×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

विश्वकप लिग–२मा नेपाल भर्सेस अमेरिकाःयस्तो छ हेड टु हेड

११ कार्तिक २०८१

११ कार्तिक ,काठमाण्डौ।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजको आफ्नो पहिलो खेलमा आज अमेरिकामा नेपालले र अमेरिकासँग भिड्दै । स्कटल्यान्ड सम्मिलित त्रिदेशीय एक दिवसीय सिरिज अन्तिमबाट दोस्रो स्थानमा रहेको नेपालका लागि आगामी विश्वकपमा पुग्नका लागि समेत निक्कै महत्वपूर्ण रहेको छ ।

Advertisement

अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरि स्टेडियममा हुने खेल राति सवा ९ बजे सुरु हुनेछ। सिरिजमा पहिलो खेल खेल्न लागेको नेपाली टोली सुःखद सुरुवात गर्ने योजनामा छ। उता आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग १० विकेटले पराजित भएको अमेरिका नेपाललाई पराजित गर्दै पहिलो जितको खोजीमा हुनेछ।

क्यानडामा सिरिज खेलेर अमेरिका पुगेको नेपाली टोली त्यहाँ तीन खेलको टी–२० सिरिज खेलेको थियो। तीन खेलको सिरिजमा नेपालले क्लीनस्विप गरेको थियो। तर अमेरिका ए सँगको एक दिवसीय अभ्यास खेलमा भने नेपाली टोली पराजित भएको थियो।

पछिल्लो समय ओडीआईमा खराब प्रर्दशन गर्दै आएको नेपाली टोली पुराना नतिजालाई बिर्सेर सिरिजमा नयाँ सुरुवात गर्ने योजनामा रहेको छ । नेपाल र अमेरिका हालसम्म ओडिआईमा ७ पटक आमने सामने भएका छन् ।

जसमा ४ खेलमा नेपालले जित हात पार्दा २ मा पराजित भएको छ । नेपाल र अमेरिकाबीचको १ खेल भने बराबरीमा सकिएको छ । नेपालले घरेलु भुमीमा अमेरिकाविरुद्ध खेलेको दुई खेलमा शतप्रतिशत जित निकालेको छ ।

अमेरिकाको घरेलु भुमीमा भने नेपालले १ खेलमा हार र १ मा बराबरीको नतिजा निकालेको थियो । तथस्ट भुमिमा भएको खेलमा भने नेपालले १ मा हार र २ मा जित निकालेको छ । नेपाल र अमेरिकाबीच भएको पछिल्लो खेलमा नेपालले जित हात पारेको थियो ।

जिम्बाब्वेमा गत वर्ष भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो । सो खेलमा अमेरिकाले दिएको २ सय ८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो ।

आईसीसी विश्वकप लिग–२ मा ८ खेल खेलिसकेको नेपाली टोलीले एक खेलमा जित निकालेको छ। लिगका ८ खेलमा ६ खेलमा हार भोगेको नेपाल ३ अंकमा तालिकाको सातौँ स्थानमा छ।

नेपालभन्दा एक खेल कम खेलेको यूएई २ अंकमा पुछारमा छ। लिग–२ मा सबैभन्दा धेरै खेल खलेको क्यानडा शीर्ष स्थान र नामिबिया पाँचौँ स्थानमा छन्। लिगका १२ खेलमा ८ खेलमा जित र ४ खेलमा हार भोगेको क्यानडा १६ अंकमा तालिकाको शीर्ष स्थानमा छ।

लिगमा ९ खेलेको अमेरिका ६ खेलमा जित र ३ खेलमा हार भोग्दै १२ अंकमा तालिकाको दोस्रो स्थानमा छ। समान १२ अंक भएपनि अमेरिकाभन्दा एक खेल कम खेलेको नेदरल्यान्ड्स तेस्रो स्थानमा छ।

लिगमा ८ खेलेको स्कटल्यान्ड ५ खेलमा जित र २ खेलमा हार भोग्दै ११ अंकमा तालिकाको चौथो स्थानमा छ। १० अंकमा नामिबिया पाचौँ र ६ अंक भएको ओमान छैटौँ स्थानमा छ। सिरिजकै लागि लेग स्पीनर सन्दीप लामिछाने अमेरिका पुगिसकेका छन्।

सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा गरिसकेको छ। नेपाली टोलीमा रोहितसहित कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् ।

देव खनाल र सागर ढकाललाई भने रिजर्भमा राखिएको छ । नेपाली क्रिकेट टीम क्यानडामा लिग २ र त्यसपछिको टी २० सिरिजसहित केही मैत्रीपूर्ण अभ्यास खेल खेलेर अमेरिका प्रस्थान गरेको हो ।

नेपालको क्यानडा भ्रमण भने उपलब्धिपूर्ण हुन् सकेन् ।क्यानडामा नेपालले हासिल गरेको उपलब्धि भनेको एक खेल वर्षाका कारण अवरुद्ध भएपछि पाएको अंक मात्रै हो । लिग–२ मा नेपालले अमेरिकासँग २७ अक्टोबर र २ नोभेम्बर अर्थात आज कात्तिक ११ र यही १७ गते तथा स्कटल्यान्डसँग २९ अक्टोबर र ४ नोभेम्बरमा यहीम मंगलबार कात्तिक १३ र १९ गते खेल्नेछ ।

Advertisement

टि–२० आई सिरिज अघि भएको लिग टु मा पनि क्यानडाले चार खेलमा शत प्रतिशत नतिजा निकालेको थियो । क्यानडा भ्रमणमा कुनै पनि खेलमा नेपालले क्यानडालाई पराजित गर्न सकेन् । अमेरिकामा नेपालले क्यानडाको गल्ती सुधार गर्दै जितको लक्ष्य बोकेको छ ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top