रुदै मैदान छोडेका नेयमार मैदान फर्किदै

२८ असोज ८१, मंगलबार

२९ असोज , एजेन्सी ।
साउदी अरेबियाली क्लब अल–हिलालका स्टार खेलाडी नेयमार क्लब फर्किने तयारीमा छन् । ब्राजिलियन स्टार नेयमार सन् २०२३ को अगष्टमा रियाद टोलीमा अनुबन्धित भएका थिए। तर, अक्टोबरमा अन्तर्राष्ट्रिय ड्युटीमा रहँदा बायाँ घुँडाको मेनिस्कस र एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) फुटेपछि शल्यक्रिया गरिएको थियो ।

गत वर्षको अक्टोबर १७ मा घाइते भएपछि उनले रुदै मैदान छोडेका थिए । त्यसयता मैदानबाहिर रहेका ३२ वर्षीय नेयमार आगामी मैदानबाट मैदान फर्किने तयारीमा रहेका छन् । लामो प्रतिक्षापछि नेयमार अक्टोबर २१ मा पुनरागमन गर्ने तयारीमा रहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

अल–हिलालका मुख्य प्रशिक्षक जर्ज जिसस पनि नेयमार खेल्नका लागि तयार रहेकोमा विश्वस्त छन् । नेयमारले अल हिलालका लागि पाँच खेलमात्र खेलेका छन्, जसमा उनले एक गोल र तीन असिस्ट गरेका छन् । त्यसअघि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का लागि १७३ खेल खेल्दा ११८ गोल गरेका छन् ।

Advertisement

स्पेनिस क्लब बार्सिलोनाबाट १८६ खेल खेल्दा १०५ गोल गरेका उनले व्यवसायिक फुटबलको पहिलो खुट्किलोका रूपमा रहेको सान्टोसबाट २२५ खेलमा १३६ गोल गरेका छन् । सन् २०१० मा नेयमारले ब्राजिलका लागि डेब्यु गरेका नेयमारले राष्ट्रका लागि १३ खेल गुमाएका छन् ।

नेयमारले हालसम्म ब्राजिलबाट एक सय २८ खेल खेलेका छन्, जसमध्ये ९२ खेलमा ब्राजिलले जित दर्ता गरेको छ ।गोलमा पास मिलाउन सिपालु नेयमार आफ्ना देशका लागि सर्वाधिक धेरै असिस्ट गर्ने खेलाडी पनि हुन् ।

त्यसबाहेक नेयमार २१औं शताब्दीमा राष्ट्रिय टोलीहरूमा सबैभन्दा धेरै असिस्ट गर्ने खेलाडी पनि हुन् ।नेयमारले १२८ खेल खेल्दा ५९ गोलमा पास मिलाएका छन् । अब, नेयमारले विश्वकप छनोटको खेलमा संघर्ष गरिरहेको ब्राजिलियन टोलीमा कहिले कमब्याक गर्लान् त ? नेयमारको अपरेसन ब्राजिलियन टिमका डाक्टर रोड्रिगो लस्मारले गरेका थिए ।

लम्सारले आगामी सातादेखि नेयमार प्रशिक्षणमा फर्किने बताएका छन् । चाँडै नै राष्ट्रिय टोलीमा फर्किएर विश्वकपमा छनोट हुनेगरी ब्राजिललाई सघाउने विश्वास उनको छ । आगामी दुई वर्षपछि हुने विश्वकपको छनोट खेलमा यसै साता ब्राजिलले चिलीमाथि जित निकालेको थियो ।

अब, मंगलबार ब्राजिलले पेरुसँग खेल्ने छ । त्यसपछि नोभेम्बर १४ मा ब्राजिलले भेनेजुएला र १९ नोभेम्बरमा उरुग्वेसँग खेल्ने तालिका छ । पेरुविरुद्ध मैदान उत्रिन नसके पनि नेयमारले भेनेजुएला र उरुग्वेसँग भने खेल्ने सम्भावना छ ।

विश्वकप छनोटअन्तर्गत ब्राजिलले नौ खेल खेलेकोमा चार खेलमात्र जितेको छ । सर्वाधिक धेरै पाँचपटकको विजेता ब्राजिल १३ अंकका साथ चौथो स्थानमा छ । सन् २०१० मा १८ वर्षको उमेरमा ब्राजिलका लागि डेब्यु गरेका नेयमारले ७९ गोलसमेत गरेका छन् ।

उनी ब्राजिलका सर्वाधिक गोलकर्ता पनि हुन् । ब्राजिलका लागि ७७ गोल गरेका पेलेजस्तो खेलाडीलाई उनले उछिनेका छन् । उनले सन् २०१६ मा भएको रियो ओलम्पिकमा घरेलु राष्ट्र ब्राजिललाई स्वर्ण पदक दिलाएका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top