जेलमै जीवन त्याग्नुपर्ने नाभाल्नीलाई पहिल्यै थाहा थियो

२७ असोज , एजेन्सी ।

रुसी जेलमा मृत भेटिएका भनिएका विपक्षी नेता एलेक्सी नाभाल्नीले निकै पहिला नै आफ्नो मृत्यु जेलमै हुने अड्कल काटेको भेटिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका तत्कालिन प्रमुख राजनीतिक प्रतिद्वन्द्वी रहेका नाभाल्नीले आफू जेलमा नै मर्नुपर्छ भन्ने बुझेको उनको मृत्युपछि सार्वजनिक जेल डायरीमा उल्लेख गरेको भेटिएको छ ।

‘द न्यु योर्कर’ले शुक्रबार प्रकाशित गरेको पुस्तकका केही अंशमा नाभाल्नीको जेल डायरी र त्यसअघिका लेखहरू समावेश गरिएको छ । २२ मार्च २०२२ मा उनले लेखेका थिए, “म मेरो बाँकी जीवन जेलमा बिताउनेछु र यहीँ मर्नेछु । बिदाइ गर्ने कोही हुनेछैन । सबै वर्षगाँठहरू म बिना मनाइनेछ । म मेरा नातिनातिनालाई कहिल्यै देख्ने छैन।”

नाभाल्नीलाई आर्कटिकको एक पेनल कोलोनीमा ‘अतिवाद’ को आरोपमा १९ वर्षको जेल सजाय सुनाइएको थियो ।फेब्रुअरी १६ मा ४७ वर्षको उमेरमा भएको उनको मृत्युको व्यापक निन्दा भएको थियो र धेरैले उनको मृत्युका लागि पुटिनलाई दोषी भएको बताएका छन् ।

सन् २०२० मा नाभाल्नीलाई विषाक्त पदार्थ सेवन गराई हत्या गर्ने प्रयास भएको थियो । बिष आक्रमणबाट गम्भीर स्वास्थ्य समस्या आएपछि उनको जर्मनीमा महिनौ लामो उपचार भएको थियो । उनलाई उपचारपछि रूस फर्कने क्रममा जनवरी २०२१ मा पक्राउ गरिएको थियो ।

जनवरी १७, २०२२ मा उनले लेखेका छन्, “हामीले डराउनुपर्ने एउटा मात्र कुरा के हो भने हामी आफ्नो मातृभूमि झूट, चोर र पाखण्डीहरूको गिरोहले लुट्नका लागि समर्पण गर्नेछौँ।”पुस्तकमा डायरीका अंशहरूले कैदको एक्लोपन र प्रशासनको हास्यास्पद अनुसन्धानलाई प्रस्तुत गरेको छ ।

उदाहरणका लागि, जुलाई १, २०२२ मा नाभाल्नीले आफ्नो सामान्य दिनको रूपरेखा प्रस्तुत गर्दै लेखेका छन् बिहान ६ः०० बजे उठ्ने, ६ः२० मा ब्रेकफास्ट गर्ने र ६ः४० मा काम सुरु गर्ने मेरो दैनिकी हो ।

उनले लेखेको डायरीको अंशमा पुटिनको प्रशासनलाई व्यङ्ग्य गर्दै भनिएको छ, “कामको सिलसिलामा तपाईं घुँडाभन्दा होचो स्टुलमा सिलाई मेसिनमा सात घण्टा बस्नु र काम पछि, पुटिनको चित्रमुनि काठको बेन्चमा केही घण्टा बस्नुलाई ‘अनुशासनात्मक गतिविधि’ भनिन्छ।”

‘प्याट्रियट’ शीर्षकको यो पुस्तक अमेरिकी प्रकाशक नोफले सार्वजनिक गर्नेछ । न्यु योर्करका सम्पादक डेभिड रेम्निकले लेखेका छन्, “नाभाल्नीको जेल डायरी पढ्न कठिन छ।” जनवरी १७, २०२४ मा पत्रिकामा प्रकाशित अन्तिम अंशमा नाभाल्नीले आफ्ना सहकर्मी कैदीहरू र जेल गार्डहरूले सोधेको प्रश्नको जवाफ दिएका छन ।

जसमा भनेका छन्, “म आफ्नो देश छोड्न वा विश्वासघात गर्न चाहन्नँ । यदि तपाईंको विश्वासको कुनै अर्थ छ भने, तपाईं उनीहरूको विपक्षमा खडा हुन र आवश्यक भएमा बलिदान दिन तयार हुनुपर्छ,” उनले डायरीमा लेखेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top