सिरिया–लेबनान सीमामा भुमिगत पूर्वाधारहरुलाई पनि लक्षित गर्दै अभियान चलाएको छ । जहाँ हिज्बुल्लाहका हतियारहरु राखिएका थिए ।यसबीच इजरायली सेनाले गाजामा आफ्नो अभियान जारी राखेको छ र त्यहाँ बाँकी रहेका हमासका कयौं सैन्य पूर्वाधारलाई नष्ट गरिदिएको छ ।

साथै ट्ंयाक फायर, शर्ट रेन्ज फायर, वायु सेनाको हमलाका माध्यमले कयौं हमासका लडाकुहरुलाई पनि मारेको बताएको छ । यता हिज्बुल्लाहले पनि घोषणा गरेको छ कि उसले उत्तरी इजरायलमा ती आवासीय भवनहरु र ठेगानाहरुलाई निशाना बनाउने छ, जसको उपयोग इजरायली सेनाले गर्छ ।

र यसका लागि त्यहाँ रहेका नागरिकहरुलाई अर्को सूचना नआउन्जेलसम्मका लागि ठाउँ खाली गर्न पनि चेतावनी दिएको छ । हिज्बुल्लाहले चेतावनी दिदै भनेको छ कि उत्तरी इजरायलमा रहेका बस्तीहरु त्यतिबेला मात्रै बस्न योग्य हुनेछन् जतिबेलासम्म इजरायली सेनाले गाजा र लेबनानविरुद्धको युद्ध अन्त्य गर्दैन ।

लेबनानमा इजरेली आक्रमणमा परि मृत्यु हुनेको संख्या २ हजार भन्दा धेरै नाघिसकेको छ । यत्रो क्षतिका बाबजुद पनि हिज्बुल्लाह जमिनमा इजरायलसंग लडिसहेको छ र सीमापार रकेट प्रहार गरिरहेको छ । यसबीच इजरायल–लेबनान सीमामा बिग्रदो सुरक्षास्थितिका बीच भारत पनि अब लेबनानमा संयुक्त राष्ट्र अंतरिम बल (युनिफिल) मा आफ्नो सेना पठाउने देश बनेको छ ।

यस्तै इजरायली सेनाको कारबाहीविरुद्ध पनि उभिएको छ । यसअघि लेबनानमा रहेका २ संयुक्त राष्ट्र शान्ति सेना घाइते भएका थिए । न्युयोर्कमा संयुक्त राष्ट्र संघमा भारतको स्थायी मिशनले एक्समा लेखेको छ, एक प्रमुख सैन्य योगदानकर्ता देशका रुपमा भारत ३४ यूनिफील सैन्य योगदानकर्ता देशहरुद्वारा जारी संयुक्त बयानका साथ खडा भएको छ ।

शान्ती सेनाहरुको सुरक्षा सर्वोपरि छ र यसलाई हालको यूएनएससी प्रस्तावहरुका अनुसार सुनिश्चित गरिनुपर्छ । शान्ती सेनामा दर्जनौं देशहरुका १० हजारभन्दा धेरै सेना रहेका छन् । यसमा भारतीय सैनिकहरुको संख्या दोस्रो सबैभन्दा ठूलो हो । भारतका लगभग ९ सय सेना यसमा सामेल छन् ।

लेबनानमा रहेका शान्ति सेनामा भारत पनि मिसिदा यता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने भारतका ठूला उद्योगपति रतन टाटाको निधनमा शोक व्यक्त गरेका छन् । उनले ‘एक्स’मार्फत टाटाको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

इजरायली प्रधानमन्त्री नेतान्याहुले लेखेका छन्, ‘मेरो प्रिय मित्र प्रधानमन्त्री नरेन्द्र मोदी– म र इजरायलका धेरै मानिस रतन नवल टाटाको निधनमा शोक व्यक्त गर्छौं।’ नेतान्याहुले अगाडि लेखेका छन्, ‘रतन टाटा भारतका गौरवशाली छोरा र हाम्रा दुई देशबीचको मित्रताका मध्यस्थकर्ता थिए ।

उनको परिवारलाई मेरो समवेदना।’ रतन टाटाको निधनमा दुःख व्यक्त गर्दै नेतन्याहुले मोदीलाई समेत मित्र भन्दै सम्बोधन गरेका छन् । यता भारतले भने लेबनानमा इजरायली हमलामा दुई शान्ति सेना घाइते भएपछि आफ्नो सैनिक पनि त्यहाँ पठाउने घोषणा गरेको छ ।

यसअघि भारतका दुई नौसेनाका जहाज इरान नजिक पुगेको र तिनिहरुलाई इरानी सेनाले स्वागत गरेको पनि खबर सार्वजनिक भएका थिए । यस्तोमा मध्यपूर्वमा भड्किरहेको युद्ध अब इरान हुँदै अन्यत्र पनि विस्तार हुने सम्भावनाका बीच भारतको यो रुझान यहाँलाई कस्तो लाग्यो ।

आफ्ना टिप्पणी अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top