×

NEPAL TIMES UPDATES

Playing
अदालतको इजलासमा फिल्म ’लालीबजार’, पुनः सुनुवाइ सुरु || Nepal Times
May 20, 2026
Playing
रेग्मीको बरिष्ठतम् खोसियो, सपनाको कार्यकक्ष सारियो|| Nepal Times
May 20, 2026
Playing
इ*रान यु*द्ध अन्त्य गर्न सीको ४ बुँदे प्रस्ताव, I*S*I*S* र I*S*IL का १७५ लडाकु मा*रिए
May 20, 2026
Playing
इजरायल रोजगारीमा छनोट नभएकाले नयाँ आवेदन दिनुपर्ने || Nepal Times
May 20, 2026
Playing
अन्ततः भारतले खोल्यो नेपाली चिया माथिको अवरोध || Nepal Times
May 20, 2026
Playing
‘प्रश्न किन लिनुहुन्न’ भन्दै Modi लाई प्रश्न सोध्ने पत्रकार ‘भाइरल’ || Nepal Times
May 20, 2026
Playing
मलेसियाविरुद्ध नेपालको संघर्षपूर्ण जित || Nepal Times
May 20, 2026
Playing
Top 15 Afternoon News || May-20-2026 || Nepal Times
May 20, 2026
Playing
नेपाल कालोसूचीमा पर्न लागेको हो? एपिजीको समूहले के भन्यो ? || Nepal Times
May 20, 2026
Playing
मधेशदेखि सुदूरपश्चिमसम्मः सत्ता फेरबदलको नयाँ अध्याय सुरु || Nepal Times
May 20, 2026

१ हजार ८५ सिँढी चढेको थकान क्षणभरमै बिर्साइदिने ‘जेफाले’

९ आश्विन २०७५

मोरङ,असोज ९
तराईको चर्को गर्मीमा समेत सदाबहार चिसो भइरहने ‘जेफाले’को मौसमले पछिल्लो समय आन्तरिक पर्यटकलाई लोभ्याउँदै छ । मोरङमै इलाम बिर्साउने चियाबगान, धनकुटाको भेडेटार बिर्साउने भ्यू टावर र यहाँको मौसमले आन्तरिक पर्यटकहरुलाई जेफालेसम्म डोर्होयाउन थालेको छ । जेफाले डाँडामा छिनछिनमा लाग्ने हुस्सु र कुहिरोले पर्यटकलाई बेग्लै आनन्दको अनुभूति हुने गर्छ ।

समुन्द्री सतहबाट १ हजार ९ सय ७० मिटर उचाईमा रहेको उत्तरी मोरङको केराबारी गाँउपालिकाको सिंहदेवीमा अवस्थित जेफाले डाँडा मोरङ र धनकुटाको सीमामा अवस्थित छ । जेफाले डाँडाबाट पूर्वका १६ ओटै जिल्ला साथै सुर्योदय, सुर्यास्त, विश्वकै अग्लो शिखर सगरमाथादेखि गौरीशङ्कर, मकालुलगायत विभिन्न हिमशृङ्खला देखिनुका साथै तराईका सुन्दर फाँटहरुको दृश्यावलोकन गर्न सकिन्छ ।

Advertisement
Advertisement

भ्यू टावरमा पुग्न १ हजार ८५ सिँढी चढेको थकान र आलस्यता डाँडामा बसेर बादल भित्र लुकामारी खेल्दै चिसो हावामा झुम्नुको आनन्दले क्षणभरमै बिर्साइदिन्छ । डाँडामा ४५ फिट अग्लो चारतले भ्यू टावरको निर्माण पश्चात यहाँ पर्यटकहरुको आगमन बढेको छ ।

तत्कालीन जिविस मोरङको रू. ३६ लाख ५० हजार, धनकुटा जिविसको रू. ५ लाख, पर्यटन कार्यालय काकरभिट्टाबाट रू. २१ लाख र जनश्रमदान गरी कुल रू. ७२ लाखको लागतमा उक्त भ्यू टावर निर्माण गरिएको हो । पछिल्लो समय पर्यटकहरुको सुविधाका लागि यहाँका छ ओटा घरमा होमस्टे समेत शुरु गरिएको छ ।

जेफालेमा सञ्चालित होमस्टेमा स्थानीय उत्पादनमा आधारित खाद्यान्नहरुबाट पाहुनालाई स्वागत गर्ने र हुर्रा नाँचेर सांस्कृतिक मनोरञ्जन प्रदान गर्ने गरिएको छ । जेफालेमा एक दिनमा ५० व्यक्तिलाई बास बस्ने र खाना खुवाउनसक्ने व्यवस्था रहेको छ । होमस्टे शुरु भएपछि यहाँ आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको सामुदायिक होमस्टेका सचिव भीम ठकुरी बताउँछन् ।

मौसमको अनुकूलता हेरी एक महीनामा १५ देखि २५ टोली जेफाले पुग्ने गरेको ठकुरीको भनाइ छ । भौगोलिक विकटताका कारण यात्रामा कठिनाइ भएता पनि जेफालेले दिएको सत्कार, सद्भाव र आनन्दानुभूतिले एक पटक त्यहाँ पुगेका पर्यटक फेरि पनि त्यहाँ पुगिरहन्छन् ।

सुनसरी, मोरङ र धनकुटा क्षेत्रको एकीकृत पर्यटन विकासलाई संयोजन गर्न जेफालेमा पर्यटन सूचना केन्द्र स्थापना भएको छ । सडकको स्तरोन्नती, ञ्चार र सुरक्षाको राम्रो प्रबन्ध गर्न सके जेफाले पूर्वको प्रमुख पर्यटकीय गन्तव्य बन्नेमा दुई मत छैन ।

कसरी पुग्ने जेफाले ?
जेफाले पुग्नका लागि दुई ओटा मुख्य मार्गहरु रहेका छन् । एउटा धनकुटाको भेडेटार, डाँडाबजार, राजारानी हुँदै जेफाले पुग्न सकिन्छ । अर्को चाहीँ पूर्व पश्चिम राजमार्गमा पर्ने मोरङको खोर्सानेदेखि लगभग ३७ किलोमिटर उत्तर पूर्व केही डाँडा काट्दै जोखिमपूर्ण यात्रा गरेपछि ४ घण्टामा सिंहदेवीको जेफाले पुग्न सकिन्छ ।

‘जेफाले डाँडामा प्रदेश सरकारले पाइला टेकेकै छैन’
पर्यटकीय सम्भावना बलियो रहेको जेफालेको विकासमा सरकारको ध्यान पुग्न नसकेको स्थानीयको गुनासो छ । ‘प्रदेश सरकारले दीर्घकालीन योजनामा प्रदेशका पर्यटकीय सम्भावना बोकेको क्षेत्रको पहिचान गरी तिनको विकास गर्ने भन्ने सुनेको छु,’ सामुदायिक होमस्टेका सचिव ठकुरीले भने, ‘तर अहिलेसम्म जेफालेको डाँडामा प्रदेश सरकारले पाइला टेकेकै छैन ।’

सडक, सञ्चार र सुरक्षाको उचित व्यवस्थापन नहुनु अहिलेको मुख्य समस्या रहको ठकुरीको भनाइ छ । ‘सरकारको सहयोग बिना हामी कति अघि बढन सकौला र ?,’ उनले भने, ‘प्रदेशकै समृद्धिको लागि पनि यसलाई सरकारले गम्भिरताका साथ लिन जरुरी छ ।’ पछिल्लो २ वर्षको अन्तरालमा जे जस्तो समस्या देखिएपनि ती चुनौतीलाई चिर्दै जेफाले पुग्नेको सङ्ख्या बढ्दै गएको छ ।

तर सम्भावना भएर पनि त्यसको समूचित उपयोग र त्यसक्षेत्रबाट लिन सकिने प्रतिफल भने अहिलेसम्म लिन नसकिएको स्थानीय नरबहादुर थापा मगरको भनाइ छ । ‘प्रकृतिले हामीलाई निःस्वार्थ यस्तो स्वर्ग दिएको छ, १ घण्टाको फरकमा टण्टलापुर घामलाई बिर्सदै कठ्याग्रिने चिसोको महशुस यहाँ गर्न पाइन्छ भन्ने त हाम्रो मोरङकै धेरैलाई थाहा छैन,’ उनी भन्छन्, ‘अब सबै मिलेर यसको समूचित प्रचारप्रसार र विकास गर्न जरुरी छ ।’

सडक बनाउन स्थानीय तह तात्यो, एकीकृत विकासको योजना अझै बन्न सकेन
सडक पूर्वाधार र सञ्चारको समस्या समाधान गर्न यतिबेला केराबारी गाँउपालिकाले भने कम्मर कसेको छ । केराबारीदेखि जेफालेसम्मको ३९ किलोमिटर सडक मध्ये ११ किलोमिटरमा तत्कालीन मोरङ जिविस र केराबारी गाँउपालिकाले ग्राभेलिङ गरीसकेको छ ।

बाँकी रहेको २८ किलोमिटरको सडकको लागि रू. ८८ करोडको ठेक्का लागी सकेको र अबको १ महीनापछाडि केराबारीतर्फ र जेफाले दुबै तर्फबाट सडक निर्माणको काम शुरु हुने गाँउपालिकाका अध्यक्ष रोहित कार्कीले बताए ।

गाँउपालिकाले आफनो क्षेत्र भित्र रहेका पहिचानमा आएका पर्यटकीय क्षेत्र मध्ये जेफालेलाई प्रमुख प्राथमिकतामा राखेको बताउँदै कार्कीले भने, ‘जेफालेको विकास र प्रवर्द्धनका लागि एकीकृत योजना त बनेको छैन, तर सडक निर्माणका साथै टावरसँगै भगवान शिवको पूर्णकदको ठूलो मूर्ति र वायु उर्जा निकाल्ने योजनालाई गाँउपालिकाले अघि बढाइसकेको छ ।’

Advertisement
Advertisement

वायुउर्जाको सम्भाव्यता अध्ययनका लागि १० लाख बजेट
गाउँपालिका अध्यक्ष कार्कीका अनुसार जेफाले डाँडाबाट वायुुउर्जा उत्पादनको सम्भाव्यता अध्ययनका लागि आर्थिक वर्ष २०७५,७६ मा रू. १० लाख बजेट छुट्याइएको छ । जसको काम शुरु भईसकेको छ । कार्कीले उर्जामन्त्री वर्षमान पुन पनि वायुउर्जाको योजनामा उत्साहित भएको र सहयोगको प्रतिबद्धता जनाएको बताए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top