पहिलो टी–२०मा नेपालले अमेरिकालाई हरायो, दीपेन्द्र नायक

१ कात्तिक ८१, शुक्रबार

२ कार्तिक ,काठमाण्डौ ।

अमेरिकाविरुद्धको पहिलो टी–२० खेलमा नेपाल विजयी भएको छ। अमेरिकाको टेक्सासस्थित डलासमा शुक्रबार विहान सकिएको खेलमा नेपालले दीपेन्द्रसिंह ऐरीको अलराउन्डर प्रर्दशनमा १७ रनको जित निकालेको हो ।

नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको घरेलु टोली अमेरिकाले ७ विकेटको क्षतिमा १४७ रन जोड्यो। अमेरिकाका लागि शयन जहनगिरले अर्धशतक प्रहार गरे पनि जितका लागि पर्याप्त हुन सकेन ।

उनले नटआउट ६० रन बनाउँदा ३४ बलमा ६ चौका र २ छक्का प्रहार गरे । अमेरिकाका कप्तान तथा ओपनर मोनाक पटेल तेस्रो ओभरको पहिलो बलमा ३ रनमा आउट भएका थिए । उनलाई रिजन ढकालले बोल्ड गरे ।

अघिल्लो ओभरमा अर्का ओपनर मुक्कामाला २ रनमा करण केसीको बलमा रोहित पौडेलबाट क्याच हुँदा नेपालले उत्कृष्ट सुरुवात ग¥यो । त्यसपछि आन्द्रेस गसले २५ बलमा ३० रन जोडे भने आरोन जोन्स ३ रन र मिलिन्ड कुमार २२ रनमा आउट भए ।

हर्मित सिंह शून्यमा एलबिडब्लूको धरापमा पारे । नेपालका दीपेन्द्रसिंह ऐरीले १६ ओभरको पहिलो र दोस्रो बलमा मिलिन्ड र हर्मितलाई आउट गरेका थिए। जससँगै खेलमा नेपाल हाबी भएको थियो। १९औं ओभरमा सोमपाल कामीले १८ रन खर्चिदा अमेरिकालाई अन्तिम ओभरमा ३१ रन चाहिएको थियो।

जसमा दीपेन्द्रले १३ रन खर्चिए। बलिङमा दीपेन्द्रले ३ ओभरमा २७ रन खर्चिदा ३ विकेट लिए। रिजन ढकाल, करण केसी र गुलसन झाले १–१ विकेट लिए । त्यसअघि अमेरिकाको डलासस्थित ग्रान्ड पिएरी क्रिकेट रङ्गशालामा घरेलु टिमले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले नौ विकेटको क्षतिमा १६४ रन बनायो ।

नेपालका लागि रोहित पौडेलले ४९ रन जोडे । इनिङ्ग्सको अन्तिम बलमा रन आउट हुनुअघि रोहितले ३३ बलमा चार चौका र एक छक्का प्रहार गरेका थिए । त्यसअघि ओपनरद्वय अनिल साह र आसिफ शेख २७–२७ रन जोडेर आउट भएका थिए।

कुशल भुर्तेलले १० रन मात्र जोड्न सक्दा गुलसन झा ११ रनमा आउट भए। दिपेन्द्र सिंह ऐरीले १७ बलमा दुई चौका र एक छक्काको मद्दतमा २८ रन जोडे। करण केसी र आरिफ शेख शून्यमा आउट भए भने सोमपाल कामीले दुई रन मात्र जोडे।

नेपालले अन्तिम दुई ओभरको अन्तिम आठ बलमा पाँच विकेट गुमाएको थियो। जसका कारण नेपालले अन्तिम दुई ओभरमा १४ रनमात्र जोड्न सक्यो। बलिङमा अमेरिकाका सौरभ नेत्रभाल्कर, जसदीप सिंह र हर्मित सिंहले दुई दुई विकेट लिए।

दुई देशबीचको दोस्रो खेल नेपाली समयअनुसार आइतबार बिहान हुँदैछ। नेपालले अमेरिकासँग ३ खेलको टि ट्वान्टी आई सिरिज खेलेपछि लिग टु अन्तर्गतको ओडिआई सिरिज खेल्नेछ । त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालसँगै अमेरिका र स्कटल्यान्ड सहभागी रहने छन् ।

क्यानडामा भएको लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिज र त्यसपछि भएको टि ट्वान्टी आई सिरिजको खराब प्रदर्शनलाई सुधार गर्दै नेपालले अमेरिका भ्रमणको सुखद सुरुवात गरेको छ । नेपाल क्रिकेट संघले लिग २ का लागि नेपालका पूर्व प्रमुख प्रशिक्षक पुबुदुु दासानायकेलाई नेपाली टोलीको मेन्टर नियुक्त गरिसकेको छ ।

लिग–२ मा नेपालले अमेरिकासँग २७ अक्टोबर र २ नोभेम्बर (कात्तिक ११ र १७ गते) तथा स्कटल्यान्डसँग २९ अक्टोबर र ४ नोभेम्बरमा (कात्तिक १३ र १९ गते) खेल्नेछ । घरेलु मैदानमा चार खेलमा विजयी भएसँगै यहि संस्करणदेखि लिग–२ मा बढुवा भएको क्यानडा अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

नामिबियामा भएको सिरिजका चारै खेल जितेको अमेरिका पनि अंक तालिकाको दोस्रो स्थानमा छ। अमेरिकासँग समान अंक भएको नेदरल्यान्ड्स अंक तालिकाको तेस्रो स्थानमा रहेको छ। स्कटल्यान्ड ७ खेलबाट ९ अंक जोड्दै पाँचौ स्थानमा छ भने ओमान ८ खेलबाट ६ अंक बटुल्दै छैटौं स्थानमा छ।

नेपाल अंक तालिकाको सातौं स्थानमा छ। नेपालले ८ खेलमा १ खेल मात्र जित निकालेको छ। १ खेल वर्षाले अवरूद्ध हुँदा नेपालले एक अंक पाएको थियो। नेपालले ३ अंक मात्र जोड्न सकेको छ।

नेपाल ६ खेलमा त पराजित भइसकेको छ । अंक तालिकाको पुछारमा रहेको युएईको ७ खेलबाट २ अंक छ । नेपालले विश्वकपमा छनोट हुन्का लागि अब अमेरिकामा पनि चमत्कारिक खेल खेल्नु पर्नेछ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top