×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026
Playing
अवैध घरटहरा हटाउन ४ हजार बढी जनशक्ति परिचालन|| Nepal Times
Apr 25, 2026
Playing
एकातिर वार्ता, अर्कातिर इरानी डुंगालाई देख्नेबित्तिकै गोली हा न्ने आदेश || Nepal Times
Apr 25, 2026

नेपाली मैदानमा भारत–पाकिस्तान भिड्दै

१ कार्तिक २०८१

१ कार्तिक , काठमाण्डौ।

दक्षिण एसियाली क्षेत्रको ठूलो फुटबल प्रतियोगिता साफ वुमन्स च्याम्पियनसिप फुटबल आजदेखि काठमाडौंमा सुरु हुँदैछ । र यसको पहिलो खेल नै रहेको छ, भारतविरुद्ध पाकिस्तान । कुनैपनि खेलकुद प्रतियोगितामा भारत र पाकिस्तानबीच चर्को प्रतिद्वन्द्विता चल्ने गर्छ र यस्तोमा दशरथ रंगशलामा हुने यो खेल सबैको ब्यग्र प्रतिक्षित पनि छ ।

Advertisement
Advertisement

उद्घाटन खेलमा समूह ए मा रहेका यी दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । सर्वाधिक ५ पटकको विजेता भारत पछिल्लोपटक सेमिफाइनलबाटै बाहिरिएको थियो ।

त्यही हारको पीडालाई बिर्साउँदै यसपटक भारत उपाधि जित्ने लक्ष्यमा छ । अशलतादेवीको कप्तानीमा रहेको भारतीय टोली यसपटक बलियो छ । टिममा सिनियर र जुनियर खेलाडीको मिश्रण छ भने गोलमेसिन बाला देवीले यस पटक साफमा पुनरागमन गरेकी छन् ।

टिममा लगभग सबै स्टार खेलाडी छन् । प्रशिक्षक पनि साह्रै अनुभवी छन् र ती हुन्, भारतीय फुटबलमा खेलाडी र प्रशिक्षकका रूपमा चार दशक भन्दा बढी समय बिताइसकेका सन्तोष कश्यप । यस पटक भारतीय टिममा धेरै खेलाडी परिवर्तन भइसकेको छ ।

मुख्य प्रशिक्षक सन्तोष कश्यपले साफ वुमन्स च्याम्पियनसिप आफ्नो लागि नयाँ भए पनि टिम राम्रो रहेको र लक्ष्य उपाधि जित्ने भएको बताएका छन् । भारतीय कप्तान अशलतादेवीले पाकिस्तानविरुद्धको खेल खेल्दै एक सयौं अन्तर्राष्ट्रिय खेल पूरा गर्नेछिन् ।

अशलताले एक सयौँ अन्तर्राष्ट्रिय खेल खेल्नका लागि आफू उत्साहित रहेको बताएकी छन् । उनले पाकिस्तानविरुद्धको पहिलो खेल महत्वपूर्ण हुने बताइन् । पछिल्लोपटक सन् २०२२ मा काठमाडौंमै भएको साफ यी दुई टोली समूह चरणमा भिडेका थिए जसमा भारत ३–० ले विजयी भएको थियो ।

समूह ए मा भारत र पाकिस्तानसँगै साविक विजेता बंगलादेश छ । यस समूहबाट भारत र बंगलादेश सेमिफाइनल पुग्ने सम्भावना बलियो छ । उता पाकिस्तानी टिममा भने पछिल्लो संस्करणमा प्रशिक्षक रहेका अदिल रिज्की र कप्तान मारिया खान नै यथावत छन् ।

पहिलो खेलमै भारतसँग खेल्नु पाकिस्तानको लागि ठूलो कुरा रहेको मुख्य प्रशिक्षक अदिल रिज्कीले बताए । ‘पहिलो खेल नै भारत र पाकिस्तानको बीच छ । यो भन्दा राम्रो के होला । हामी दबाब भन्दा  पनि इन्जोए गरेर खेल्छौं,’ उनले भने ।

रिज्कीले गत वर्ष पाकिस्तानले राम्रो खेलहरु खेलेको र ठूला टिमविरुद्ध खेल्न अझ धेरै उत्साहित रहेको बताए । उनले नादिया खान चोटबाट निको भएर फर्कुन राम्रो रहेको बताए । पाकिस्तानकी कप्तान मारिया खानले च्याम्पियनसिप खेल्न आफूहरु उत्साहित रहेको बताएकी छिन् ।

अमेरिकामा जन्मिएकी पाकिस्तानी फुटबलर हुन् मारिया खान । उनले दुई वर्षअघि काठमाडौंमै भएको साफ महिला च्याम्पियनसिप २०२२ यता पाकिस्तानी टिमको कप्तानी गरिरहेकी छन् । उनी गत वर्ष साउदी अरेबियाको पहिलो महिला फुटबल क्लब इस्टर्न फ्लेम एफसीमा अनुबन्धित भएकी थिइन् ।

मिडफिल्डमा प्रभाव देखाउँदै आएकी ३३ वर्षीया उनले युएईमा पनि खेलेकी छन्। उनकै उत्कृष्ट प्रदर्शनमा पाकिस्तान गत वर्ष साउदीमा भएको चार देशीय प्रतियोगितामा उपविजेता भएको थियो । प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेकी मारियाले फ्रिकिकमा सनसनीपूर्ण गोल गरेपछि साउदीलाई १–१ को बराबरीमा रोकेको थियो ।

साफ २०२२ मा भारतविरुद्ध ३–० र बंगलादेशविरुद्ध ६–० ले हारेपछि पाकिस्तानले माल्दिभ्सविरुद्ध इतिहासकै सबभन्दा फराकिलो ७–० को जित हात पारेको थियो । यसपालि पाकिस्तान पाँचपल्टको विजेता भारत र डिफेन्डिङ च्याम्पियन बंगलादेशको रहेको कठिन समूहमा परेको छ ।

मारियाकै नेतृत्वमा दशरथ रंगशालामा दुई वर्षपछि फर्कँदा पाकिस्तानले बिहीबार भारतविरुद्ध सुधारिएको खेल पस्किने आशा गरिएको छ । यद्यपि, दक्षिण एसियाली महिला फुटबलमा भारत जहाँ महाशक्ति हो, त्यहीँ पाकिस्तान कमजोर टिम ।

डर छ, कतै यो एकपक्षीय खेल हुने त होइन ? तर पुरानो समय बतिसकेको पाकिस्तानी कप्तान बताउँछिन् । समयसँगै हामी सुधारिएका छौं,’ पाकिस्तानी कप्तान मारिया खान भन्छिन् । यता भारतीय कप्तान अशालता देवी र बाला देवी, मणीपुरका यी दुवै खेलाडी भारतीय महिला फुटबलका ‘लिजेन्ड’ हुन् ।

बालादेवीले पाकिस्तानविरुद्ध एक गोल मात्र गरे त्यो हुनेछ, भारतका लागि कोशेढुंगा ५० औं गोल । अनि अशालता भने पाकिस्तानविरुद्ध आफ्नो सयौं कोशेढुंगा ‘क्याप’ जित्दै छिन् । अशालताले सन् २०११ मा भारतका लागि डेब्यु गरेकी थिइन् ।

उनी भन्छिन्, ‘हामी सबै प्रतियोगितालाई लिएर उत्साहित छौं । हामी राम्रो प्रदर्शन गर्न पनि तयार छौं । बालादेवीको पुनरागमनले भारतीय टिम अझ बलियो भएको छ । पहिलो खेल रोमाञ्चक हुनेछ ।’ असलतादेवीलाई पन्छाउँदै गोलपोष्टतर्फ अगाडि बढ्न दक्षिण एसियाली क्षेत्रका स्ट्राइकरलाई गाह्रै पर्ने गर्छ।

उनी खेल मात्रै होइन, टिमलाई कठिन अवस्थामा सम्हाल्न पनि सिपालु छिन् । त्यसैले सन् २०१८ यता निरन्तर भारतको कप्तानी गरिरहेकी छन्। उनी यसैपालि इन्डियन वुमेन्स लिग क्लब इस्ट बेंगालमा आबद्ध भएकी छिन्। एएफसी वुमेन्स प्लेयर अफ द इयर २०१९ कपो मनोनयनमा परेकाले पनि उनी कति राम्रो खेलाडी हुन् भन्ने प्रस्ट हुन्छ ।

भारत र पाकिस्तानबीच अहिलेसम्म दुई खेल मात्रै भएका छन् । त्यसमध्ये पहिलो खेल सन् २०१० को थियो, जति बेला भारत आफ्नो छिमेकी चिरपरिचित प्रतिद्वन्द्वीविरुद्ध ८–० ले विजयी रहेको थियो । भारत यो साफमा फिफा वरीयतामा सबभन्दा माथिको टिम हो भने पाकिस्तानले एकपल्ट सेमिफाइनल (साफ २०१०) खेलेको छ ।

Advertisement

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top