क्यानडाका कप्तान विराटनगरमा,अस्ट्रेलियाका कटिङ लुम्बिनीमा

१२ कात्तिक ८१, मंगलबार

१३ कार्तिक , काठमाण्डौ ।

क्यानडाका कप्तान निकोलस किर्तनले विराटनगर किंग्सबाट खेल्ने भएका छन् । नेपाल प्रियिमर लिग (एनपीएल) का लागि विराटनगरले किर्तनलाई अनुबन्ध गरेको छ । विराटनगरले दोस्रो विदेशी खेलाडीका रूपमा २६ वर्षीय ब्याटिङ अलराउण्डर निकोलसलाई अनुबन्ध गरेको जनाएको छ ।

अब उनले मंसिर १५ देखि हुने एनपीएल विराटनगरबाट खेल्नेछन् । कीर्तनले क्यानाडाका लागि १८ ओडीआई र २५ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । जसमा उनले दुई अर्धशतसहित ५६४ रन बनाएका छन् ।

Advertisement

विराटनगरले यसघि पहिलो विदेशी खेलाडीको रुपमा ओमानका कप्तान अकिब इल्यासलाई अनुबन्ध गरिरहेको छ । ड्रिम स्पोर्ट्स प्रालिको स्वामित्वमा रहेको विराटनगरको मार्की प्लेअरमा सन्दीप लामिछाने छन् भने आयरल्यान्डका केभिन ओ’ ब्रायनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

उता एनपिएल टोली लुम्बिनी लायन्सले अस्ट्रेलियाका क्रिकेटर बेन कटिङलाई अनुबन्ध गरेको छ । लुम्बिनीले पनि दोस्रो विदेशी खेलाडीको रुपमा अलराउण्डर कटिङलाई टोलीमा अनुबन्ध गरेको मंगलवार सामाजिक संजालमार्फत जनाएको छ ।

लुम्बिनीले यसअघि इङ्ग्ल्याण्डका विकेटकिपर ब्याटर टम मुर्सलाई टोलीमा अनुबन्ध गरेको थियो । ३७ वर्षिय कटिङले हालसम्म अस्ट्रेलियाका लागि ४ ओडिआई तथा ७ टि ट्वान्टी आई खेलेका छन् ।

कटिङले २ सय १२ टि ट्वान्टीमा २ हजार ९ सय २१ रन तथा १ सय ३७ विकेट लिएका छन् । कटिङले विश्वका चर्चित हरेक फ्रेन्चाईज लिगको अनुभव लिईसकेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल मार्की खेलाडी रहेको लुम्बिनीले गत साता मात्र मुख्य प्रशिक्षकमा नन्दन फाडनिसलाई नियुक्ती गरेको थियो ।

यस्तै चितवन राइनोजले इङ्ग्लिस अलराउन्डर ल्यूक मार्टिन बेनकेन्स्टाइनलाई अनुबन्ध गरेको छ । चितवनले पहिलो विदेशी खेलाडीका रुपमा दक्षिण अफ्रिकाका अनुभवी तीव्र गतिका बलर मार्चन्ट डे लांगलाई अनुबन्ध गरेको थियो ।

ल्यूकले यसै वर्ष जनवरीमा दक्षिण अफ्रिकामा भएको यु १९ विश्व कपमा इङ्ग्ल्यान्डको उपकप्तानी गरेका थिए । सन् २०२२ मा ग्वादर शार्क्सलाई पाकिस्तान जुनियर लिग (पिजेएल) को फाइनलमा पुर्याउन उनले ३७ बलमा ७१ रनको योगदान दिएका थिए ।

चितवनको मार्की खेलाडीमा कुशल मल्ल र मुख्य प्रशिक्षकमा उमेश पटवाल रहेका छन् । एनपीएल टोलीमा अहिलेसम्म आबद्ध भएका विदेशी खेलाडीहरुमा पोखरा एभेन्लेजर्सका लागि अमेरिकाका आन्द्रेस गौस, नेदरल्यान्ड्सका बास डि लिडे र वेस्ट इन्डिजका एन्डसन फिलिप रहेका छन् ।

यस्तै कर्णाली याक्समा पाकिस्तानका हुसेन तलात रहेका छन् । सुदूरपश्चिम रोयल्समा स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेन र इङ्ग्ल्यान्डका अलराउन्डर सेफ जेब अनुबन्ध भएका हुन् । लुम्बिनी लायन्समा इङ्ग्ल्यान्डका विकेटकिपर ब्याटर टम मुर्स रहेका छन् ।

यसैगरी काठमाडौं गुर्खाजमा नेदरल्यान्ड्सका ब्याटर माइकल लेभिट, जेहार्ड एरास्मस छन् । विराटनगर किंग्समा ओमानका कप्तान अकिब इल्यास, क्यानडाका कप्तान निकोलस कीर्तन यस्तै जनकपुर बोल्ट्समा जिमी निशम, अमेरिकाका क्रिकेटर जोशुवा ट्रम्प र चितवन राइनोजमा दक्षिण अफ्रिकाका मार्चन्ट डे लांग, ल्यूक मार्टिन बेनकेन्स्टाइन अनुबन्ध भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १६ देखि पुस ६ गतेसम्म हुने एनपिएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । एनपिएलमा सहभागी ८ टोलीले समान ४ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छ ।

असोज २० गते नेपाली खेलाडी छनोटका लागि भएको अक्सनमा लुम्बिनी लगायत टोलीले समान १० खेलाडी अनुबन्ध गरेका थिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top