×

NEPAL TIMES UPDATES

Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतक*डी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026

गुलसनको खराब बलिङ, अमेरिकासँग अर्को हार

१८ कार्तिक २०८१

१८ कार्तिक , एजेन्सी ।

गुलसनकुमार झाको खराब बलिङसँगै नेपाल आइसिसी विश्वकप लिग २ मा अमेरिकासँग फेरि पराजित भएको छ । आइतबार बिहान भएको खेलमा घरेलु टोलीसँग नेपाल ३७ रनले पराजित भएको हो । यो भ्रमणमा घरेलु टोलीसँग नेपालको दोस्रो हार हो ।

Advertisement

यसअघि नेपाल तीन विकेटले पराजित भएको थियो । एकदिवसीय क्रिकेटमा गुलसनले करियरकै सबैभन्दा कमजोर बलिङ गर्दा अमेरिकाले नेपाललाई २८२ रनको लक्ष्य दिएको थियो । १० ओभर बलिङ गरेका गुलसनले ८७ रन खर्चिएर तीन विकेट लिएका थिए ।

यद्यपि, उनले खराब रेकर्ड बनाए । एकदिवसीय क्रिकेटमा यसअघि सबैभन्दा खराब रेकर्ड सोमपाल कामीको थियो । उनले मुलतानमा भएको एसिया कपअन्तर्गत पाकिस्तानविरुद्ध १० ओभर बलिङ गर्दै सर्वाधिक ८५ रन खर्चिएका थिए ।

उक्त रेकर्ड गुलसनले ब्रेक गरे । योसँगै अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछ्याएको नेपाल अन्तिम बलअघि २४४ मा समेटिन पुग्यो र लगातार पराजय बेहो¥यो । नेपाल ४९.५ ओभरमा २ सय ४४ रनमा अल आउट भयो ।

ओपनर अनिल साहले ८० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५२ रन जोडे । नेपालले ओपनर आसिफ शेखलाई ६ रनमा गुमायो । जसदीप सिंहको स्वींग बलमा उनी बोल्ड भए । दोस्रो विकेटलाई अनिल र कुशल भुर्तेलले ७१ रनको साझेदारी गरे ।

स्पिनर हरमीत सिंहलाई स्वीप सट खेल्ने धुनमा कुशल भुर्तेल २९ रनमा बोल्ड आउट भए । त्यसपछि कुशल मल्ल ५४ बलमा १ चौका र १ छक्कासहित ३३, कप्तान रोहित पौडेल १, गुल्शन झा १२ र आरिफ शेख २१ रनमा क्याच आउट भए ।

तल्लोक्रममा सोमपाल कामीले २७ बलमा ४ चौका र २ छक्कासहित ४६ रनको आक्रामक इनिङ खेले पनि जित्न पर्याप्त रहेन । दीपेन्द्रसिंह ऐरीले ३८ बलमा १ चौका र १ छक्कासहित ३१ रन बनाए । अमेरिकाका सौरभ नेत्रवालकरले ९.५ ओभरमा १ मेडनसहित ४७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।

नोष्थुश केंजिगे र साड्ली भान शाक्ली २–२ तथा जसदीप सिंह र हरमीत सिंहले १–१ विकेट लिए । त्यसअघि ग्राण्ड पेरी क्रिकेट रंगशाला डालसमा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८१ रन बनाएको थियो ।

अमेरिकाका युवा ब्याटर साइतेजा मकामल्लाले ८७ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिए । कप्तान मोनांक पटेलले ८१ बलमा ५ चौका र १ छक्कासहित ६७ रन जोडे । ओपनर शयान जहानजिगर १० र तेस्रो नम्बरका ब्याटर आरोन जोन्स २६ रनमा आउट हुँदा अमेरिका १२ ओभरमा ६४÷२ को अवस्थामा थियो ।

तेस्रो विकेटलाई मोनांक पटेल र साइतेजा मकामल्लाले ८८ रनको साझेदारी गर्दै बलियो योगफलको आधार तय गरेका थिए । तल्लोक्रममा हरमीत सिंहले ४४ बलमा ३ चौका र ३ छक्कासहित ५९ रनको आक्रामक इनिङ खेले ।

नेपालका गुल्शन झाले १० ओभरमा ८७ रन खर्चेर ३ विकेट लिँदा सोमपाल कामी र सन्दीप लामिछानेले समान २ तथा कुशल भुर्तेलले १ विकेट लिए । लिगमा नेपालको यो आठौं हार हो । ११ खेलबाट पाँच अंक जोडेको नेपाल पुछारबाट दोस्रो स्थानमा छ ।

अमेरिका भने शीर्ष स्थानमा उक्लिएको छ । नेपालभन्दा एक खेल बढी खेलेको अमेरिकाको १६ अंक छ । नेपालले दोस्रो खेलमा स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो । अव अमेरिका भ्रमणमा अन्तिम खेल स्कटल्यान्डसँग सोमवार खेल्नेछ ।

यता हङकङमा जारी सिक्सेसमा पनि नेपालले अर्को हारको सामना गर्नु परेको छ । युएईसँग नेपाल पराजित भएको छ । प्लेट सेमिफाइनलमा नेपाल युएईसँग ५ विकेटले पराजित भएको हो । ९५ रनको लक्ष्य युएईले ५.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो ।

युएईका आसिफ खानले १५ बलमा ३ चौका र ७ छक्काको सहयोगमा नट आउट ५५ रन जोडे । खालिद शाहले ७ बलमा १५ रन बनाए । नेपालका लागि राशिद खानले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरमा ३ विकेट गुमाएर ९४ रनको योगफल तयार गरेको थियो ।

Advertisement

नेपालका विवेक यादवले १६ बलमा ३ चौका र ५ छक्काको सहयोगमा नट आउट ४९ रन जोडे । लोकेश बमले १० बलमा १९, प्रतिश जिशीले ४ बलमा १४ तथा कप्तान सन्दीप जोराले ४ बलमा ७ रन बनाए । युएईका लागि आकिफ राजाले २ तथा सचिंत शर्माले १ विकेट लिए । अब युएईले दिउँसो १ः३५ बजे दक्षिण अफ्रिकासँग प्लेट फाइनलमा खेल्नेछ ।

भर्खरको समाचार

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

सम्बन्धित खबरहरु

Scroll to Top