NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सुशीला सरकारलाई अदालतको लगाम, राजदूत फिर्ताको निर्णय उल्टियो आइतवार कार्तिक १६ , २०८२
सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो आइतवार कार्तिक १६ , २०८२
बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं ! आइतवार कार्तिक १६ , २०८२
कुलमानले खोले बञ्चरेडाँडाको फोहोर फाल्ने अवरोध, १५ दिनको समय आइतवार कार्तिक १६ , २०८२
मध्यरातमा बालेनको अश्लील स्टाटस, केहीबेरमा डिलिट आइतवार कार्तिक १६ , २०८२
Next
Prev

समाचार

रविलाई देशको चिन्ताःओली–राणा–देउवाकै शासनमा देशको बेहाल

सोमवार कार्तिक १९ , २०८१
Reading Time: 1 min read
A A
पोखरा अशान्त, प्रहरीले हान्यो अश्रुग्यास, रविका लागि सोविता लड्दै
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१९ कार्तिक, काठमाण्डौ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपपप्रधान तथा गृहमन्त्री रवि लामिछाने दुई साता भन्दा लामो समयदेखि कास्की प्रहरीको हिरासतमा छन् । उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुशन्धानका लागि प्रहरीले कास्की अदालतबाट लिएको पछिल्लो ७ दिनको समय १४ गते नै सक्किसकेको छ ।

तर तिहार बिदाका कारण अदालत समेत बन्द रहेपछि रवि हिरासतमा नै छन् । अदालत खुलेपछि मात्रै रविको अनुशन्धानका लागि समय थप गरिने वा नगर्ने भन्ने फैसला अदालतले गर्नेछ । अदालतले म्याद थप गरेपनि वा नगरेपनि रविमाथिको अनुशन्धान भने रोकिने छैन् ।

उनलाई अर्काे सहकारीको अपचलनकै आरोपमा अनुशन्धान गर्न बुटवल लगिने छ । बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न रूपन्देही जिल्ला अदालतले कात्तिक ८ गते नै लामिछाने, जिबी राईसहित १२ जनालाई पक्राउ गर्न अनुमति दिएको थियो ।

उनको दल रविमाथि राजनीतिक प्रतिशोध साँधिएको निचोडमा पुगिसकेको छ । यसैले रविलाई हिरासतबाट बाहिर राखेरै अनुशन्धान गर्न आग्रह गरिरहेको छ । यसबीच हिरासतमा रहेका रविलाई भेट्न दैनिक दजर्नाै नेता कार्यकर्ता र शुभचिन्तक हिरासतमा पुग्ने गरेका छन् ।

जहाँ पार्टीका दुई उपसभापतिले समेत रविलाई भेट गर्दै आएका छन् । पछिल्लो समय उपसभापति डा. स्वर्णिम वाग्लेले हिरासतमा रहेका सभापति रवि लामिछानेसँग भेट गरेका छन् । सो भेटवार्ताबारे जानकारी दिँदै वाग्लेले अहिलेसम्म लामिछानेलाई सहकारीभन्दा पनि कम्पनी ऐनतर्फ लक्षित गरेर ८० वटा सामान्य प्रश्नको बयान लिईएको स्पष्ट पारेका छन्।

उनले सभापति लामिछानेको मनोबल उच्च रहेको पाएको पनि खुलाएका छन्। सो क्रममा लामिछानेले ‘अर्को तीन वर्ष ओली–राणा–देउवाकै सेरोफेरोमा शासन चल्दा देशको के बेहाल हुने होला ?’ भनेर प्रश्न गरेको समेत बताएका छन् ।

लामिछानेको उक्त प्रश्नको उत्तरमा फरिद जकारियाद्धारा लिखित नयाँ पुस्तक ‘एज अफ रिभोलुसन्स’ दिएको पनि वाग्लेले जनाएका छन्। उनले तिहार र छठपछि सुशासनको बृहत्त एजेण्डामा नयाँ शक्तिहरु गोलबद्ध हुनुपर्ने देखिएको समेत उल्लेख गरेका छन्।

रास्वपाले यसअघि पनि रविमाथि बयान लिन अलाटाल गरेको ३ दिनमा ४ घण्टामात्रै बयान लिएको भन्दै पत्रकार सम्मेलन गर्दै यसले नै राजनीतिक प्रतिशोध पुष्टि हुने बताएको थियो । त्यसपछि दोस्रो पटक म्याद थप गरेपछि भने रविमाथि दिनभर बयान लिइएको थियो ।

कार्तिक १२ मा अनुसन्धान अधिकृत र सरकारी वकिलले साढे ८ घण्टा बयान लिएका थिए । उनीसँग बयान लिनेकाम सकिएको कास्की प्रहरी अधिकारीहरुले बताएका छन् । बयानमा रविले सुर्यदर्शनबाट ऋण लिएको तथ्य अस्वीकार गरेको प्रहरी स्रोतले बताएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर–५ मा सञ्चालित सुर्यदर्शन सहकारीको सेयर सदस्य र ऋणी आफू नरहेको जिकिर गर्दै लामिछानेले भनेका छन्, ‘सुर्यदर्शनको सञ्चालक समिति, लेखा समिति, ऋण समिति वा अन्य कुनै पनि पदमा म थिइन् ।’

स्वर्णिमअघि पार्टीका अर्का उपसभापति डीपी अर्यालले समेत रविलाई तिहारअघि हिरासतमा पुगेर भेटेका थिए । जहाँ रविले तिहार, छठजस्ता पर्वमा नागरिकलाई दुःख दिने गरी कार्यक्रम नगर्न आग्रह गरेको उनले बताएका थिए ।

यसअघि पोखराको दबाबमुलक आन्दोलनपछि अर्यालको अध्यक्षतामा बसेको बैठकले रविविरुद्ध प्रहरी प्रशासन र प्रधानमन्त्री केपी शर्मा ओली स्वयं आक्रामक भएको भन्दै त्यही भएर सरकारविरुद्ध दबाब बढाउनुपर्ने र त्यसका लागि प्रतिपक्षी दल, नागरिक समाज, प्राज्ञिक र स्वतन्त्र व्यक्ति, वैकल्पिक राजनीतिको अभ्यास गरिरहेका समूह, संघ र संस्था र सहकारी पीडितसँग सहकार्य गर्ने निचोडमा रास्वपा पुगेको थियो ।

यसका लागि उपसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा ७ प्रदेश सभापति रहेको आन्दोलन सञ्चालन मूल समिति र अर्का उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा राजनीतिक नागरिक संवाद समिति बनाएको छ ।

रास्वपाले घेराबन्दीको विरुद्ध मोर्चाबन्दीको नीति लिइएको छ। डा. वाग्ले नेतृत्वको संवाद समितिले वैकल्पिक शक्तिदेखि प्राज्ञिक समूह, नागरिक समाज, राजनीतिक दल, संघसस्थाका प्रतिनिधिसँग संवाद गर्नेछ भने अर्यालको नेतृत्वमा सडकमा दबाब सृजना गर्नेछ ।

तर पार्टीको यो निर्णयको विरुद्धमा अर्याल र प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री, गृहमन्त्रीसहितलाई भेट गरी रविका लागि गुहार लगाएको भन्दै पार्टी भित्रै केही असन्तुष्टि बढेको छ ।

Tags: #गृहमन्त्री रवि लामिछानेको निर्देशन#रविमाथि कम्पनी ऐनका ८० प्रश्न#रविलाई देशको चिन्ता#राष्ट्रिय स्वतन्त्र पार्टी

लोकप्रीय

प्रधानमन्त्रीले बोलाएको वार्तामा एमाले कसरी प्रस्तुत हुँदैछ ?

सुशीला सरकारलाई अदालतको लगाम, राजदूत फिर्ताको निर्णय उल्टियो

आइतवार कार्तिक १६ , २०८२
सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

आइतवार कार्तिक १६ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२

विचार

थप समाचार

प्रधानमन्त्रीले बोलाएको वार्तामा एमाले कसरी प्रस्तुत हुँदैछ ?
ताजा समाचार

सुशीला सरकारलाई अदालतको लगाम, राजदूत फिर्ताको निर्णय उल्टियो

आइतवार कार्तिक १६ , २०८२
सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो
अन्तर्राष्ट्रिय

सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

आइतवार कार्तिक १६ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर
ताजा समाचार

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा
ताजा समाचार

कुलमानले खोले बञ्चरेडाँडाको फोहोर फाल्ने अवरोध, १५ दिनको समय

आइतवार कार्तिक १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

World News:भार तीयलाई पाकि स्तानको भिसा, आग लागीमा ११ जनालाई जन्म*कैद || Nepal Times

00:21:11

World News: अमेरिकाले साढे ७ हजार मात्रै शरणार्थी राख्ने,हरिकेनमा ३० मा*रिए || Nepal Times

00:19:43

World News: रुसको पनडुब्बी ड्रोन, बधशाला बन्यो अस्पताल, युकेको घातक अपरेसन स्टर्लिङ || Nepal Times

00:18:20

World News: गिरोहलाई पैसा नदिदा ह*त्या, किमको मिसाइल, गाजामा फेरि भीषण ह*म*ला || Nepal Times

00:15:40

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

आइतवार कार्तिक १६ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा

कुलमानले खोले बञ्चरेडाँडाको फोहोर फाल्ने अवरोध, १५ दिनको समय

आइतवार कार्तिक १६ , २०८२

हालका पोस्टहरू

प्रधानमन्त्रीले बोलाएको वार्तामा एमाले कसरी प्रस्तुत हुँदैछ ?

सुशीला सरकारलाई अदालतको लगाम, राजदूत फिर्ताको निर्णय उल्टियो

आइतवार कार्तिक १६ , २०८२
सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

आइतवार कार्तिक १६ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.