×

NEPAL TIMES UPDATES

Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026
Playing
मन्त्रीहरूको वरीयतामा हेरफेर, डेपुटी गभर्नर र योजना आयोगमा नियुक्ति|| Nepal Times
Apr 07, 2026
Playing
America Iranमा अल्झिदा Chinaको बाटो खुला, ताइवानीहरु देश छाड्दै || Nepal Times
Apr 07, 2026
Playing
हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक || Nepal Times
Apr 07, 2026
Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026
Playing
डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिने || Nepal Times
Apr 07, 2026
Playing
‘इस्लामाबाद सम्झौता’ प्रस्तावमा के छ ? || Nepal Times
Apr 07, 2026
Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026

रविको बोलीले ओलीलाई भत्भती पोल्यो,भने म स्टन्ट गर्दिन

६ कार्तिक २०८१

६ कार्तिक , काठमाण्डौ ।
सहकारीको वचत रकम अपचलन गरेको अभियोगमा सहकारी ठगी र संगठित अपराधको मुद्दामा प्रहरीले आफ्ना सभापति रवि लामिछानेलाई गिरफ्तार गरेपछि रास्वपा समर्थकहरु सडकमा उत्रिएका छन् । रास्वपाका शीर्ष नेताहरुले नै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्का नाराबाजी लगाइरहेका छन् ।

यति मात्रै होइन प्रधानमन्त्रीको पुत्ला बनाएर नारायणीमा फाल्ने सम्मका गतिविधीहरु भएका छन् । प्रधानमन्त्रीको पुत्लादहन भने रविको निर्वाचन क्षेत्र रहेको चितवमा देखिएको हो । चितवनको नारायणी पुलमाथि प्रधानमन्त्रीको पुत्लासहित उनीविरुद्ध नाराबाजी भइरहेको र त्यो पुत्लालाई नारायणीमा खसालिएको भिडियो सामाजिक संजालमा भाइरस बनिरहेको छ ।

Advertisement

यो पुत्लादहन प्रति राष्ट्रिय स्वतन्त्र पार्टीले भने अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन् । यस्तै स्वयम रविले नै प्रधानमन्त्रीविरुद्ध निक्कै आक्रोशित अभिब्यक्ति दिएका छन् । उनले देश र जनताका लागि प्रधानमन्त्री ओली नेतृत्वमो सरकार रहुन्जेल सधै दुःख मात्रै भइरहने भन्दै सरकारविरुद्ध उत्रिन आह्वान गरेका छन् ।

उनले प्रधानमन्त्री ओलीको नामै किटान गरेर सबैभन्दा ठूलो भ्रष्टचारीको संज्ञा दिएका छन् । त्यसअघि रविले पक्राउ पर्नु अघि तयार पारेको एक भिडियो सन्देशमा मार्फत् झनै ‘सरकार म¥यो, हामीलाई जुठो प¥यो’ भनेका छन् ।

त्यो भिडियो सन्देशमा लामिछानेले तस्करले दिएको तीन करोडको घडी हातमा लगाएर ओलीले आफ्नो हातमा हतकडी लगाएको आरोप पनि लगाएका थिए । ‘तपाईं विचौलियाको सेवा गरेबापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने?’ लामिछानेको प्रश्न थियो, ‘तपाईं प्रमाणित भ्रष्टाचारीबाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने, मैले ठगीको आरोप खेपि दिनुपर्ने?’ ‘तिमीहरु राज्यका भएभरको शक्ति लगाएर अनुसन्धान गर्दापनि केही भेट्दैनौ, अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चढ्नु पर्ने?’ उनले ओलीसँग प्रश्न गरेका थिए, ‘तिमी र तिम्रा नेता मिलेर सहकारीबाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनु पर्ने?’

भाटभटेनीबाट जग्गा दान लिएको मुद्दा मोड्नपनि आफूलाई पक्राउ गरिएको लामिछानेको आरोप थियो । ‘ओलीजी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याएँ, तिनै भ्रष्टाचारी जोगाउन तपाईंले त्यही अफर रातारात विचौलियालाई साक्षी राखेर लिनुभो’ उनले भनेका थिए, ‘वाचा स्वरुप तपाईंले मेरो बली चडाउने सम्झौता त्यसै रात गर्नु भएको थियो।’ अन्य प्रतिपक्षी दलका नेताहरुका साथ बालुवाटार पुगेका प्रचण्डले ‘लामिछानेलाई गिरफ्तार गर्ने सरकारले आफ्नो नजिककालाई किन संरक्षण गरेर बसेको छ?’ भन्ने प्रश्न गरेका छन् ।

यी विषयहरुको वेदना प्रधानमन्त्रीले सोमबार साझ बालुवाटार पुगेका विपक्षी दलका नेताहरुसँग पोखेका हुन् । भेटमा विपक्षी दलका नेता प्रचण्डले लामिछानेको गिरफ्तारीको सन्दर्भमा प्रश्न उठाएपछि ओलीले आक्रोश पोखेका छन् । पक्राउ पर्नुअघि लामिछानेको ‘सरकार मरेकाले आफूलाई जुठो परेको’ भन्ने भनाईप्रति आक्रोश पोखे ।

‘आज म मरेँ, मेरो दाहसंस्कार गरियो, मलामी फर्कंदै होलान’ ओलीले लामिछानेको भनाईप्रति आक्रोस पोख्दै भने, ‘को–को किरिया बसे? म पनि किरिया बस्न जानुपर्ने हो कि?’ यति भन्दै ओलीले प्रश्न गरेका थिए, ‘यो के संस्कार हो?’ लामिछानेको भनाईलाई ओलीले संस्कारहीन करार दिएका थिए ।

उनले लामिछानेलाई कसैको दबाब वा आग्रहमा नभई अनुसन्धान गर्ने निकायबाट प्रक्रियागतरुपमा पक्राउ गरिएको बताए । ओलीले संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा सहकारीसम्बन्धी अनियमितताका सम्बन्धमा अनुसन्धान अघि बढेको उल्लेख गरेका छन् ।

Advertisement

उनले भनेका छन्, “मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन । मेरो कसैसँग दुराभाव छैन । मलाई केही लिनु–दिनु छैन । मैले त व्यक्ति तोकेर संसदीय छानबिन समिति गठन नगरौँ भनेको थिएँ । अरु दल र स्वयं रविजीले गठन गरौँ भनेपछि समिति गठन भयो । समितिको प्रतिवेदन आएपछि कार्यान्वयन गर्नु सरकारको दायित्व हो ।’, प्रधानमन्त्री ओलीले भने, “मुख्य कुरा हामीले विधि र पद्धतिलाई मान्नुपर्छ र स्थापित गर्नुपर्छ, हामीलाई प्रतिगमन कुनै हालतमा स्वीकार्य छैन । लोकतान्त्रिक पद्धतिलाई छोड्न सकिँदैन । अहिले कतिपय ठाउँमा मलाई तानाशाह भनेर अवाञ्छित गालीगलौज गरिएको छ । थप तिक्तता नहोस् भनेर मैले कुनै जवाफ दिएको छैन । मलाई कुनै स्टन्टबाजी गर्नु छैन । साथीहरुले पनि त्यसो गर्नु राम्रो होइन ।’

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top