NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
भारतको सिमलामा गाडी दुर्घटनाः ४ नेपालीको मृत्यु, २ घाइते मङ्लबार भदौ ३१ , २०८२
प्रधानमन्त्रीको काँधमा १५ मन्त्रालय, एक्सनमा ३ मन्त्री मङ्लबार भदौ ३१ , २०८२
युएईले अचानक किन रोक्यो नेपालीलाई भिसिट भिसा ? मङ्लबार भदौ ३१ , २०८२
सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ? आइतवार भदौ २९ , २०८२
Next
Prev

समाचार

भारतको टाउको दुखेको चुच्चे नक्साको नोट चीनमा छापिने

आइतवार कार्तिक ११ , २०८१
Reading Time: 1 min read
A A
भारतको टाउको दुखेको चुच्चे नक्साको नोट चीनमा छापिने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

११ कार्तिक , काठमाण्डौ ।
संविधान संशोधन गरेर नेपाली अतिक्रमित भूमिसहितको चुच्चे नक्सा जारी भएको ४ वर्षपछि चुच्चे नक्सा अंकित गरेर पहिलो पटक नयाँ नोट छाप्न लागिएको छ । प्रचण्ड नेतृत्वको सरकारले नै चुच्चे नक्सासहितको नोट छाप्ने निर्णय गरेपछि अहिले आएर यसको कार्यान्वयन भएको हो ।

जसको जिम्मा चीनले पाउने भएको छ । नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्ले गत वैशाखमा नेपाल राष्ट्र बैंकलाई १०० रुपैयाँ दरको नोटको डिजाइन परिर्वतन गर्ने स्वीकृति दिएको थियो ।

७ जेठ २०७७ मा संविधान संशोधन मार्फत नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेत समेटेर नेपालको नयाँ नक्सा जारी गरेको थियो । १०० रुपैयाँ दरको नेपाली नोटमा नेपालको नक्सा अंकित भएकोले डिजाइन संविधान संशोधनसँगै १०० रुपैयाँ दरको नोटको डिजाइन पनि परिवर्तन गर्नुपर्ने भएको थियो ।

नेपाल राष्ट्र बैंक ऐन अनुसार नोट छपाइ डिजाइन नेपाल राष्ट्र बैंकले नै गर्दा आएको छ । तर, नोटको डिजाइन र साइज परिवर्तन गर्नुपर्ने भएमा नेपाल सरकारको स्वीकृत लिनुपर्ने व्यवस्था छ ।

सोही अनुसार नेपाल सरकार मन्त्रिपरिषद् गत वैशाखमा चुच्चे नक्सा अंकित गर्ने गरी १०० रुपैयाँ दरको नोटको डिजाइन परिवर्त गर्ने गरी स्वीकृति दिएको थियो । अब डिजाइन परिवर्तन गरी चुच्चे नक्सा अंकित १०० दरको नयाँ नोट छपाइ गरी नेपाल राष्ट्र बैंकलाई डेलिभरी गर्ने जिम्मा चिनियाँ कम्पनीले पाएको हो ।

आइतबार एक सूचना प्रकाशित गर्दै चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनले नोट छाप्ने टेन्डर प्राप्त गरेको राष्ट्र बैंकले जनाएको छ । ग्लोबल टेन्डरमा चिनियाँ कम्पनीले ठेक्का प्राप्त गरेपछि कम्पनीसँग आशयपत्र माग गरिएको हो ।

१०० दरको ३० करोड थान नोटको डिजाइन, छपाइ, सप्लाई र डेलिभरी गर्न केन्द्रीय बैंकले कम्पनीसँग आशयपत्र माग गरेको छ । ८९ लाख ९६ हजार ५९२ अमेरिकी डलरमा उक्त नोट छापिने भएको छ ।

हालको विनियम दर अनुसार १३४ रुपैयाँ ८४ पैसा अनुसार १ अर्ब २१ करोड ३१ लाख ४६५ रुपैयाँ पर्न आउँछ । यस अनुसार १०० रुपैयाँ दरको १ एउटा नोट छाप्ने ४ रुपैयाँ ०४ पैसा लागत पर्न आउने देखिन्छ ।

नेपालले २०७८ सालमा नै सिक्काहरूमा चुच्चे नक्सा राख्न सुरु गरेको भए पनि पहिलो पटक नोटमा पनि त्यसलाई समावेश गर्ने निर्णय केही महिनाअघि गरेको थियो । नेपालले जारी गर्ने विभिन्न नौ दरका मध्ये १०० रुपैयाँको नोटमा मात्रै देशको नक्सा राखिएको छ ।

साधरणतया एउटा चक्रमा नोटको छपाइ गर्दा तीनदेखि साढे तीन वर्षसम्म पुग्ने हिसाबले छपाइ गर्ने गरिएको राष्ट्र ब्याङ्कका अधिकारीहरू बताउँछन् । आर्थिक वर्ष २०७८÷७९ मा १०० रुपैयाँ दरका १६ करोड थान नोट छपाइ भएर ब्याङ्कको ढुकुटीमा दाखिला भएको केन्द्रीय ब्याङ्कको एउटा प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नेपालले इन्डोनेशिया, अस्ट्रेलिया, फ्रान्स, यूकेसहित विभिन्न देशहरूमा नोट छापेको इतिहास छ । राष्ट्र ब्याङ्कले चीनमा पनि मुद्राको छपाइ गर्दै आएको छ । यसअघि पनि ५० र १०० रुपैयाँबाहेक सबै दरका नोटहरू चीनको ’चाइना ब्याङ्कनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेशन’ले छाप्दै आएको अधिकारीहरू बताउँछन् ।

रु ५० का नोट फ्रान्समा र रु १०० का नोट भने यूकेमा छापिँदै आएका थिए । तर उक्त चिनियाँ कम्पनीले नै सन् २०१६ मा सय रुपैयाँको नोट पनि छापेको एक चिनियाँ समाचारमा उल्लेख छ ।

अब फेरि चिनलाई नै एकसयको नोट छाप्न दिन लागिएको हो, त्यो पनि चुच्चे नक्सासहित । यसअघि नेपालले सय रुपैयाँको नोटमा देशको पछिल्लो नक्सा राख्ने निर्णय लिएपछि भारतमा पनि त्यसमाथि विभिन्न कोणबाट टिप्पणी भइरहेका छन् ।

नेपालको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भए लगत्तै भारतीय विदेशमन्त्रीले त्यसप्रति असन्तुष्टि जनाएका थिए । भारतका विदेशमन्त्री एस जयशङ्करले सोबेलाको एक पत्रकार सम्मेलनमा जवाफ दिँदै भनेका थिए, “हाम्रो अडान एकदमै स्पष्ट छ । हामी हाम्रो सीमाको विषयबारे स्थापित मञ्चबाट कुरा गरिरहेका छौँ । तर बीचैमा उनीहरूले एकतर्फी रूपमा लिएको निर्णयले हामीबीचको अवस्थामा वा त्यो स्थानको वास्तविकतामा परिवर्तन गर्न सक्दैन।”

यद्यपि तत्कालीन अवस्थामा एमाले अध्यक्ष केपी शर्मा ओलीले यसबारेमा प्रतिक्रिया दिएका थिए । सयको नोट छाप्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाउने राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार पूर्व गभर्नर चिरन्जिवी नेपालले यही प्रकरणले राजीनामा दिनु परेको थियो ।

भारतको असन्तुष्टिका बीच पनि नेपाल र भारतका अधिकारीहरूले औपचारिक ढङ्गले सीमा विवाद हल गर्नका लागि हालैका वर्षहरूमा गम्भीर खालका संवाद गरेको पाइँदैन । परराष्ट्र मामिलाका नेपाली जानकारहरूले नयाँ नक्सालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन नेपाल सरकारले पनि पर्याप्त पहलकदमी नगरेको बताउने गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सरकार बाहिररहदा नेपाली अतिक्रतिम भूभाग नेपालमा ल्याउनका लागि सरकारले पहल नगरेको बताउने गरेपनि सरकार नेतृत्वमा पुगेपछि पनि यसका बारेमा गहन पहल गर्न सकेका थिएनन् ।

भारत भ्रमणको औपचारिक निमन्त्रणा नै नपाएका ओलीको सरकारमा रहेकी परराष्ट्र मन्त्रीले आफ्नो पहिलो भ्रमण भारतकै गरेपनि उनको प्राथमिकतामा समेत अतिक्रमित नेपाली भूमि पर्न सकेको थिएन ।

Tags: #चुच्चे नक्सा अब हातहातमा#नक्सा अंकित सयको नोट

लोकप्रीय

भारतको सिमलामा गाडी दुर्घटनाः ४ नेपालीको मृत्यु, २ घाइते

भारतको सिमलामा गाडी दुर्घटनाः ४ नेपालीको मृत्यु, २ घाइते

मङ्लबार भदौ ३१ , २०८२
प्रधानमन्त्रीको काँधमा १५ मन्त्रालय, एक्सनमा ३ मन्त्री

प्रधानमन्त्रीको काँधमा १५ मन्त्रालय, एक्सनमा ३ मन्त्री

मङ्लबार भदौ ३१ , २०८२
बंगलादेशीलाई युएईमा जेल

युएईले अचानक किन रोक्यो नेपालीलाई भिसिट भिसा ?

मङ्लबार भदौ ३१ , २०८२

विचार

भारतको सिमलामा गाडी दुर्घटनाः ४ नेपालीको मृत्यु, २ घाइते

भारतको सिमलामा गाडी दुर्घटनाः ४ नेपालीको मृत्यु, २ घाइते

मङ्लबार भदौ ३१ , २०८२
प्रधानमन्त्रीको काँधमा १५ मन्त्रालय, एक्सनमा ३ मन्त्री

प्रधानमन्त्रीको काँधमा १५ मन्त्रालय, एक्सनमा ३ मन्त्री

मङ्लबार भदौ ३१ , २०८२
बंगलादेशीलाई युएईमा जेल

युएईले अचानक किन रोक्यो नेपालीलाई भिसिट भिसा ?

मङ्लबार भदौ ३१ , २०८२

थप समाचार

भारतको सिमलामा गाडी दुर्घटनाः ४ नेपालीको मृत्यु, २ घाइते
अन्तर्राष्ट्रिय

भारतको सिमलामा गाडी दुर्घटनाः ४ नेपालीको मृत्यु, २ घाइते

मङ्लबार भदौ ३१ , २०८२
प्रधानमन्त्रीको काँधमा १५ मन्त्रालय, एक्सनमा ३ मन्त्री
आर्थिक

प्रधानमन्त्रीको काँधमा १५ मन्त्रालय, एक्सनमा ३ मन्त्री

मङ्लबार भदौ ३१ , २०८२
बंगलादेशीलाई युएईमा जेल
अन्तर्राष्ट्रिय

युएईले अचानक किन रोक्यो नेपालीलाई भिसिट भिसा ?

मङ्लबार भदौ ३१ , २०८२
सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा
ताजा समाचार

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

00:13:30

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

भारतको सिमलामा गाडी दुर्घटनाः ४ नेपालीको मृत्यु, २ घाइते

भारतको सिमलामा गाडी दुर्घटनाः ४ नेपालीको मृत्यु, २ घाइते

मङ्लबार भदौ ३१ , २०८२
प्रधानमन्त्रीको काँधमा १५ मन्त्रालय, एक्सनमा ३ मन्त्री

प्रधानमन्त्रीको काँधमा १५ मन्त्रालय, एक्सनमा ३ मन्त्री

मङ्लबार भदौ ३१ , २०८२
बंगलादेशीलाई युएईमा जेल

युएईले अचानक किन रोक्यो नेपालीलाई भिसिट भिसा ?

मङ्लबार भदौ ३१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.