×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

पाँच दिनभित्र मेसीका दुई ह्याट्रिक,मियामीलाई कीर्तिमानी अंक

४ कार्तिक २०८१

४ कार्तिक, एजेन्सी ।
सुपरस्टार फुटबलर तथा कप्तान लिओनल मेसीको ह्याट्रिकसँगै इन्टर मियामीले मेजर लिग सकरमा सानदार जित हासिल गरेको छ । अमेरिकन लिग सकरअन्तर्गत इन्टर मियामीले न्यु इंग्ल्यान्डमाथि फराकिलो जित निकालेको छ ।

आइतबार बिहान आफ्नो ३४औं खेल खेलेको मियामीले घरेलु मैदानमा न्यु इंग्ल्यान्डमाथि ६–२ गोलान्तरको जित निकालेको हो । अर्जेन्टिनी फरवार्ड लियोनल मेसीको ह्याट्रिक गोलको सहायतामा मियामीले ऐतिहासिक जित निकालेको हो ।

Advertisement
Advertisement

यो जितसँगै डेभिड बेकह्यामको क्लब मियामीले एमएलएसमा एकै सिजन सबैभन्दा बढी अंक बनाएको हो । यसअघि सन् २०२१ मा मियामीले ७३ अंक जोडेको थियो, तर यसपालि भने मेसीआबद्ध मियामी ७४ अंक बनाउन सफल भएको छ ।

न्यु इंग्ल्यान्डलाई हराउन मियामीको जितमा कप्तान मेसीले ह्याट्रिक गोल गरे । सन् २०२१ मा फ्रेन्च क्लब पिएसजी छोडेर अमेरिका आएका मेसीले मियामीको जर्सीमा भने पहिलो ह्याट्रिक गरेका हुन् ।

खेलको ५७औं मिनेटमा बेन्चबाट मैदान प्रवेश गरेका मेसीले १० मिनेटभित्रै ह्याट्रिक पूरा गरे । उनले खेलको ७९, ८१ र ८९ औं मिनेटमा लगातार गोल गरेका थिए । ३७ वर्षीय मेसीले पाँच दिनभित्र राष्ट्र र क्लबका लागि ह्याट्रिक गोल गरे ।

यसअघि विश्वकपको दक्षिण अमेरिकी छनोटमा बोलिभियाविरुद्ध उनले ह्याट्रिक गोल गरेका थिए । उक्त खेलमा अर्जेन्टिनाले बोलिभियालाई ६–० गोलान्तरले हराएको थियो । यससँगै मेसी तीन फरक टिमबाट सबैभन्दा धेरै गोल गर्ने एकमात्र खेलाडी बने ।

मेसीले स्पेनिस क्लब बार्सिलोनाका लागि ६७२ गोल गरेका छन् भने अर्जेन्टिनाबाट ११२ गोल गरेका छन् । यसैगरी मेसीले इन्टर मियामीका लागि भने ३३ गोल गरेका छन् । यो सिजन एमएलएसमा मेसीले २० गोल गरेका छन् ।

मेसीले राष्ट्र र क्लबका लागि जम्मा ८४९ गोल गरेका छन् । विश्व फुटबलको सर्वाधिक गोलकर्ता क्रिस्टियानो रोनाल्डोभन्दा मात्र ५८ गोलले पछाडि छन् मेसी । पोर्चुगलका कप्तान रोनाल्डोले एक हजार २४५ खेलमा ९०७ गोल गरेका छन् ।

मेसीले एक हजार ७८ खेलमा नै ८४९ गोल गरेका हुन् । ह्याट्रिकतर्फ पनि मेसी रोनाल्डोनजिक छन् । ३९ वर्षीय रोनाल्डोले हालसम्म क्लब र राष्ट्रका लागि जम्मा ६६ वटा ह्याट्रिक गरेका छन् । पाँच पटकका बालोन डी‘ओर विजेता रोनाल्डोका प्रतिद्वन्द्वी मानिने मेसीले ५९ ह्याट्रिक गोल गरेका छन् ।

सर्वाधिक आठ पटकका बालोन डी‘ओर विजेता मेसीले निकट भविष्यमै रोनाल्डोलाई गोल र ह्याट्रिकमा भेट्टाउने सम्भावना छ । न्यु इंग्ल्यान्डसँगको खेलमा मेसीले ह्याट्रिक गोल गर्दा लुइस स्वारेजले दुई तथा बेन्जामिन क्रेमास्कीले एक गोल गरे ।

न्यु इंग्ल्यान्डका लुका लांगोनी र डिलेन बोरेरोले एक–एक गोल गरे ।खेलको दोस्रो मिनेटमा लांगोनी र ३४औं मिनेटमा बोरेरोले गोल गरेपछि पाहुना टोलीले अग्रता बनाएको थियो । खेलको ४०औं र ४३औं मिनेटमा स्वारेजले गोल गरेपछि मियामी बराबरीमा फर्कियो ।

५८औं मिनेटमा बेन्जामिनले गोल गरेर मियामीलाई अग्रता दिलाएका थिए । मेसीले भने १० मिनेटको अवधिमै तीन गोल गरेका थिए । यससँगै शीर्ष स्थानको मियामीले ३४ खेलमा ७४ अंक बनायो । उसले दोस्रो स्थानमा रहेको कोलम्बसलाई १२ अंकले पछि पा¥यो ।

एमएलएसको जारी संस्करणको उपाधि भने मियामीले उचालिसकेको छ । सँगसँगै मियामी २१औं संस्करणको फिफा क्लब विश्वकपमा पनि छनोट भएको छ । यसैबीच फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले इन्टर मियामीले पनि क्लब विश्वकप खेल्ने जानकारी दिएका छन् ।

मेसी समर्थक यो निर्णायको लामो समयदेखि प्रतिक्षा गरिरहेका थिए । मेसीको अपार लोकप्रियताका कारण दक्षिण फ्लोरिडामा केही खेलहरू आयोजना गर्ने पहिले नै तय गरिएको थियो । हरेक चार वर्षमा आयोजना हुने प्रतियोगितामा फिफाका ६ वटा फुटबल कन्फेडेरेसनका ३२ टोलीको सहभागिता रहनेछ ।

सन् २०२५ को जुन १५ मा मियामी गार्डेन्सस्थित हार्ड रक स्टेडियममा हुने प्रतियोगिताको पहिलो खेलमा इन्टर मियामीले प्रतिस्पर्धा गर्नेछ । ’विश्वको उत्कृष्ट क्लबमध्ये एकको रूमा मियामी फिफा क्लब विश्वकप २०२५ मा अमेरिकाको प्रतिनिधित्व गर्न योग्य छ,’ इन्फान्टिनोले भनेका छन् ।

Advertisement

यो प्रतियोगिता जुलाई १३ सम्म चल्नेछ र फाइनल न्यूजर्सीको मेटलाइफ स्टेडियममा हुनेछ, जुन २०२६ को विश्वकप फाइनलको स्थल पनि हो ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top