NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी बिहिबार अशोज २ , २०८२
नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ? बिहिबार अशोज २ , २०८२
सुशीला कार्की र नरेन्द्र मोदीबिच टेलिफोनमा के कुरा भयो ? बिहिबार अशोज २ , २०८२
माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम बिहिबार अशोज २ , २०८२
Next
Prev

समाचार

रविको बोलीले ओलीलाई भत्भती पोल्यो,भने म स्टन्ट गर्दिन

मङ्लबार कार्तिक ६ , २०८१
Reading Time: 1 min read
A A
रविको बोलीले ओलीलाई भत्भती पोल्यो,भने म स्टन्ट गर्दिन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

६ कार्तिक , काठमाण्डौ ।
सहकारीको वचत रकम अपचलन गरेको अभियोगमा सहकारी ठगी र संगठित अपराधको मुद्दामा प्रहरीले आफ्ना सभापति रवि लामिछानेलाई गिरफ्तार गरेपछि रास्वपा समर्थकहरु सडकमा उत्रिएका छन् । रास्वपाका शीर्ष नेताहरुले नै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्का नाराबाजी लगाइरहेका छन् ।

यति मात्रै होइन प्रधानमन्त्रीको पुत्ला बनाएर नारायणीमा फाल्ने सम्मका गतिविधीहरु भएका छन् । प्रधानमन्त्रीको पुत्लादहन भने रविको निर्वाचन क्षेत्र रहेको चितवमा देखिएको हो । चितवनको नारायणी पुलमाथि प्रधानमन्त्रीको पुत्लासहित उनीविरुद्ध नाराबाजी भइरहेको र त्यो पुत्लालाई नारायणीमा खसालिएको भिडियो सामाजिक संजालमा भाइरस बनिरहेको छ ।

यो पुत्लादहन प्रति राष्ट्रिय स्वतन्त्र पार्टीले भने अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन् । यस्तै स्वयम रविले नै प्रधानमन्त्रीविरुद्ध निक्कै आक्रोशित अभिब्यक्ति दिएका छन् । उनले देश र जनताका लागि प्रधानमन्त्री ओली नेतृत्वमो सरकार रहुन्जेल सधै दुःख मात्रै भइरहने भन्दै सरकारविरुद्ध उत्रिन आह्वान गरेका छन् ।

LS Auto

उनले प्रधानमन्त्री ओलीको नामै किटान गरेर सबैभन्दा ठूलो भ्रष्टचारीको संज्ञा दिएका छन् । त्यसअघि रविले पक्राउ पर्नु अघि तयार पारेको एक भिडियो सन्देशमा मार्फत् झनै ‘सरकार म¥यो, हामीलाई जुठो प¥यो’ भनेका छन् ।

त्यो भिडियो सन्देशमा लामिछानेले तस्करले दिएको तीन करोडको घडी हातमा लगाएर ओलीले आफ्नो हातमा हतकडी लगाएको आरोप पनि लगाएका थिए । ‘तपाईं विचौलियाको सेवा गरेबापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने?’ लामिछानेको प्रश्न थियो, ‘तपाईं प्रमाणित भ्रष्टाचारीबाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने, मैले ठगीको आरोप खेपि दिनुपर्ने?’ ‘तिमीहरु राज्यका भएभरको शक्ति लगाएर अनुसन्धान गर्दापनि केही भेट्दैनौ, अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चढ्नु पर्ने?’ उनले ओलीसँग प्रश्न गरेका थिए, ‘तिमी र तिम्रा नेता मिलेर सहकारीबाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनु पर्ने?’

भाटभटेनीबाट जग्गा दान लिएको मुद्दा मोड्नपनि आफूलाई पक्राउ गरिएको लामिछानेको आरोप थियो । ‘ओलीजी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याएँ, तिनै भ्रष्टाचारी जोगाउन तपाईंले त्यही अफर रातारात विचौलियालाई साक्षी राखेर लिनुभो’ उनले भनेका थिए, ‘वाचा स्वरुप तपाईंले मेरो बली चडाउने सम्झौता त्यसै रात गर्नु भएको थियो।’ अन्य प्रतिपक्षी दलका नेताहरुका साथ बालुवाटार पुगेका प्रचण्डले ‘लामिछानेलाई गिरफ्तार गर्ने सरकारले आफ्नो नजिककालाई किन संरक्षण गरेर बसेको छ?’ भन्ने प्रश्न गरेका छन् ।

यी विषयहरुको वेदना प्रधानमन्त्रीले सोमबार साझ बालुवाटार पुगेका विपक्षी दलका नेताहरुसँग पोखेका हुन् । भेटमा विपक्षी दलका नेता प्रचण्डले लामिछानेको गिरफ्तारीको सन्दर्भमा प्रश्न उठाएपछि ओलीले आक्रोश पोखेका छन् । पक्राउ पर्नुअघि लामिछानेको ‘सरकार मरेकाले आफूलाई जुठो परेको’ भन्ने भनाईप्रति आक्रोश पोखे ।

‘आज म मरेँ, मेरो दाहसंस्कार गरियो, मलामी फर्कंदै होलान’ ओलीले लामिछानेको भनाईप्रति आक्रोस पोख्दै भने, ‘को–को किरिया बसे? म पनि किरिया बस्न जानुपर्ने हो कि?’ यति भन्दै ओलीले प्रश्न गरेका थिए, ‘यो के संस्कार हो?’ लामिछानेको भनाईलाई ओलीले संस्कारहीन करार दिएका थिए ।

उनले लामिछानेलाई कसैको दबाब वा आग्रहमा नभई अनुसन्धान गर्ने निकायबाट प्रक्रियागतरुपमा पक्राउ गरिएको बताए । ओलीले संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा सहकारीसम्बन्धी अनियमितताका सम्बन्धमा अनुसन्धान अघि बढेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, “मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन । मेरो कसैसँग दुराभाव छैन । मलाई केही लिनु–दिनु छैन । मैले त व्यक्ति तोकेर संसदीय छानबिन समिति गठन नगरौँ भनेको थिएँ । अरु दल र स्वयं रविजीले गठन गरौँ भनेपछि समिति गठन भयो । समितिको प्रतिवेदन आएपछि कार्यान्वयन गर्नु सरकारको दायित्व हो ।’, प्रधानमन्त्री ओलीले भने, “मुख्य कुरा हामीले विधि र पद्धतिलाई मान्नुपर्छ र स्थापित गर्नुपर्छ, हामीलाई प्रतिगमन कुनै हालतमा स्वीकार्य छैन । लोकतान्त्रिक पद्धतिलाई छोड्न सकिँदैन । अहिले कतिपय ठाउँमा मलाई तानाशाह भनेर अवाञ्छित गालीगलौज गरिएको छ । थप तिक्तता नहोस् भनेर मैले कुनै जवाफ दिएको छैन । मलाई कुनै स्टन्टबाजी गर्नु छैन । साथीहरुले पनि त्यसो गर्नु राम्रो होइन ।’

Tags: # प्रधानमन्त्रीको पुत्ला नारायणीमा‘

लोकप्रीय

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२

विचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२

थप समाचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै
ताजा समाचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी
अन्तर्राष्ट्रिय

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी
अन्तर्राष्ट्रिय

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२
प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै
अन्तर्राष्ट्रिय

सुशीला कार्की र नरेन्द्र मोदीबिच टेलिफोनमा के कुरा भयो ?

बिहिबार अशोज २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

00:17:46

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.