×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

आजपनि रास्वपाले पोखरा तताउने,हिरासतसम्म पुग्ने

५ कार्तिक २०८१

५ कार्तिक , काठमाण्डौ।

आफ्ना सभापतिलाई प्रतिशोध साँध्दै हिरासतमा राखिएको भन्दै उनको वचाउमा पोखरामा प्रर्दशन गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजपनि प्रदर्शन गर्ने भएको छ ।पृथ्वीचोकमा रास्वपाले आजपनि आफ्ना सभापति रवि लामिछानेको पक्राउको विरोधमा प्रदर्शन गर्नेछ ।

Advertisement
Advertisement

रवि पक्राउ परेपछि देशकै राजनीतिक तंरगित बनिरहेका बेला पोखराको सडकभने तातिएको छ । आइतबार सहिदचोकमा भएको प्रदर्शनमा प्रहरील् बल प्रयोग गरेको थियो । प्रर्दशनलाई नै मध्यनजर राख्दै जारी गरिएको निषेधाज्ञाको उलंघन गरिएको भन्दै प्रहरीलेपानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो ।

लामिछानेलाई पक्राउकै दिनदेखि गणना हुने गरी कास्की अदालतले ६ दिन म्याद थपेको छ । उनी अब बुधबारसम्म प्रहरी हिरासतमा रहने छन् । तर उनी रिहा नहुन्जेलसम्म पोखरा नछाड्ने तयारीमा रास्वपाका शीर्षनेतादेखि कार्यकर्ताहरु देखिएका छन् ।

आन्दोलनकै लागि रास्वपाले प्रत्येक जिल्लाबाट १ सय जनाका दरले पोखरामा उपस्थित हुन उर्दी जारी गरेको छ । शुक्रबार मध्यरातदेखि नै रविलाई पक्राउ गरेपछि सडकमा निस्किएका रास्वपा कार्यकर्ताले दिनहुँ आन्दोलन गरिरहेका छन् ।

रवि पक्राउको विरोधमा रास्वपा सडक आन्दोलनमा छ भने सहकारी पीडितले पनि ठगीमा संलग्न अरुलाई पनि पक्राउ गर्नुपर्ने माग गरिरहेका छन् । अन्य राजनीतिक दलका नेता कार्यकर्ता पनि रवि पक्राउको घटनामा विभक्त भइरहेका छन् ।

नेकपा माओवादीका कार्यकर्ता पनि रास्वपासँग नजिक र सहानुभूति राखिरहेको देखिएको छ भने एमाले–कांग्रेसले सहकारी पीडितका नाममा रवि पक्राउको समर्थन गरिरहेका छन् । रविमाथि यसअघि नै पक्राउ परेका गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशीको मुद्दासँग मिलान हुने गरी अदालतले अनुसन्धान गर्न ६ दिनको म्याद दिएको हो ।

योसँगै अझै ३ दिन रास्वपाका अधिकांश नेता पोखरामै रहेर आन्दोलन चर्काउने तयारी गरिरहेका छन् । रास्वपाको आन्दोलनकै कारण आइतबार दिनभर पर्यटकीय शहर पोखरा तनावग्रस्त भयो ।

रास्वपाले पोखरामा आज पृथ्वीचोकमा जम्मा भएर प्रदर्शन गर्दै पूर्वगृहमन्त्री लामिछानेलाई हिरासतमा राखिएको प्रहरी कार्यालय रहेको गैह्रापाटनसम्म पुग्ने तयारी रहेको रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताएका छन् ।

रास्वपाले पोखरा केन्द्रित आन्दोलन थालेपछि जिल्ला प्रशासन कार्यालयले सुरक्षा चुनौतीको विश्लेषण गरी शहीद चोक र गैह्रापाटन आसपासका क्षेत्रमा निषेधित क्षेत्रसमेत घोषणा गरेको थियो । जिल्ला प्रशासन कार्यालयले शहीद चोक आसपासमा पूर्वतर्फ वाई चोक, उत्तरपूर्वतर्फ मिलन चोक, पश्चिमतर्फ फिस्टेल गेट (बैदाम), उत्तरतर्फ मालपोत कार्यालय, दक्षिणतर्फ मुस्ताङ चोक र दक्षिणपश्चिमतर्फ पर्यटन बोर्डको कार्यालय अगाडि ड्यामसाइडसम्म निषेधित क्षेत्र तोकेको छ ।

यसैगरी गैह्रापाटन आसपासमा पालिखेचोकदेखि नविन माविसम्मको सडक क्षेत्रमा पनि धर्ना, जुलुस, प्रदर्शन गर्न नपाउने गरी निषेधित क्षेत्र तोकेको छ । अब रास्वपाले निषेधित क्षेत्रमै प्रर्दशनको तयारी गरेकाले आजपनि प्रहरीसँग आमनेसामने हुनु पर्ने स्थिति निम्तने आकलन गरिएको छ ।

आइतबार नै रास्वपा कार्यकर्ताहरुले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेपछि प्रहरीले सुरुमा पानीको फोहोरा र पछि अश्रुग्याँस हानेको थियो । प्रदर्शनका क्रममा केही युवामाथि कुटपिट भयो भने एक जनालाई प्रहरीले नियन्त्रणमा पनि लिएको थियो ।

रास्वपाले रविलाई पक्राउ गरेर सरकारले राजनीतिक प्रतिशोध साँधेको बताइरहेका छन् । रवि पक्राउकै विरोधमा उनको रिहाइसहित रास्वपाले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइसकेको छ ।

ज्ञापनपत्रमा रविको ततत्काल रिहाइ, विभिन्न भ्रष्टचार काण्डहरुको छानविन र काग्रेसका उपसभापति धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरललाई तत्काल पक्राउ गर्न माग गरिएको छ ।

Advertisement

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top