प्रचण्ड र रविको मिसन सरकारः ओली बारे क्लियर

४ कात्तिक ८१, सोमबार

५ कार्तिक , काठमाण्डौ।
सहकारीको वचत रकम अपचलनको अभियोगमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री ओलीलाई सर्वाधिक भ्रष्टचारीको संज्ञा दिँदै सरकारविरुद्ध खबरदारी गर्न घरघरबाट बाहिर निस्कन अपिल गरेको एक दिन नवित्दै प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समेत प्रधानमन्त्रीको काम भ्रष्टाचारलाई प्रश्रय दिने भएको बताएका छन् ।

सोमबार जुम्ला आएका प्रचण्डले पत्रकार भेटघाटका क्रममा यस्तो बताएका हुन् । उनले व्यवसायी मीनबहादुर गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको दल नेकपा (एमाले) लाई जग्गा दिएको सन्दर्भ कोट्याउँदै यस्तो बताएका हुन् ।

“तपाईंहरूले देख्नुभएकै छ, मेरो नेतृत्वको सरकारले जसलाई राज्यको जमिन जबरजस्ती व्यक्तिको नाममा लाने भनेर कारबाही ग¥यो, जसविरुद्ध अदालतमा मुद्दा चलाइएको छ । त्यस्ताबाट दानको नाममा प्रधानमन्त्री स्वयम्ले जमिन लिने भएपछि प्रधानमन्त्रीको काम भ्रष्टाचारलाई प्रश्रय दिने भएको छ,” उनले भने ।

Advertisement

प्रचण्डले ‘हनीमून पिरियड’ सकिएपछि सरकारको विरोध सुरु हुने बताए । “हनीमून पिरियडसम्म विरोधका कार्यक्रम गरेका छैनौँ । मैले संसद्मा खबरदारी वक्तव्य दिएको मात्रै हो, १०० दिन पुगेपछि विरोध सुरु हुन्छ,” उनले भने, “मैले भनेकै थिएँ– यो सरकार भ्रष्टाचारीलाई बचाउन बनेको हो, भ्रष्टाचारीलाई प्रोमोट गर्न बनेको हो । त्यो देखियो ।”

उनले आफू नेतृत्वको सरकारले राम्रो काम गरेपछि वर्तमान सरकार बनेको दोहो¥याए । “भुटानी शरणार्थी प्रकरणमा मुछिएका व्यक्तिहरूलाई गिरफ्तार गर्न थालिएपछि बूढानीलकण्ठ र बालकोटमा ठूलै भूकम्प गयो । यसपछि यो अस्वाभाविक सरकार बन्यो,” उनले भनेका छन् ।

आइतबार मात्रै रविले कास्की अदालत परिसरमा संचारकर्मीहरुको कुराकानीमा भनेका छन् , “देशको सबैभन्दा ठूलो भ्रष्टाचारी प्रधानमन्त्री ओली नै हुन्। उनको शासनकालमा भ्रष्टाचारको जालो गहिरो र फराकिलो भएको छ।”

उनी थप्दै भन्छन्, “जनताको धनको दुरुपयोग र राज्यकोषको चरम दुरुपयोग ओली नेतृत्वको सरकारले गरेको छ। देशको विकास होइन, आफैंको व्यक्तिगत लाभमा मात्रै उनीहरू लागेका छन्।”

लामिछानेले सरकारलाई पारदर्शिता र जवाफदेहिता देखाउन आग्रह गर्दै न्यायिक प्रणालीलाई आफूविरुद्ध भएको राजनीतिक षड्यन्त्रको भाग बनाउन खोजिएको आरोप पनि लगाएका छन् । उनले सरकारबिरुद्ध सबै जना देशभरबाट आन्दोलनमा उत्रिन आह्वान गरेका छन् ।

केपी ओलीको सरकार रहेसम्म देशले धेरै दुःख पाउने उनले बताएका छन् । ओलीको शासन सत्ता रहेसम्म यस्ता अपराध भइरहने पनि रविले बताएका छन् । उनले भनेका छन् , ‘मलाई न्याय अदालतले दिनेछ, म त्यसमा निर्धक्क छु । तर यो सरकारकोबिरुद्ध सबै जना देशभरबाट उत्रिन आह्वान गर्दछु । मेरो लागि होइन । अदालतले मलाई न्याय दिन्छ । न्यायालयप्रति धेरै नै विश्वास छ । तर केपी ओलीको सरकार रही रहने हो भने यो देशले धेरै दुःख पाउँछ । त्यसैले यो अधिनायकवादी सरकारकाबिरुद्ध यही बेलामा देशैभरबाट जो जो जहाँ जहाँ हुनुहुन्छ, मेरो लागि होइन देशका लागि बाहिर निस्किनुपर्ने बेला आउन सक्छ । यो सरकार रहुन्जेलसम्म यस्तै हर्कत गरिरहन्छ, झुटो मुद्दामा मान्छेलाई फसाउने काम निरन्तर चलिरहन्छ ।’

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top