NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता मङ्लबार असार १७ , २०८२
विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ? मङ्लबार असार १७ , २०८२
युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना  मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

अमेरिकी राष्ट्रपतिको तलब र पेन्सन कति हुन्छ ?

मङ्लबार कार्तिक २० , २०८१
Reading Time: 1 min read
A A
Advertisement
दीगो विकास लक्ष्य हासिल गर्न ३०३ अर्व अमेरिकी डलरको आवश्यकता
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२० कार्तिक , एजेन्सी ।

अमेरिकामा आज राष्ट्रपति चुनाव हुँदै गर्दा विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको र समृद्ध देश अमेरिकाको राष्ट्रपति को बन्ला भन्ने चासो सर्वत्र छ । अमेरिकी राष्ट्रपतिले देशको शासन सत्ता सम्हाल्ने मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमा भूराजनीतिक मामिलामा पनि निर्णायक भूमिका खेल्ने कारण पनि यो चासो बढेको हो ।

यस्तोमा अहिले अर्को विषयले पनि धेरैको कौतुहलता बढाएको छ त्यो हो, अमेरिकी राष्ट्रपतिको तलब र पेन्सन । सर्वाधिक धनी र शक्तिशाली देशको राष्ट्रपतिको तलब कति हुन्छ भनेर मानिसहरुमा उत्सुकता हुनु पनि स्वभाविक मानिन्छ ।

Advertisement

यथार्थ के छ भने अमेरिकाका सर्वाधिक धनी व्यक्तिले वार्षिक रुपमा ७ लाख ८८ हजार डलर अर्थात १० करोड ६० लाख ९३ हजार ३५३ नेपाली रुपैयाँ कमाउँछन् । जवकि अमेरिकी राष्ट्रपतिको तलब यसको लगभग आधा हुन्छ ।

त्यसो त जननिर्वाचित राष्ट्रपति सरकारी सेवक नै हुन् । र उ जनताप्रति जवाफदेही बन्नुपर्छ । किनकि सरकारी खर्चबाटै उसको तलब भत्ता तय गरिएको हुन्छ । तर पनि अमेरिकी राष्ट्रपतिको तलब आम अमेरिकी नागरिकको भन्दा ६ गुणा धेरै हुन्छ ।

एक औसत अमेरिकी नागरिकले वार्षिक रुपमा ६३ हजार ७९५ डलर अर्थात् ८५ लाख ८९ हजार ११८ रुपैयाँ कमाउँछ । यसरी हेर्दा सम्पत्तिको रुपमा अमेरिकी राष्ट्रपति देशका प्रमुख १ प्रतिशत धनाढ्यहरुमा पनि पर्दैनन् ।

राष्ट्रपति जो बाइडेनले वार्षिक रुपमा ४ लाख डलर (५ करोड ३८ लाख ५४ हजार ४९४ रुपैयाँ) तलब खाँदै आएका छन् । यसवाहेक राष्ट्रपतिको खर्चको रुपमा अतिरिक्त ५० हजार डलर बाइडेनले पाउँछन् ।

वासिङटन डिसीमा रहेको राष्ट्रपति कार्यालय अर्थात् ह्वाइट हाउसमा राष्ट्रपतिको रुपमा रहँदा बाइडेनले आफ्नो निजी सम्पत्तिबाट कुनै खर्च भने गर्नु पर्दैन । कुनै व्यक्ति राष्ट्रपतिको रुपमा जब पहिलो पटक ह्वाइट हाउसमा प्रवेश गर्छ उसले १ लाख डलर अर्थात् करिब १ करोड ३४ लाख ६३ हजार ६२३ रुपैयाँ पाउने गर्छ ।

उक्त पैसा नयाँ राष्ट्रपतिले घरको सजावट लगायतका काममा खर्च गर्न पाउँछ । यसैगरी राष्ट्रपतिलाई मनोरन्जन, कर्मचारी र भान्सेका लागि मात्रै वार्षिक १९ हजार डलर उपलब्ध हुन्छ । अब आगामी २०२५ जनवरी २० मा अमेरिकाले नयाँ राष्ट्रपति पाउनेछ ।

जसले ह्वाइट हाउसबाट कम्तीमा ४ वर्ष शासन गर्नेछन् । र त्यस क्रममा राष्ट्रपतिले एक आम मानिसका रुपमा पर्याप्त सुविधा उपभोग गर्नुका साथै एउटा उन्नत जीवन यापन गर्न सक्छन् । यसवाहेक राष्ट्रपतिका लागि सबै स्वास्थ्य सेवा निशुल्क हुन्छ ।

यस्तै राष्ट्रपतिको यात्राका लागि एउटा सुविधा सम्पन्न कार, एक मरिन हेलिकप्टर र एयर फोर्स वान नामक हवाइजहाज पनि सुविधाको रुपमा उपलब्ध हुन्छ । तर कारको सन्दर्भमा राष्ट्रपतिको रुची अनुसार समय समयमा परिवर्तन पनि हुनसक्छ ।

यसैगरी एयरफोर्स लगभग १ सय सदस्यहरु एकै पटक यात्रा गर्नसक्ने आकारको हुन्छ । रोचक त के छ भने २००१ देखि हालसम्म अमेरिकी राष्ट्रपतिको तलब वृद्धि भएको छैन । हरेक वर्ष हरेक सरकारी कर्मचारीको तलबभत्ता बढेको हुन्छ तर अमेरिकी राष्ट्रपतिको तलब २३ वर्षयता बढेको छैन ।

२००१ मा जब जर्ज डब्लु बुसले पदभार सम्हाल्ने क्रममा तलब बढाइएको थियो । त्यसयता राष्ट्रपतिको तलब बढाइएको छैन । जर्ज वासिङटन अमेरिकाको पहिलो राष्ट्रपति थिए । उनले वार्षिक रुपमा २ हजार डलर तलब पाउँथे ।

यसैगरी अमेरिकी राष्ट्रपति बनेर निवृत्त भइसकेपछि भने उसले जीवनभर वार्षिक रुपमा २ लाख ४० हजार डलर अर्थात् ३ करोड २३ लाख १२ हजार ६९६ नेपाली रुपैयाँ पेन्सनको रुपमा पाउँछ। यद्यपि अमेरिकी राष्ट्रपति विश्वमा सबैभन्दा बढी पारिश्रमिक लिने नेता होइनन्।

हाल विश्वको सबैभन्दा बढी पारिश्रमिक लिने नेतामा सिंगापुरका प्रधानमन्त्री लरेन्स वोङ छन् । उनको वार्षिक तलब लगभग १ दशलव ६९ मिलियन डलर रहेको छ। यस्तै हङकङका जोन ली का चिउ विश्वका सबैभन्दा धेरै कमाउने राजनीतिज्ञको सूचीमा दोस्रो स्थानमा छन् ।

उनले वार्षिक ६ लाख ७२ हजार डलर पाउँछन् । स्विट्जरल्यान्डका राष्ट्रपति भियोला एमहार्ड तेस्रो स्थानमा छन् । जसको वार्षिक आय ५ लाख ७० हजार डलर रहेको छ । अमेरिकी राष्ट्रपतिहरूलाई आफ्नो तलब अस्वीकार गर्न अनुमति छैन, तर तिनीहरूले कुनै पनि संस्थालाई दान गर्न सक्छन्।

जर्ज वाशिंगटनले सुरुमा आफ्नो तलब लिन अस्वीकार गरे तर कांग्रेसले उनलाई त्यसो गर्नबाट रोक्यो। यसपछि केही राष्ट्रपतिले आफ्नो राष्ट्रपतिको तलब दान गरेका थिए । यो गर्नेहरूमध्ये हालको चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प पनि छन्। सन् २०१६ मा ट्रम्प राष्ट्रपति हुँदा उनले आफ्नो तलब दान गरेका थिए ।

Tags: #अमेरिकी राष्ट्रपति#अमेरिकी राष्ट्रपतिको तलब

लोकप्रीय

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२

विचार

थप समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास
ताजा समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो
अन्तर्राष्ट्रिय

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता
ताजा समाचार

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?
राजनीति

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.