चितवन, असोज ९
चितवनको नवलपुरमा एक महिलामाथि एसिड आक्रमण भएको छ । कावासोती नगरपालिका ९ डण्डा बजारकी २७ वर्षीया वसन्ती परियारमाथि एसिड र छुरा प्रहार भएको हो ।
आइतबार साँझ तरकारी किनेर फर्कंदै गर्दा छिमेकी रहेका विमल शिर्पालीले उनलाई एसिड तथा छुरा प्रहार गरेका हुन । पक्राउ परेका विमलले आफू लामो समयदेखि वसन्तीको प्रेममा रहेको र विवाह गर्न नमानेकाले आक्रमण गरेको प्रारम्भिक बयान दिएका छन ।
वैदेशिक रोजगारका लागि लामो समय मलेसियामा रहेका उनका श्रीमान् यमनारायण परियार हालै मात्र नेपाल फर्किएका थिए। यमनारायणले विमललाई फाँसीको सजाय हुनुपर्ने माग गरेका छन् ।
परियार दम्पत्तीका एक छोरा र एक छोरी छन्। उपचारमा संलग्न चिकित्कसका अनुसार एसिडले वसन्तीको २५ प्रतिशत शरीर जलेको छ भने देब्रे छातीमा प्रहार भएको चक्कु करङ छेडेर फोक्सोको नजिक पुगेको छ। यसैगरी देब्रेतर्फ पेटमा छुरा प्रहार हुँदा सानो आन्द्रा बाहिर निस्किएको छ ।