रुस–युक्रेनबीच अहिलेसम्मकै घातक आक्रमण, कति भयो क्षति ?

२६ कार्तिक, एजेन्सी ।

रुस र युक्रेनबीचको जारी युद्धमा हालसम्मकै घातक ड्रोन आक्रमण भएको छ । दुवै पक्षले एक–अर्को देशका संवेदनशील क्षेत्रहरुलाई निशाना बनाएर ड्रोन आक्रमण गरेका हुन्। युक्रेनले पठाएका ड्रोन विभिन्न ६ ठाउँमा आफूहरूले रोकेको रुसी रक्षा मन्त्रालयले दाबी गरेको छ ।

उसले युक्रेनले विभिन्न विमानस्थल लक्षित ड्रोन आक्रमण गर्दा विमानहरूलाई नै डाइभर्ट गरेर सुरक्षित स्थलतर्फ लगिएको आफ्नो वक्तव्यमा उल्लेख गरेको छ । यता युक्रेनको वायु सेनाले रुसले शनिबार देशका कयौँ संवेदनशील क्षेत्रलक्षित १४५ वटा घातक ड्रोन आक्रमण गरेको दाबी गरेको छ ।

कैयौँ ड्रोन आफूहरूले खसालेको युक्रेनको भनाइ छ । अमेरिकामा राष्ट्रपतीय निर्वाचन सम्पन्न भएलगत्तै यी दुई देशबीच घातक ड्रोन आक्रमण भएको हो । यसैबीच अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पको आगामी प्रशासनले युक्रेनलाई रुसले कब्जा गरेको भूभाग फिर्ता लिनभन्दा पनि देशमा शान्ति स्थापना गर्न सघाउने ट्रम्पका एक पूर्व सल्लाहकारले भनेका छन् ।

ट्रम्पको पछिल्लो चुनावी अभियानमा काम गरेका ब्रायन लान्जाले भने । ट्रम्पको आगामी प्रशासनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई शान्तिको वास्तविक भिजनबारे उनको धारणा सोधिने उनले बताए ।

जेलेन्स्की वार्ताको टेबलसम्म आए भने शान्ति मात्रै हुने र क्रिमियाका कुरा उठाए भने उनी गम्भीर छैनन् भन्ने बुझिने पनि उनले बताए । क्रिमिया युक्रेनको हातबाट फुत्किसकेको र यो फर्केर नआउने पनि उनले बताए ।

ट्रम्पका एक प्रवक्ताले भने लान्जाले बोलेको कुरा उनको निजी राय भएको र यो ट्रम्पको बोली नभएको बताएका छन् । रुसले सन् २०१४ मा क्रिमियालाई अलग्याएको थियो । ८ वर्षपछि यसले युक्रेनमाथि पूर्ण स्तरको हमला ग¥यो र पूर्वी युक्रेनको केही भूभाग आफ्नो कब्जामा लिएको छ ।

ट्रम्पले आफ्नो प्राथमिकता युद्ध अन्त्य गर्ने भएको बताइरहेका छन् । तर युद्ध कसरी अन्त्य गर्ने भन्नेबारे उनको ठोस योजना आइसकेको छैन । यसैबीच यता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियासँगको ऐतिहासिक रक्षा सन्धिमा हस्ताक्षर गरेका छन् ।

यो सम्झौता प्योङयाङले युक्रेनविरुद्ध लड्न हजारौँ सैनिक पठाएको खबरका बीच आएको छ । पुटिनले जुन महिनामा उत्तर कोरियाको भ्रमणका क्रममा यो सम्झौता गरेका थिए तर लागू हुनका लागि रुसको संसद्बाट पारित हुनुपर्ने र उनीबाट हस्ताक्षर गरिनुपर्ने थियो ।

क्रेमलिनले शनिबार साँझ आफ्नो वेबसाइटमा सन्धि अनुमोदन गर्ने हस्ताक्षर गरिएको कानून प्रकाशित गरेको छ । यो सम्झौताले शीतयुद्धभरि कम्युनिस्ट सहयोगी रहेका दुई राष्ट्रबीच महिनौँदेखिको गहिरो सुरक्षा सहयोगलाई औपचारिक रूप दिएको छ ।

उत्तर कोरिया युक्रेनमाथि रुसको पूर्ण–स्तरीय आक्रमणको सबैभन्दा मुखर र महत्त्वपूर्ण समर्थकहरू मध्ये एक बनेको छ । हस्ताक्षरित सम्झौताले दुवै मुलुकलाई अर्को देशमाथि आक्रमण भएको खण्डमा ‘ढिलाइ नगरी’ सैन्य सहायता प्रदान गर्न बाध्य बनाउँछ ।

यो सम्झौताले अब रुसमाथि कुनैपनि आक्रमण भए त्यसको जवाफ उत्तरले दिने छ। त्यो जवाफ दिन ततकाल उत्तरका सेना र हतियार रुस पुग्नेछन् । यसैले अब युक्रेन युद्धलाई लिएर पश्चिमा राष्ट्र र नेटोको तैनाथीलाई उत्तर कोरियाले समेत जवाफ दिनेछ ।

यसले रुसमाथिको कुनै गम्भिर कदमले विश्वलाई भयानक युद्धतर्फ धकेल्ने डर पैदा भएको छ । उत्तर र रुसको सम्झौतालाई नेटो सदस्य राष्ट्रहरु बीच भएको सम्झौता अनुरुपकै रुपमा हेरिएको छ ।

नेटो सदस्य राष्ट्रहरु बीच पनि कुनै पनि देशमा आक्रमण भए सबै सदस्य राष्ट्रका सेनाहरुले आक्रमणमा सहयोग गर्नसक्ने व्यवस्था गरिएको छ । अब उत्तर रुसबीचको सम्झौताले उनीहरूलाई पश्चिमी प्रतिबन्धहरूको विरोध गर्न र संयुक्त राष्ट्रसङ्घमा आफ्ना स्थितिहरू समन्वय गर्न अन्तर्राष्ट्रियस्तरमा सहकार्य गर्न पनि प्रतिबद्ध गर्दछ ।

पुटिनले जुनमा यसलाई ‘महत्त्वपूर्ण दस्तावेज’ का रूपमा प्रशंसा गरेका थिए । गुप्तचर रिपोर्टहरूलाई उद्धृत गर्दै दक्षिण कोरिया, युक्रेन र पश्चिमी देशहरूले उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न रुसमा लगभग १० हजार सैनिक तैनाथ गरेको बताएका छन् ।

गत महिना तैनाथीका बारेमा सार्वजनिक रूपमा सोधिएको बेला पुटिनले यसलाई अस्वीकार गरेनन्, बरु युक्रेनलाई पश्चिमको समर्थनबारेको प्रश्नलाई बेवास्ता गरेका थिए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top