५ कार्तिक , विराटनगर।
हमासका चिफ याह्या सिनवार मारिएपछि पनि गाजामा इजरायलको भीषण हमला जारी नै छ । त्यहाँ दिनहुँ दर्जनौं मानिसहरु मारिरहेको सूचनाहरु आइरहेका छन् । यसबीच अब इजरायलको पुरै फोकस हमासको कैदमा रहेका बंधकहरु छुटाउनेमा केन्द्रित रहेको बताइएको छ ।
ती बन्धकहरुमा इजरायल समेत २३ देशका नागरिक छन् । सम्भवतः नेपालका विपिन जोशी पनि त्यहाँ हुन सक्छन् । अब इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका लागि ती बन्धकहरुलाई छुटाउन सबैभन्दा ठूलो चुनौती रहेको छ । तर इजरायलले यो चुनौतीबाट पार पाउने फर्मुला निकालेको छ ।
अब उसले हमास चिफ याह्ना सिनवारको डेड बडीको बदलामा ती बन्धकहरुको रिहाइका लागि शर्त राख्ने चर्चा छ । इजरायली सेनाले सिनवारको शव एक अज्ञात स्थानमा राखेको छ । नेतन्याहुले आफ्नो हालैको एक बयानमा १०१ बन्धकहरुको चर्चा गरेका थिए ।
अर्थात इजरायललाई थाहा छ कि हमाससंग अझै १०१ जना बन्धकहरु रहेका छन् । तर तिनलाई कहाँ राखिएको छ भन्ने चाँही पत्ता लागेको छैन । अहिले नै त बन्धकहरुलाई छुटाउने प्रयास अगाडि बढेको देखिदैन तर अब यसका याह्या सिनवारको शवलाई इजरायलले सट्टापट्टाका रुपमा प्रयोग गर्न सक्छ ।
इजरायली अधिकारीहरु यसमा विमर्श गरिरहेका छन्, कि कुनरुपले सिनवारको शव र अवशेषहरुबाट फाइदा उठाउन सकिन्छ । किनभने याह्या सिनवारको मृत्युपछि अब झनै बन्धकहरुलाई खतरा रहेको इजरायली सेनाले महसुस गरेको छ ।
गत महिनमात्रै रफाहाको तेल अल सुल्तानमा ६ बन्धकहरुलाई हमासले हत्या गरेको थियो । सीएनएनलाई दुई इजरायली सूत्रले दिएको सूचनाअनुसार १२ सयभन्दा धेरै मानिसहरुको नरसंहार र २५० भन्दा धेरै मानिसहरुको अपहरणका लागि जिम्मेवार रहेको हमास नेताको सौदा बन्धकहरुको फिर्ताका लागि महत्वपूर्ण सावित हुनसक्छ ।
एक इजरायली कुटनीतिज्ञका अनुासर ‘यदी हमासले सिनवारको शवको बदलामा मृत वा जीवित इजरायलीहरुलाई छोड्न चाहे भने ठिक हुनेछ । एक स्रोतले सीएनएनलाई भनेका छन्, सिनवारको शव गाजा फिर्ता जान सक्छ वा सक्दैन अब यही डिलमा निर्भर हुनसक्छ । नत्र त उनको शव दिने प्रश्न नै आउँदैन’ ।
सिनवारको मृत्युले इजरायली नेतृत्वलाई केही आशा जागेको छ कि नोभेम्बरमा सम्झौतामा राखिएको शर्तहरु वा त्यसपछिका प्रस्तावहरुमा राखिएका शर्तहरु बिना नै अब बन्धकहरुलाई रिहा गर्न सकिनेछ ।
यसैबीच प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले विहीबार जारी गरेकोे संदेशमा हमासलाई बचन दिएका छन् कि यदी उनीहरुले बन्धकहरुलाई फिर्ता गरे भने उनीहरुलाई गाजा छाड्न र बाहिर गएर बस्न अनुमति दिइनेछ ।
यस्तोमा अब हेर्न बाँकी छ कि हमासले आफ्ना नेताको शबको बदलामा बन्धकहरुलाई छाड्छन् वा यो भन्दा फरक रणनीति अपनाउछन् । यसैबीच इजराइली विदेश मन्त्री काट्जले लेबनानमा रातभरी ठूलो परिमाणमा हमला गरिएको बताएका छन् ।
ती हमलाहरुमा हिज्बुल्लाहका वित्तीय ठेगानाहरुलाई निशाना बनाइएको इजराइली विदेश मन्त्रीले दाबी गरेका छन् । सामाजिक संजाल ‘एक्स’ मा एक पोस्ट गर्दै काट्जले लेखेका छन्, “ गएराति बेरूत र पूरै लेबनानमा हिज्बुल्लाहका वित्तीय ढांचालाई निशाना बनाएर ठूलो परिमाणमा इजरायलले हमला गरेको छ ।
बेरूतको आकाशमा पनि भीषण आगो देखिएको थियो”, उनले लेखेका छन् । उनले लेखेका छन् बेरूतमा १५ भवनहरुलाई निशाना बनाइयो र यो ठाउँहरुलाई खाली गर्न पहिला नै चेतावनी दिइएको थियो ।
इजरेली सेनाले बेइरुतका १४ स्थानसहित लेबननका विभिन्न २० वटा क्षेत्रमा बसोबास गरिरहेका मानिसहरूलाई रातभरि आक्रमण हुने चेतावनी दिएको थियो । खासमा इजरायलले हिज्बुल्लाहलाई सहयोग गर्ने बैंक तथा अन्य संस्थाहरुलाई उडाएको हो ।
लेबननको सरकारी समाचारसंस्था एनएनएले पूर्वी बेका उपत्यकासहितका स्थानमा अल–कार्द अल–हसन ब्याङ्कका केही शाखाहरूमा आक्रमण भएको जनाएको छ । बेइरुतस्थित रफिक हरारी अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको ब्याङ्कको शाखामा पनि इजरेलले आक्रमण गरेको विवरण आएको छ ।
विमानस्थलनजिकै विस्फोट भएको स्थानबाट धूवाँ उडिरहेको भिडिओ सार्वजनिक भएको छ । लेबननमा उक्त ब्याङ्कका ३० भन्दा धेरै शाखा छन् । तीमध्ये १५ वटा बेइरुतमा घना बस्ती भएका स्थानमा रहेको समाचारसंस्था रोएटर्सले जनाएको छ ।
इजरेलले उक्त ब्याङ्कले हिज्बुल्लाहलाई आर्थिक सहयोग गरेको आरोप लगाएको छ । अमेरिकाले पनि हिज्बुल्लाहले आफ्नो वित्त व्यवस्थापनका लागि उक्त ब्याङ्क प्रयोग गरेको दाबी गर्दै आएको छ । काट्जले लेखेका छन्, हिज्बुल्लाहले उत्तरी इजराइलमा आफ्नो रकेटबाट गरेको हमलाको भारी मूल्य चुकाएको छ र आगामी दिनमा पनि चुकाइरहने छ ।
हामी इरानको समर्थन रहेको यो गुटमाथि त्यतिबेलासम्म हमला गरिरहन्छौ जबसम्म त्यसको अन्त्य हुँदैन । यसबीच आईडीएफका प्रवक्ताले आउँदा दिनमा इरानले हिजबुल्लाहलाई कसरी आर्थिक सहयोग गर्छ भन्ने कुरा सबै सामु ल्याउने पनि बताएका छन् ।
हिज्बुल्लाहले पनि इजरेली सैन्य शिविरहरूलाई लक्षित गर्दै थप रकेट प्रहार गरिएको जनाएको छ । सो समूहले दक्षिणी लेबननमा इजरेली सैनिकहरूमाथि आफूले आक्रमण गरेको दाबी गरेको छ । इजरेली सेनाले पनि आइतवार साँझ विगत २४ घण्टामा उत्तरी इजरेलमा दर्जनौँ रकेट प्रहार गरिएको जनाएको थियो ।
इजरायल र इरानबीच संघर्ष चलिरहँदा यसैबीच भारतका प्रधानमंत्री नरेंद्र मोदी र इरानी राष्ट्रपति मसूद पेजेशकियनले ब्रिक्स शिखर सम्मेलनका क्रममा भेटवार्ता गरेका छन् । ब्रिक्स शिखर सम्मेलनका क्रममा पश्चिम एशियाको स्थितिबारेको चर्चा एक प्रमुख मुद्दा हुने संभावना देखिएको छ ।
टाइम्स अफ इंडियाले आफ्नो रिपोर्टमा भनेको छ कि पेजेशकियनसंगको बैठकमा मोदीले संभावित गाजा युद्ध विरामको मुद्दा उठाउने छन् र यो संघर्षलाई व्यापक पश्चिम एशियाली क्षेत्रमा फैलनबाट रोक्ने आवश्यकतामा जोड दिनेछन् ।
यसअघि सेप्टेम्बरमा मोदीले पश्चिम एशियाको तनावका बारेमा इजरायलका प्रधानमंत्री बेंजामिन नेतन्याहूसंग पनि छलफल गरेका थिए र आतंकवादको निंदा गरेका थिए । भारतीय प्रधानमंत्री अक्टूबर २०२३ मा इजरायलमा हमासको हमलाको निंदा गर्ने पहिलो विश्व नेताहरुमा एक थिए ।
यद्यपि, भारतले पूर्ण युद्ध विरामको आह्वान गरेको थियो । र जारी इजरायल–प्यालेस्टाइन युद्धका अन्त्यका लागि “दुई–राज्य समाधान” मा समर्थन व्यक्त गरेको छ । यसबारे आफ्ना टिप्पणी अवस्य ब्यक्त गर्नुहोला ।
ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।