×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

इजरेल र अमेरिकासंग खामेनीले बदला लिने

१८ कार्तिक २०८१

१८ कार्तिक , एजेन्सी ।

एकसाता अघि इजरायलले आफ्नो सैन्य ठेगानालक्षित आक्रमण गर्दा खासै कडा प्रतिक्रिया नजनाएका इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले अहिले भने कडा चेतावनी दिएका छन्। उनले इजरायललाई मात्रै होइन अमेरिकालाई पनि आफूले जवाफ फर्काउने चेतावनी दिएका छन् ।

Advertisement
Advertisement

उनले इजरायल र यसको सहयोगी अमेरिकाले तेहरान र यसका समर्थक समूहलाई लक्ष्य गरी शनिबार गरेको आक्रमणको बदला लिने प्रतिबद्धता व्यक्त गरेका छन् । खामेनीले तेहरानमा विद्यार्थीहरूलाई सम्बोधन गर्दै अमेरिका र जियोनिस्ट शासन दुवैले इरान, इरानी समर्थकविरुद्ध गरेका क्रियाकलापको जवाफी प्रतिक्रिया पाउने बताएका हुन् ।

तेहरान समर्थित सशस्त्र समूहमा यमनको हुथी विद्रोही, लेबनानको हेजबुल्लाह आन्दोलन र प्यालेस्टिनी इस्लामवादी समूह हमासलगायत समावेश छन् । गत सेप्टेम्बर २३ मा इजरायलले द्वन्द्व बढाउनुअघि सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि हेजबुल्लाह र इजरायलले लगभग एक वर्षसम्म सीमापार हमला गरे ।

खामेनीले आफ्नो भाषणमा लडाँइमा मारिएका सैनिकहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै इजरायलको सामना गर्ने उनीहरूको प्रयास नबिर्सिने बताएका छन् । अमेरिकाले शुक्रबार मध्य पूर्वमा अतिरिक्त सैन्य संसाधनहरू तैनाथ गर्ने घोषणा गरेको छ ।

जसमा ब्यालिस्टिक मिसाइल रक्षा र लामो दूरीको बी–५२ लडाकु विमानहरू समावेश छन् । खामेनीले इरानले “सैन्य, हतियार वा राजनीतिक कार्यको सन्दर्भमा इरानी राष्ट्रलाई तयार पार्न गर्नुपर्ने सबै क्रियाकलाप गरिरहेको बताएका छन् ।

यसैगरी रिभोलुसनरी गार्डका प्रवक्ता अली मोहम्मद नैनीले पनि इरानले इजरायललाई “निर्णायक“ जवाफ दिने बताएको फार्स समाचार एजेन्सीले जनाएको छ । यसैबीच यता इजरायली सुरक्षा बल आईडीएफको आक्रमणमा लेबनानी हिजबुल्लाह समूहका एक शीर्ष कमाण्डर मारिएका छन् ।

दक्षिणी लेबनानको जौइयामा रहेको नासिर युटिन मिसाइल तथा रकेट केन्द्रका कमाण्डर रहेका जाफर खादर फाउर मारिएको आईडीएफले एक्स मार्फत जानकारी दिएको छ । आईडीएफले इजरायलमा हुने रकेट आक्रमणमा जाफर जिम्मेवार रहेको दाबी गरेको छ ।

उनको कमाण्डमा किबुत्ज ओरताल, मजदल शम्स र मेटुलामा आक्रमण भएको इजरायली सेनाले जनाएको छ । मजदल शम्स आक्रमणमा १२ बालबालिका र मेटुलामा पाँचजनाको मृत्यु भएको थियो । यस्तै इजरायली सेनाले उत्तर लेबनानको बटरुन शहरबाट हिजबुल्लाहका एक वरिष्ठ नेतालाई गिरफ्तार गरेको छ ।

आईडीएफले बटरुनमा छापा मारेर ती वरिष्ठ नेतालाई नियन्त्रणमा लिएको जनाएको छ । यसबारे हिजबुल्लाहले कुनै प्रतिक्रिया दिएको छैन । लेबनानी सरकारी सञ्चारमाध्यमले भने इजरायली सेनाले बटरुन क्षेत्रमा आईडीएफले छापा मारेको र एकजनाालाई नियन्त्रणमा लिई डुंगाबाट फर्किएको बताएको छ ।

Advertisement

नाम नखुलाइएका ती व्यक्ति पक्राउ परेपछि लेबनानको प्रधानमन्त्री कार्यालयले आपत्ति प्रकट गरेको छ । प्रधानमन्त्री नजीब मिकातीको कार्यालयले यसबारे संयुक्त राष्ट्र संघमा रिपोर्ट गर्न विदेश मन्त्रालयलाई निर्देशनसमेत दिएको छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top